यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
(शोषक र शोषित वर्गमा विभाजित समाजमै उत्पत्ति भएको एउटा साधन हो – राज्य । औद्योगिक विकास पूर्णतः नभइसकेको नेपाली समाजमा सामन्ती अवशेषहरू प्रचुर मात्रामा पाइन्छ । नेपालको राजनीतिक इतिहास र वर्तमान त्यसबाट अछुतो रहनै सक्दैन । अर्कोतिर पुँजीवादी व्यवस्था अपनाउँदै गइरहेको नेपालको आर्थिक र राजनीतिक स्थिति छ ।
सामन्तवादबाट पुँजीवादमा विकसित हुँदा बेलायत र अन्य युरोपेली देशहरूमा १७ औँ, १८ औँ र १९ औँ शताब्दीमा देखापरेका सङ्क्रमणकालीन अवस्थामा आजको नेपाली समाज रहेको अनुभूत हुन्छ ।
राज्य उत्पत्ति र त्यसको विकासबारे अध्ययन गर्दा सामन्तहरू र पुँजीपतिहरू एउटै घाँटी जोडिएका दुई टाउकाहरू हुन् भन्ने पुष्टि हुन्छ । नेपाल पनि गणतन्त्रात्मक व्यवस्थामा गइसकेको हुँदा यहाँको राज्य यन्त्रमा कसरी सामन्त र पुँजीपतिहरूको वर्चश्व छ भन्ने बुझ्नको लागि बेलायतको इतिहास सहयोगी छ ।
काग सबैतिर कालै हुन्छ । बेलायतका शोषक र शासकहरूले अपनाएका संयन्त्रहरू नेपाली शोषक र शासकहरूले पनि पछ्याउनेमा शङ्का छैन । तसर्थ, नेपालका कामदारवर्ग त्यसबारे सचेत हुनु आवश्यक छ । त्यही उद्देश्यले प्रस्तुत लेख अङ्ग्रेजीबाट भावार्थ नेपालीमा प्रस्तुत गरिएको हो– सं.)
राज्य संयन्त्रको अस्तित्व रहुञ्जेल यसको आवश्यकता र उत्पत्तिसम्बन्धी विभिन्न विचार विमर्श भइरहनेछ । अहिलेसम्म प्रचलित परिभाषामा राज्यको उत्पत्ति शासक वर्गको दृष्टिकोणबाट भएको देखिन्छ । अरू वर्गमाथि नियन्त्रण गर्न र बानी व्यवहारलाई नियन्त्रण गर्न, सजाय र बल प्रयोग गर्न राज्यको उत्पत्ति भएको बताइन्छ । उनीहरूले हाम्रै भलाइको निम्ति बल प्रयोग गरेको बताइरहेका छन् ।
ग्रीस र रोमको दास समाजमा सुक्रेटिस र प्लेटोको विचार हाबी थियो । उनीहरू मानव समाज प्राकृतिकरूपमा असमान रहेको दाबा गर्छन् । उनीहरूका अनुसार कोही कोही जन्मिदै विशिष्ट गुण लिएर आउँछन् र त्यस्ता व्यक्तिलाई नै सबैमाथि शासन गर्ने अधिकार हुन्छ । बाँकी अरू सबैले यसमा कुनै अवरोध पु¥याउन हुँदैन ।
सुकरात र प्लेटोले वकालत गरेको प्रजातन्त्र थोरै सम्भ्रान्त वर्गको बिचमा मात्र सीमित थियो । ग्रीसमा स्वतन्त्र नागरिक भनेर पाट्रिसियाली (Partician) लाई मात्र जनाउँथ्यो । पाट्रिसियालीहरूको लागि सबै दास कामदारहरूले इमानदारीपूर्वक काम गरिदिनु अनिवार्य थियो । त्यसको बदला दासहरूलाई लुगा, खाना र बस्ने ठाउँ दिन्थ्यो, जसरी हामी गाई गोरुलाई घाँस र गोठको व्यवस्था गर्छौँ । पाल्तु जनावर र पाल्तु दास मानवहरूबिच भिन्नता थोरै पनि थिएन । युरोपको सामन्ती राज्यको उत्पत्ति क्रिश्चियन क्याथोलिक धर्मशास्त्रअनुसार व्याख्या गरिन्थ्यो । राज्य संरचना पिरामिड आकारको हुनेमा उनीहरूको जोड थियो । सबभन्दा टुप्पोमा राजा हुन्छ र उसले तह– तहका रजौटाहरू र जमिनदारहरूमाथि शासन गर्दथ्यो । माथिल्लो पदमा राजा, त्यसपछि लर्ड (Lord), त्यसको मातहतमा ड्युक (Duke), त्यसपछि अर्ल (Earis), बारोन (Barons), सिपाहीहरू (Knights) र सबभन्दा मुनि आम जनता पर्दथ्यो । जसरी स्वर्गमाथि र पृथ्वी तल हुने धर्मशास्त्रको व्याख्यामा भगवानले देवदूत, सेरेफिम (Seraphim) साधु आदि माथि राज गर्ने गर्दछ, त्यसरी नै मानव समाजमा पनि शक्तिको तहगत संरचना हुने गर्दछ ।
त्यो समाजमा पनि अनुशासित र इमानदार जनसमूह आवश्यक थियो । भू–दासहरू आफ्नो घर र गाउँ छोड्न पाउँदैनथे । तर, तिनीहरू आफ्नो निम्ति खाना, कपडाको बन्दोबस्त आफैले गर्नु पर्दथ्यो । त्यसको बदलामा सामन्ती जमिनदारहरूले उनीहरूको जग्गा जमिनको रक्षा तथा चोर, डाँका र आक्रमणबाट बचाउने जिम्मा लिन्थे ।
सुरुका पँुजीपतिहरूको राज्य उत्पत्तिसम्बन्धी बुझाइ फरक किसिमको थियो । क्रिश्चियन प्रोटस्ट्यानवादीहरू व्यक्तिगत स्वतन्त्रताको वकालत गर्दथे तर उनीहरू प्रत्येक व्यक्ति आफ्नो भाग्यको निम्ति आफँै जिम्मेवार रहेको बताउँथे । धनीहरू धेरै काम गर्ने र बचत गर्ने भएका कारण धनी हुने र गरीबहरू अल्छी, मूर्ख र धर्मदान नगर्ने भएका कारण गरीब हुने व्याख्या गर्ने उनीहरू जीवनलाई युद्धको रूपमा परिभाषा गर्ने, जहाँ प्रत्येक व्यक्ति आफ्नो आय आम्दानी, सुविधा र भविष्यको निम्ति अर्कोसँग लडाइँ गर्नैपर्ने बताउँथे । त्यो लडाइँको रेफ्री बन्नको लागि राज्य आवश्यक रहेको कुरा उनीहरू स्वीकार्थे । असीमित लोभ र प्राप्तिको चाहनाले युद्धमा मानव जाति आफ्नो अस्तित्व नाश गर्न पनि पछि पर्नेछैन । तसर्थ, राज्यको उपस्थिति चाहिन्छ ।
तात्कालीन नयाँ दार्शनिकहरूले राज्य संरचनामा कारणलाई प्राथमिकता दिए । दार्शनिक होबी (Hobbes) ले राज्यलाई विवेकशील शक्ति संस्थाको रूपमा व्याख्या गरे । मान्छे एक अर्कामा भरपर्नु पर्दछ तर मान्छे स्वभावैले स्वार्थी र लोभी हुने हुँदा ती प्राकृतिक प्रवृत्तिमा नियन्त्रण र दबाब कायम गर्न राज्य शक्ति आवश्यक हुन्छ । होबीले जीवनलाई ‘खराब क्रुर र छोटो’ हुने बताएका थिए ।
फ्रान्सेली क्रान्ति (१७८९) लगत्तै दार्शनिक रुसोले पनि राज्यलाई तर्कमा आधारित भई व्याख्या गर्नुभयो । हरेक मान्छे र समाजबिच देखिने असामञ्जस्यताबिच राज्य आवश्यक हुन्छ । प्रत्येक व्यक्ति अरू मान्छेसँगै मिली बस्दाको फाइदा लिने हो भने सामाजिक कानुन र नीति नियम पालना गर्न करै लाग्छ ।
