नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
सिन्ह्वाको टिप्पणी
चीनमाथि आधारहीन हिलोछ्याप्दै केही अमेरिकी राजनीतिज्ञहरूले अमेरिकाले आफ्नो राष्ट्रिय सुरक्षाको कुरा गर्दा त्यो राष्ट्रिय सुरक्षाको चासो हुने, तर अरूले आफ्नो देशको सुरक्षाको कुरा गर्दा त्यस्तो हुँदैन भनी बेतुकको विचार साबित गर्न खोजिरहेका छन् ।
पेइचिङ । ‘राष्ट्रिय सुरक्षा’ अवधारणालाई हेरफेर गर्ने कुरा आउँदा कुनै पनि देशले संरा अमेरिकासित प्रतिस्पर्धा गर्न सक्दैन । संरा अमेरिका एक यस्तो खेलाडी हो, जसले पीडित कार्ड निकै राम्रोसँग खेल्ने गर्छ ।
केही समयदेखि वासिङ्टनले चिनियाँ व्यापारीहरू, चिनियाँ कर्मचारीहरू, प्राविधिक विशेषज्ञहरू र फैलँदै गएको चिनियाँ अर्थतन्त्रलाई बदनाम गर्ने अभियान व्यापकरूपमा चलाउँदै आएको छ । उसको नितान्त गलत सूचनाको सङ्ग्रहमा ‘चीनद्वारा प्रणालीगत बेइमानी’ ‘हाम्रो राष्ट्रिय सुरक्षाको लागि खतरा’, र ‘ह्वाइट हाउसबाट उचित प्रतिबन्धहरू’ आदि समावेश छन् ।
हालसालै, चिनियाँ अर्थतन्त्रको बारेमा शोक गीत गाउने क्रममा केही अमेरिकी राजनीतिज्ञहरूले चिनियाँ बजारलाई विदेशी फर्महरूका लागि सम्भावित खतरनाक (बमबारी) क्षेत्र भनी चित्रण गरे । तिनीहरूले ‘चीनको जासुसीसँग लड्न’ र ‘राष्ट्रिय सुरक्षाको रक्षा गर्न’ चीनको वैधानिक चालहरूको विरुद्ध गम्भीररूपमा कदम चाल्न अमेरिकी प्रशासनसँग माग गरे ।
तिनीहरूले हालै एक अमेरिकी मेमोरी चिपमेकर कम्पनीमाथि चीनले लगाएको बिक्री प्रतिबन्धप्रति सङ्केत गरेका थिए । उक्त कम्पनी चीनको साइबरस्पेस नियामकले गरेको सुरक्षा समीक्षामा असफल भएको थियो र त्यसका उत्पादनले चीनको महत्वपूर्ण सूचना पूर्वाधार आपूर्ति श्रृङ्खलामा गम्भीर जोखिम खडा गरेको पाइएको थियो ।
चीनमाथि आधारहीन रूपमा हिलो छ्यापेर उनीहरूले ‘अमेरिकाको राष्ट्रिय सुरक्षा’ को कुरा गर्दा त्यो राष्ट्रिय सुरक्षाको चासो हुने तर अरूले आफ्नो देशको सुरक्षाको कुरा गर्दा त्यस्तो हुँदैन भनी बेतुक विचारको रूपमा बुझाउन खोजिरहेका छन् ।
विडम्बनाको कुरा, त्यो देश संरा अमेरिका नै हो जसले लामो समयदेखि राष्ट्रिय सुरक्षाको अवधारणालाई बरोबर हेरफेर गरिरहेको छ । आर्थिक जबरजस्तीवादका वास्तविक प्रणेता संरा अमेरिकाले राज्यशक्तिको दुरुपयोगको लागि बहानाको रूपमा यो शब्दलाई बारम्बार जोड दिइरहेको छ । संरा अमेरिकाले १२०० भन्दा बढी चिनियाँ कम्पनी र व्यक्तिहरूलाई विभिन्न सूचीमा राखेको छ र गल्तीको कुनै ठोस प्रमाणबिना नै उनीहरूमाथि व्यापक प्रतिबन्ध लगाएको छ ।
