आफूलाई बिर्सने मेरा साथीहरूलाई
- आश्विन १९, २०८३
म विचार फेर्दिनँ
अडानमा बस्छु
किनभने
म नेमकिपा न परेँ
घडी यता घडी उता
म गर्दै गर्दिनँ
अल्गोरिदम्मा पनि फस्दिनँ
किनभने
म नेमकिपा न परेँ
एक दिन र एक महिना
एक वर्ष होइन
जीवनभर पार्टीमा लाग्ने
बाचा बोकेको
विचलित कहिल्यै हँुदिनँ
लोभ र लाभमा फस्दिन्नँ
किनभने
म नेमकिपा न परेँ ।
(२०८३ असोज १८)
Leave a Reply