रुसी (Rousseau) र होबी (Hobbes) दुवै कारणवादी थिए तर व्यक्तिगत सम्पत्तिलाई समाजको प्राकृतिक नियम ठन्थे । अर्कोतिर १६ आँै शताब्दीका थोमस मोर (Thomas More) र १७ औँ शताब्दीका गेरार्ड विन्सटान्लीले (Gerard Winstanley) आदर्श समाजको परिकल्पना गर्दै उत्पादनका साधनहरूमा सामूहिक स्वामित्व हुनुपर्नेमा जोड दिए । उनीहरू मानव स्वभावप्रति बढी आशावादी थिए । जीवनको असुरक्षा र गरिबीको त्रासका कारण मान्छे स्वार्थी र लोभी हुन परेको हो । सम्पत्ति सबै सामूहिक हुने र सबैले बाँच्नको निम्ति आयआर्जन गर्न पाउने अवसर पाएको खण्डमा मानव स्वभाव विस्तारै परिवर्तन हुने विश्वास उनीहरू गर्थे । थोमस मोर र गेरार्ड विन्सटान्ली दुवैजना फरकफरक ढङ्गले धार्मिक थिए । उनीहरू कारणवादीहरू थिएनन् ।
हाम्रो बुझाइमा राज्य विभिन्न वर्गमा विभाजित समाजमा उत्पन्न भएको एक साधन हो । ती भिन्नभिन्न वर्गको आर्थिक आधार हुन्छ । विभिन्न वर्गका सदस्यहरूको उत्पादन साधनमा फरकफरक सम्बन्ध हुन्छ । व्यक्तिगत स्वामित्वका आधारमा शासक वर्गले उत्पादनका साधनहरूमा प्रभुत्व जमाएको हुन्छ । अथवा अन्य कुनै संयन्त्रद्वारा अरू वर्गले जीविका उपार्जन गर्नको लागि शासक वर्गमा भरपर्नुपर्ने हुन्छ । पृथ्वीका स्रोत साधनहरू जीविकाको निम्ति शासकवर्गको अनुमतिबिना काम गर्न नसक्ने संयन्त्र बनाइराख्छ । शासकवर्गको यसरी राज्य शक्ति महीमा रहेको कारणले कामदारहरूको मेहनतबाट प्राप्त सबै सम्पत्ति आफ्नो स्वामित्वमा पार्न सक्छन् र कामदारहरूको भागमा बाँच्न पुग्ने गरी मात्र उत्पादन पर्दछ । कामदारहरू बाँचे मात्र उनीहरू काम गरिरहन, सम्पत्ति उत्पादन गरिरहन र कामदारहरूको नयाँ पिंढी जन्माइरहन सक्षम हुन्छन् । यसप्रकारको समाजमा कामदार र शासकवर्गको आवश्यकता र चाहना एकै किसिमको हुनैसक्दैन । श्रम उत्पादनको वितरणमा एउटा वर्गको प्राप्ति अर्कोको निम्ति नोक्सान हुन्छ । उनीहरूको चाहना परस्परविपरीत हुन्छ र कहिल्यै एकाकार हुन सक्दैन । तसर्थ बल प्रयोग र दबाबद्वारा मात्रै एउटा वर्गले अर्को वर्गमाथि शासन कायम गर्दछ । सैनिक, प्रहरी, प्रशासन, निजामती, प्रशासन, अदालत, न्यायिक निकायहरू आदि सबै राज्य संयन्त्रअन्तर्गत पर्दछन् ।
तसर्थ, “राज्य भन्नु समाजमा लाद्ने शक्तिबाहेक अरू होइन । ‘आदर्श विचारको यथार्थ’ वा ‘कारणको आकार र सत्यता’ भन्नुमा थोरै मात्र यथार्थता छ” – हेगेलले पछि यसरी राज्यलाई परिभाषित गरे । राज्य समाजबाटै उत्पन्न भएको संयन्त्र हो । समाज विकासको कुनै एक चरणमा राज्यको उत्पत्ति भयो । समाजमा कहिल्यै समाधान नहुने अन्तरविरोधहरू हुन्छन् । साथै समाजमा कहिल्यै नमिल्ने परस्पर विरोधीहरूबिच फाटो पनि कायम नै हुन्छ । त्यसमध्ये शक्तिहीन एउटाले परित्याग गर्नैपर्ने हुन्छ ।