हालैका वर्षहरूमा संरा अमेरिकाले आर्थिक दबाबको साथ राष्ट्रिय सुरक्षाका रेखाहरूलाई धमिलो पार्दै आएको छ । अरूमाथि प्रहार गर्ने ज्यावलका रूपमा आर्थिक प्रतिबन्ध, बजार अनुमति अस्वीकार, सम्पत्ति फ्रिज, सरकारी अनुसन्धान र प्रविधिमाथि प्रतिबन्धजस्ता रणनीतिहरू प्रयोग गर्दै आएको छ ।
अब फेरि राष्ट्रिय सुरक्षा अवधारणालाई हेरफेर गर्ने वासिङटनको चाहना तीव्र हुँदै गएको छ । अमेरिकाको ‘राष्ट्रिय सुरक्षा खतराको सूची’ अनियन्त्रितरूपमा लामो हुँदै गएको देखिन्छ । ह्वाइट हाउसले पनि सक्रियरूपमा आफ्ना पिछलग्गुहरूलाई आफ्नैजस्तै सुरक्षा चिन्ताका पाना विस्तार गर्न दबाब दिइरहेको छ ।
वासिङटनको यस्तो राष्ट्रिय सुरक्षा महत्वाकांक्षवादका दुई विशेषताहरू छन् ः पहिलो, यसले कुनै भरपर्दो प्रमाणबिना नै संरा अमेरिकाको लागि राष्ट्रिय सुरक्षा समस्या के हो भनेर परिभाषित गर्न सक्छ । दोस्रो,े ती बनावटी सुरक्षा चिन्ताहरू अन्य देशहरूमाथि दोष थोप्ने कारवाही गर्ने बहानाको रूपमा प्रयोग गर्न तयार छ ।
पीडितको भूमिका खेल्दा वासिङटनले राष्ट्रिय सुरक्षाको अवधारणालाई व्यापार र प्राविधिक मुद्दाहरूलाई राजनीतीकरण वा ज्यावलीकरण गर्न र आफ्नो भूराजनीतिक एजेन्डाहरूको सेवा गर्न अरूलाई दबाब दिन तथा ब्ल्याकमेल गर्न बहानाको रूपमा प्रयोग गरिरहेको छ । आफ्नो आर्थिक र प्राविधिक प्रभावको लाभ उठाएर वासिङटनले जबरजस्ती विदेशी कम्पनीहरूलाई आफ्ना मागहरू पूरा गर्न दबाब दिइरहेको छ ।
वास्तवमा अमेरिकाका नीति निर्माताहरूका लागि अमेरिकी विश्वव्यापी प्रभुत्वको अगाडि आउन सक्ने कुनै पनि कथित सम्भावित चुनौती ‘राष्ट्रिय सुरक्षा चिन्ता’ हो । प्राविधिक क्षेत्रमा चीनको स्वाभाविक वृद्धिले पनि उनीहरूको आँखा बिझिरहेको छ ।
चीनसित अमेरिकी तर्क यस्तो छः म तिम्रो बजार चाहन्छु, तर तिमीले आफ्नो प्राविधिक विकासलाई सुस्त बनाउनुपर्छ । ‘राष्ट्रिय सुरक्षा’ को बहानाअन्तर्गत वासिङटनले चिनियाँ प्राविधिक फर्महरूलाई कालोसूचीमा राखेको छ र चिनियाँ कम्पनीहरूलाई उन्नत चिप टेक्नोलोजीहरू बेच्न व्यापक सीमाहरू तोकेको छ, यसका धेरै सहयोगीहरूलाई प्रविधि नाकाबन्दी लागू गर्न बाध्य पारेको छ ।
यस्तो भेदभावपूर्ण र धम्कीपूर्ण अभ्यासले सामान्य व्यापार, आर्थिक आदानप्रदान र सहयोगलाई गम्भीररूपमा बाधा पु¥याएको छ । बजार नियम र अन्तर्राष्ट्रिय व्यापार व्यवस्थाको उल्लङ्घन गरेको छ र विश्वव्यापी औद्योगिक र आपूर्ति श्रृङ्खला स्थिरतामा बाधा पु¥याएको छ ।
