जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ९
- बैशाख ११, २०८३
भक्तपुर, ९ साउन । “नयाँ पुस्ताले देश र समाजको हित नगर्ने परिस्थितिसँग जुझ्ने र त्यसलाई जनताको अनुकूल हुने गरी बदल्नु जरुरी छ ।”
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले मङ्गलबारप्रभात इङ्गलिस सेकेन्डरी विद्यालयका एसईई उत्तीर्ण विद्यार्थीहरूलाई मार्गनिर्देशन दिँदै उक्त भनाइ राख्नुभएको हो ।
अध्यक्ष बिजुक्छेँले सम्पत्ति धेरै कुम्ल्याएकाहरूसँग खराबी पनि धेरै हुनेतर्फ नयाँ पुस्ता सचेत हुुनुपर्ने औँल्याउँदै जनतालाई सताउनेहरू जुनसुकै पेसाका भए पनि काम नलाग्ने उल्लेख गर्नुभयो ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले कतिपय निजी विद्यालय र कलेजबाट विद्यार्थीहरूमाथि ठगी भइरहेको उल्लेख गर्दै ख्वप विश्वविद्यालयमा देशभरिका कामदारवर्गका छोराछोरीलाई अनुशासनसहितको उच्च शिक्षा प्राप्त हुने बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका सांसद सुवालले भन्नुभयो, “पाँच खर्ब रुपैयाँको काठमाडौँ–बारा दु्रतमार्ग निर्माण गरेर दाल, भात, तरकारीसमेत विषादी भएको भारतबाट आयात गर्नुभन्दा सो रकम नेपालको कृषि, शिक्षा र उद्योगको विकासमा लगाउनु जरुरी छ ।”
नेमकिपाको वाग्मती प्रदेशसभा सदस्य एवम् विद्यालय व्यवस्थापन समितिका सदस्य सृजना सैँजुले नयाँ पुस्ता विदेशमा नगई आफ्नै देशको विकासमा लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले सन्तुलित समाज विकासको लागि सबै विषयको उत्तिकै महत्व भएको उल्लेख गर्नुभयो ।
डा. मनिष प्रधानाङ्ग र नर्स ईश्वरी डंगोलले विद्यार्थीहरूलाई देश र जनताको इमानदारीपूर्वक सेवा गर्नुपर्ने मार्ग निर्देश गर्नुभयो ।
विद्यार्थीहरू जेनिशा सुवाल र दृष्टि गिरीले प्रभातमा अध्ययन गर्दाको अनुभव राख्नुभयो ।
अध्यक्ष बिजुक्छेँले विद्यालयको तर्फबाट विद्यार्थीहरूलाई ‘हजुरबुबाको चिट्ठी’ र ‘जनताको साहित्य र साहित्यकार’ पुस्तक उपहार प्रदान गर्नुभयो ।
Leave a Reply