“यी दुई विरोधासपूर्ण आर्थिक चाहना बोकेका दुई विरोधी वर्ग बिचको द्वन्द्व निष्फल भने छैन । त्यो द्वन्द्वबाट समाजभन्दा माथि रहने राज्यको उत्पत्ति भयो । समाजबाटै उत्पन्न भएको शक्ति र एउटा नियममा बाँध्न राज्य आवश्यक थियो । राज्यले द्वन्द्वलाई नियन्त्रण गर्ने गर्दछ । राज्य समाजभन्दा माथि रहन्छ र समाजसँग झन्झन् पृथक हुँदै जान्छ ।” (फेडरिक एँगेल्सको परिवार, नीजि सम्पत्ति र राज्यको उत्पत्तिबाट)
“परस्पर विरोधी दुई वर्गबिचको द्वन्द्वको अभिव्यक्ति तथा परिणाम नै राज्य हो । जबसम्म वर्ग विभाजन वस्तुगत तवरले समाप्त हुँदैन, तबसम्म राज्य अस्तित्वमा रहिरहन्छ । विपरीत तः राज्यको अस्तित्व रहिरहनु दुई वर्ग परस्परमा कट्टर विरोधी हुन्छन् भन्ने प्रमाण हो ।” (लेनिनको ‘राज्य र क्रान्ति’ बाट) राज्यको विकासतिर जाने हो भने हामी मध्य युगको सामन्ती राज्यलाई हेर्न सक्छौँ । यहाँ हामी बेलायतको उदाहरण लिऔँ । त्यो समाज कृषि समाज थियो र उत्पादनको मुख्य साधन भूमि थियो । भूमि व्यक्तिगत सम्पत्ति अन्तरगत थिएन तर त्यो सामन्ती समाज र राज्य प्रणाली भूमिबाट भएको उत्पादनको शुल्क (Fee of fee) अथवा हामी ‘तिरो’ भन्छौं, त्यसको आधारमा चल्थ्यो तिरो (Fee or Feu) को आधारमा सञ्चालन हुने भएकाले नै त्यो युगलाई सामन्ती (Feudal) युग भनिन्थ्यो । सिद्धान्ततः सबै भूमि राजगद्दी जसको हुन्थ्यो, उसैको पूर्ण स्वामित्वमा हुन्थ्यो । राजाले उसको तर्फबाट व्यवस्था र नियन्त्रण गर्न तहगत रूपमा रजौटा (Duke), मिसकाउन्ट (Viscounts), अर्ल (Earis) आदि तहगत जमिनदारहरू खटाउँथे । तिनीहरूले पनि बारोन (Baron), सिपाही (Knight) आदि आफ्नो मातहतमा पाल्थे । उनीहरूको मातहतमा पनि स्थानीय मुखिया र मुखियाका मातहत तथा नियन्त्रणमा आम जनता, गाउँले अथवा भू–दासहरू हुन्थे । यस प्रकारको तहगत व्यवस्थामा एकले आफूमाथिको जमिनदारलाई तिरो तिर्दै जानु पर्दथ्यो । कोही किसानको आफ्नै जमिन हुन्थ्यो र उत्पादनको केही भाग तिरोको रूपमा तिर्नु पर्दथ्यो । कोही भने तिरोको रूपमा आफूमाथिको जमिनदारको खेतमा काम गर्नुपर्ने नियम थियो ।
एङग्लो सेक्सन (Anglo-Saxon) समाजमा नोरमन (Norman) हरूले आक्रमण गर्नुअगाडि नै सामन्ती व्यवस्थाको समाज भइसकेको थियो । तर, ती समाज अचम्म तरिकाले भिन्नाभिन्नै तरिकाको व्यवस्थाका थिए । ती समाजमा फरकफरक खालका र कर्तव्यहरूको व्यवस्था थियो भने कतै दास व्यवस्था पनि अस्तित्वमै थियो । नोरमन शासनले भू–दासहरू र लर्ड (जमिनदार) बिच स्तर निर्धारण ग¥यो । लईहरूबिच पनि विभिन्न श्रेणीहरू विभाजन गरी त्यसको स्तर निर्धारण ग¥यो । नेपालमा जयस्थिति मल्लको शासनमा विभिन्न कामअनुसार जात निर्धारण र वर्गीकरण गरेजस्तै प्रत्येक लर्डले आफूभन्दा माथिको तहका सईलाई कर बुझाउन पर्दथ्यो । त्यो कर खाद्य उत्पादनको भाग, धन या सिपाहीहरू पनि हुन सक्दथ्यो । तालिम प्राप्त र हातहतियारयुक्त सिपाहीँ जवानहरू पनि करको रूपमा तिर्न मिल्ने हुनुको अर्थ हो ठूला जमिनदारहरूलाई आफ्नो हैकम कायम गरी राख्न र कसैले विरोध गरे निर्ममतापूर्वक दबाउन ती लठैतहरू आवश्यक भइरहन्थ्यो । युद्धको बेला राजा कहाँसम्म ती जवानहरू पठाउनु पर्दथ्यो । त्यो काम माथिल्लो स्तरका जमिनदारले गर्दथे ।