यतिखेर यो अमेरिकी ‘राष्ट्रिय सुरक्षा’ को कथनले अमेरिकी अर्थतन्त्रलाई पनि नोक्सान पु¥याइरहेको छ । अमेरिकी व्यापारिक प्रतिष्ठानहरूले अमेरिकी सरकारले सुरक्षा रणनीतिको दुरुपयोग गरेर अमेरिकी उद्योगमाथि चोट पु¥याउन सक्ने भन्दै बारम्बार चेतावनी दिएका छन् ।
गुणस्तरीय खुलापनका लागि प्रतिबद्ध चीनले विकास र राष्ट्रिय सुरक्षाबिचको कठिन तर राम्रो लाइनमा हिँड्ने क्रममा विश्वकै व्यवसायहरूका लागि आफ्नो ढोका अझ फराकिलो गरी खोलेको छ । चीनको वैधानिक साइबर सुरक्षा समीक्षाले कुनै विशेष देश वा क्षेत्रलाई लक्षित गर्दैन, न त यसले कुनै विशेष देशको प्रविधि वा उत्पादनहरू बहिष्कार गर्न खोज्छ । चीनले हालै ल्याएका उपायहरूले राष्ट्रिय सुरक्षालाई सुदृढ पार्ने र यसको दिगो विकासका लागि आवश्यक सुरक्षित र स्थिर वातावरण सिर्जना गर्ने उद्देश्य राखेका छन्, जसले विदेशी कम्पनीहरूको वृद्धिलाई मात्र नभई समग्र व्यापार वातावरणलाई पनि अनुकूल बनाउनेछ । चीनमा सञ्चालित सबै देशका उद्यमहरूको कानुनी अधिकार र हितहरूको राम्रोसँग संरक्षण गर्नेछ ।
तथ्याङ्कले बताउँछ, संयुक्त राष्ट्र सङ्घको व्यापार र विकास सम्मेलनले आफ्नो विश्व लगानी प्रतिवेदन २०२३ मा गत वर्ष विश्वव्यापी प्रत्यक्ष विदेशी लगानी मुख्यतया उत्पादन र उच्च प्रविधियुक्त उद्योगहरूमा १२ प्रतिशतले घटेको उल्लेख गरेको छ भने चीनतर्फको प्रवाह ५ प्रतिशतले बढेर १ सय ८९ अर्ब अमेरिकी डलरमा पुगेको छ । यस वर्षको पहिलो आधा अवधिमा चीनमा नयाँ स्थापित विदेशी–लगानी उद्यमहरूको तीव्र वृद्धि देखिएको छ । त्यस अवधिमा चीनमा करिब २४,००० नयाँ विदेशी फर्महरू सुरु भएका छन्, जुन गत वर्षको तुलनामा ३५.७ प्रतिशतले वृद्धि भएको छ । फ्रान्स, बेलायत र जर्मनीजस्ता विकसित देशहरूको लगानी १७३.३ प्रतिशतले बढेको छ ।
चीनलाई अस्वीकार गर्नेहरूले चीनलाई जस्तै चित्रण गरे पनि एउटा कुरा निश्चित छः चीन विश्वकै विकासको इञ्जिन र लगानीकर्ताहरूले बेवास्ता गर्न नसक्ने आकर्षक बजारको रूपमा रहेको छ र यो स्थिति कायम रहनेछ । चीनको यो बजार सही तरिकाले व्यापार व्यवसाय गर्ने र सर्वस्वीकार्य कानुन पालन गर्ने विदेशी व्यवसायहरूको लागि जहिले पनि खुला छ । विश्वव्यापी आर्थिक र प्राविधिक क्षेत्रलाई आफ्नो स्वार्थपूर्तिको निम्ति खेल मैदान बनाउने कुकार्यले कसैलाई पनि राम्रो गर्दैन ।
अनुवाद : आरोही
Leave a Reply