नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
राष्ट्रपति मादुरोद्वारा आवास नम्बर ४६ लाख वितरण
कासाकस, १० साउन (टेलेसुर) दक्षिण अमेरिकी देश भेनेजुयलामा २०११ देखि चलिरहेको ग्रेट हाउसिंग मिशनले कम आय भएका परिवारहरूलाई सरकारले कम लागतमा वा निःशुल्क राम्रो आवासहरू उपलब्ध गराउँदै आएको छ । बोलिभारियाली समाजवादी क्रान्तिको एक ध्येयको रूपमा भेनेजुयलाको सरकारले यो प्रक्रियालाई अगाडि बढाउँदै आएको छ ।
सोही क्रममा राष्ट्रपति निकोलस मादुरोले ग्रेट हाउसिंग मिशनमार्फत निर्मित आवास नम्बर ४६,००००० एक कार्यक्रमबिच वितरण गर्नुभयो । सो अवसरमा बोलिभेरियाली क्रान्तिले १२ वर्षदेखि प्रवद्र्धन गरेको सामाजिक आवास कार्यक्रमलाई आवश्यकताअनुसार अझै निरन्तरता दिने बताउनुभयो ।
“जुलाई २०, २०२३ मा हामीले ऐतिहासिक कोसेढुङ्गा लगाएका छौँ : जनताको आवास सङ्ख्या ४६ लाख निर्माण सम्पन्न गरी प्रदान गरेका छौँ । जनता र सरकार मिलेर हामीले यो सम्भव बनाएका छौँ,” उनले फाल्कन राज्यमा आयोजित उक्त कार्यक्रममा भन्नुभयो ।
“भेनेजुयलालाई हामी सबै मिलेर अगाडि बढिरहेका छौँ । हामीमाथि अमेरिकी साम्राज्यवाद र त्यसका पिछलग्गुहरूको आर्थिक नाकाबन्दी हुँदाहुँदै पनि निस्सन्देह हामीले हाम्रो देशको क्रान्तिकारी प्रक्रियाको एक महत्वपूर्ण हिस्सा रहेको ग्रेट हाउसिंग मिशनमा सफलता हासिल गर्न सकेका छौँ, भेनेजुयाली जनताको एकताले मात्र यो सम्भव भएको हो । उहाँको भौतिक उपस्थिति हाम्रोमाझ नरहे पनि हाम्रो सफलतामा कमाण्डर ह्युगो चाभेज हाम्रो साथमा हुनुहुन्छ ।” उहाँले अगाडि भन्नुभयो ।
भेनेजुयलाका राष्ट्रपति मादुरोले अमेरिकाको नाकाबन्दी र बोलिभारियाली क्रान्ति तथा भेनेजुयाली जनताविरुद्धको अपराध भएको बताउँदै नाकाबन्दी र प्रतिबन्धहरूद्वारा उत्पन्न समस्याहरूको बावजुद सभ्य आवासको अपरिहार्य अधिकार भएकाले सामाजिक आवास कार्यक्रम निरन्तररूपमा कार्यान्वयन भइरहेको कुरा प्रस्ट पार्नुभयो ।
उहाँले सार्वजनिक सेवाहरू, विद्यालयहरू, स्वास्थ्य केन्द्रहरू, सूप किचनहरू र खेलकुद क्षेत्रहरूलाई राम्रो अवस्थामा राख्न सामुदायिक परिषदहरू व्यवस्थित गर्न र सिर्जनात्मक कार्य गरिरहन नागरिकहरूलाई आग्रह पनि गर्नुभयो ।
अहिलेसम्म भेनेजुयलाको ग्रेट हाउसिंग मिशन कार्यक्रमले कुल ९८३७ हेक्टरमा १२५५ आवासीय परिसरहरू निर्माण गरेको छ । उक्त परिसरहरूको कुल क्षेत्रफल स्विस शहर जेनेभाको ६ गुणा बराबर छ ।
सन् २०११ मा तत्कालीन राष्ट्रपति कमाण्डर ह्युगो चाभेजद्वारा थालनी गरिएको भेनेजुयलाको महान आवास मिशनले कम आय भएका परिवारहरूलाई कम लागतमा वा निः शुल्क, तिनीहरूको आम्दानीको आधारमा सम्मानजनक घरहरू प्रदान गरिरहेको छ ।
Leave a Reply