यस किसिमको व्यवस्था पछि गएर सिपाहीँको सट्टा अकुत धन दिन मिल्ने प्रणालीमा विकास भयो । राजालाई अकुत धन दिएपछि राजा आफैँले भाडाका सिपाहीहरू किन्थे । (नेपालमा अहिले संयुक्त राष्ट्रसङ्घको अनुरोधमा नेपाल सेनाले शान्ति सेना पठाउने गरेको पनि पाइन्छ । त्यस्तै भाडाका सिपाहीँको रूपमा ब्रिटिश आर्मी, सिङ्गापुरको सेना र भारतीय सेनामा पनि प्रवेश गर्छन् । नेपाली जवानहरू देशमा रोजगारी नपाएको कारण भाडाका सिपाही बन्न पनि (सहर्ष स्वीकार गर्दैछन् वर्षौंदेखि) बिरामी, बुढा, विधवा, टुहुरा आदिलाई न्याय प्रदान गर्ने जिम्मा स्थानीय जमिनदारहरूको हुन्थ्यो । कति टुहुरा र अपाङ्गहरूको जीवन जमिनदारको महलमा घरायसी नोकर भएर नै सकिन्छ । (नेपालमा कमैया, बाँधा आदि)
गिर्जाघर (क्रिश्चियनहरूको मन्दिर) को अवस्था पनि सरकारजस्तै थियो । सबैको आम्दानीको १० भाग गिर्जाघरलाई कर तिर्नु पर्दथ्यो । (नेपालमा पुजारी बाहुनहरू र जजहरूमा पूजापाठ तथा श्राद्धको काम गर्ने बाहुनहरूको हैकमका अवशेषहरू अझै पाइन्छ । आधुनिक राज्य व्यवस्थामा बाहुनहरूको बर्चस्वलाई नकार्न सक्दैन । तर, सम्पत्ति कुम्ल्याउन नसकेका र आफ्नै श्रममा इमानदारीपूर्वक बाँच्ने बाहुन पनि पीडित भइरहेको पनि स्थानीय छ । पादरी (पूजारी) घरको जग्गा कूत तिर्ने गरी कमाइ खान सक्दथ्यो । हाम्रो समाजमा गुठीको जग्गा, पशुपतिनाथको जग्गा, कुनै मन्दिर, पाटी, पौवाको लागि पनि जग्गा छुट्याइएको यसप्रकार गिर्जाघरलाई तिर्ने आयकर र कुतको बदलामा गिर्जाघरले समाजमा विभिन्न सेवाहरू पु¥याउनुपर्दथ्यो । स्थानीय जमिनदारहरूले गिर्जाघरलाई चन्दा दिएर बिरामीहरूको उपचार गराउने आफ्नो दायित्व गिर्जाघरलाई हस्तान्तरण गर्ने गरिन्थ्यो । केही धनीका छोराहरू थोरै औपचारिक शिक्षा दिने काम पनि गिर्जाघरले गर्दथ्यो । धार्मिक सेवाहरू प्रदान गर्ने काम गर्दथ्यो । किसानहरूलाई आज्ञाकारी भएमा मात्र मरेपछि स्वर्गको ढोका खोल्ने कुरा सिकाइने काम पनि गिर्जाघरले नै गर्दछ । अझै पनि कति नेपालीहरू बाहुनले भनेको जति दान दिएमात्र स्वर्ग पुगिने कुरामा विश्वास गर्छन् ।)
बेलायतमा गिर्जाघर र जमिनदारहरूको पकड १४ आँै शताब्दीमा प्लेग रोगको महामारीसँगै हल्लिन थाल्यो । प्लेग रोग (उपियाँको कारण हुने तर उपियाँलाई मुसाले ठाउँ ठाउँमा प्रसार गर्ने रोग) को महामारीले बेलायतको ३ भागको १ भाग जनसङ्ख्याको मृत्यु भएको थियो । परिणामतः गाउँघरमा काम गर्ने किसानहरूको कमी हुन थाल्यो । त्यसैले स्थानीय जमिनदारहरू बाँचेका किसानहरूलाई गाउँमै बाँधिराख्न चाहन्थे ।
जमिन जोत्ने भू–दासहरूको अभावमा केही जमिनदारहरूले ऊन उत्पादन गर्न भेडाहरू पाल्न थाले । चिसो मौसम भएको बेलायतमा ऊनी सामानहरूको व्यापार बढ्यो । त्यतिबेला थाहा भएका संसारका सबै ठाउँहरूमा ऊनको व्यापार राम्रो थियो ।
इटालियाली व्यापारीहरू ऊन उत्पादनमा धेरै मूल्य तिर्ने इच्छा गरेको कारण जमिनदारहरू भूदासहरू पाल्नुभन्दा भेडा पाल्नतिर हामफाले । १४ औँ शताब्दीको यो अभियानलाई समावेशी अभियान (Enclosure Movement) भनियो । सार्वजनिक जग्गा जमिन पनि निजी व्यक्तिको स्वामित्वमा रूपान्तरण गरी निजीकरण गरियो । सार्वजनिक सेवा सुविधा सबै निजीकरण गरियो । नेपालमा गुठी जग्गा, मन्दिरको जग्गा आदि प्रायः सबै निजी व्यक्तिको नाममा दर्ता भइसकेका छन् ।
१६ औँ शताब्दीमा थोमस मोर (Thomas More) ले लेखेको पुस्तक काल्पनिक समाजवादमा (Utopon) तात्कालीन बेलायतको अवस्थालाई यसप्रकार चित्रण गरेको थियो– “थोरै खाना भए पुग्ने सानो शान्त जन्तु भेडापालन व्यवसायको भोक यति ठूलो थियो कि त्यसले मान्छे पनि खायो । घर, खेत, सहर सबै सुरु भयो । भेँडा व्यवसायीको घाँटीभित्र छियौ ।”
महँगो ऊनी सामानहरू उत्पादन हुने ठाउँमा अब भूमिबाट कूत असुलेर मात्र प्राप्त हुने आम्दानीमा सन्तुष्ट भएनन् ।
“जग्गा जमिन खाद्य उत्पादनको लागि जोत्नुभन्दा भेँडाका निम्ति घाँसे मैदान बनाए ।”
राजाले ऊनी सामान, ऊनी सामानको निर्यात र बन्दरगाहमा पनि कर लगाउने निर्णय गरे ।
गाउँका किसानहरू सहरमा खानको लागि माग्नुपर्ने स्थितिमा पुगे । धेरै सङ्ख्यामा किसानहरू सहर ओइरिएपछि सहरमा घुइँचो र अस्तव्यस्तता बढ्न थाल्यो । आफ्नो कुनै सम्पत्ति नभएका र बाँच्नलाई आफ्नो श्रमको ज्यालामा मात्र भरपर्ने मजदुरवर्ग सहरमा देखा पर्न थाल्यो ।
संयोगवश त्यो समय रोजेज (Roses) बुद्धको अन्ततिर हेनरी सातौँ (Henry VII) ले सामन्तहरूको अधिकार कटौती गरेको समय थियो । हेनरी आठौंले गिर्जाघरको जग्गा कब्जा गरी त्यो आफ्ना साथी र समर्थकहरूलाई दिएका थिए । सामन्ती जग्गा उत्पादनको संरचना बदलिएर निजी स्वामित्वकरण भयो । जमिनदारी प्रथामा सकेसम्म बढी नाफा कमाउन परम्परागत उत्पादन शैली र संरचनालाई नयाँ साहसी उद्यमीहरू जन्मन थाले ।
ठीक त्यही समयमा युरोपले विश्वका अन्य नयाँ देशहरू पनि पत्ता लगायो । ती ‘नयाँ देशहरूबाट’ अकुत धन सम्पत्ति लुटेर ल्याइयो । साहसीहरूलाई भाग्यले साथ दियो । नयाँ देशको खोजमा सफल भएका इटली र स्पेन तुरुन्तै धनी भयो । पछि इटाली, स्पेन, फ्रान्स र बेलायतले नयाँ देशको खोजीमा निस्कने साहसीहरूमाथि ठूलो लगानी गर्न थाले । यही समयमा पुँजीवादी कम्पनीहरूको सुरु भयो ।
स्ट्राउट (Sturat) वंशका राजा चाल्र्स प्रथमले सामन्ती उत्पादन सम्बन्धलाई निजी उद्यममा रूपान्तरण गरे । त्यसै कारण चाल्र्स प्रथम र तात्कालीन सांसदहरूबिच द्वन्द्व अन्त्य भयो । तात्कालिन सांसदहरू उठ्दो पुँजीपतिवर्ग र व्यापारीहरूका प्रतिनिधिहरू थिए । बेलायती गृह युद्धमा निजी सम्पत्तिका मालिकहरूले व्यापारिक अन्वेषकहरू र सहरका बढ्दो कामदारवर्गसित मिलेर गृह युद्धमा जीत हासिल गरेको थियो ।
तर त्यही क्रान्ति कामदारवर्ग र ज्यालादारी किसानहरूमा वर्गीय सचेतना दिलाउने माध्यम पनि बन्यो । सांसदहरूको समर्थनमा मजदुर र ज्यालादारी किसानहरूलाई जबरजस्ती युद्धमा तानियो । संसद्वादी सेनाका एक जवान पुटनी (Putney) भन्नेले युगभन्दा अगाडिको विचार राखे । त्यसपछि समानतावादी (Levellers) अभियान नै चलेको थियो । सन् १६४२– १६४८ सम्म संसद्वादीहरू र राजावादीहरूबिच (चाल्र्स प्रथम राजा) को द्वन्द्वबाट गृह युद्ध भएको थियो । त्यस आन्दोलनबाट गरीबहरूबाहेक सबै पुरुषहरूलाई मताधिकार प्राप्त भयो । त्यस्तै धार्मिक सहिष्णुता राजतन्त्रको अन्त्य र हाउस अफ लर्डको निधन त्यसपछि भयो । निजी सम्पत्तिका मालिक वर्गमाथि कामवेलको मृत्युपछि अर्को चुनौतीहरू थपिए । उनीहरू पुरानै बाटोमा फर्केर र चाल्र्स दोस्रोलाई संवैधानिक राजा बनाए । (नेपालमा राजा महाराजाले चलाउने सामन्ती राज राणाहरूले चलाए । सात सालपछि संवैधानिक राजतन्त्र रह्यो, फेरि सक्रिय राजतन्त्र महेन्द्रले थालनी गरे । २०४६ सालपछि संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्र स्थापना भयो । ज्ञानेन्द्रको प्रतिगामी कदम पछिको जनआन्दोलनबाट नेपाल राजतन्त्र फालेर गणतन्त्रात्मक पद्धतिमा छ । यद्यपि, धनीमानी पुँजीपतिहरूको शासन कायम नै छ ।) दास व्यापार र उखुको व्यापारका माध्यमद्वारा बढ्दो आर्थिक वृद्धिमा चाल्र्स दोस्रो सन्तुष्ट थिए । उनी संसद्को शक्तिमाथि हस्तक्षेप नगर्ने नीतिमा थिए ।
चाल्र्स दोस्रोपछिका उत्तराधिकारी जेम्स दोस्रो त्यति बुद्धिमानी थिएनन् । उनले पुरानो राजसंस्थाको जस्तै शक्ति कायम गर्न चाहे । तसर्थ, १६६८ को ‘गौरवपूर्ण क्रान्ति’ मार्फत उनलाई गद्दीबाट फाले । हल्यान्डमा बसिरहेका स्ट्रट वंशका मेरी स्ट्रट र उनकी श्रीमान् विलियम अफ ओरेन्ज (William of Orange) सित संसद्ले सहमति ग¥यो । संसद्सँगको सहमतिअनुरूप राजसंस्था सञ्चालन गर्ने प्रतिबद्धताका साथ बेलायतमा जेम्स दोस्रोलाई हटाएर मेरी स्ट्रटको शासन चल्यो । बेलायतको आधुनिक राज्य प्रणालीको आधार त्यही सहमति थियो ।
क्रमशः
Leave a Reply