नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
रिपब्लिकन पार्टीका राष्ट्रपति उम्मेदवारका आकाङ्क्षी रोन डिसेन्टिसले औपचारिकरूपमा राष्ट्रपतीय चुनावी अभियान सुरु गर्दा उनलाई जलवायु परिवर्तनबारे सोधिएको थियो । उपेक्षाभावमा उनले ‘म सधैँ मौसमको राजनीतीकरणको विरोधी हुँ’ भन्दै जवाफ दिएका थिए । तर, हामीले मौसमको राजनीतीकरण गर्नैपर्छ । सन् २०२४ को चुनावी मुद्दामा सम्भवतः वातावरणीय नीति केन्द्रीय मुद्दा बन्नेछैन । चुनाव मूलतः अर्थतन्त्र र सामाजिक मुद्दामा केन्द्रित हुनेछ । तथापि, हामी जलवायुसँग सम्बन्धित प्रकोपको तीव्र वृद्धिको समयमा बाँचिरहेका छौँ । रिपब्लिकन पार्टी विकसित मुलुकका राजनीतिक शक्तिमध्ये जलवायु पहलकदमीविरुद्ध मुखर हुने सबैभन्दा ठूलो अतिवादी शक्ति हो । यस्तो अवस्थामा एक तर्कसङ्गत राजनीतिक बहसमा जलवायु परिवर्तन सबैभन्दा ठूलो चुनावी मुद्दा हुनुपर्ने हो ।
पहिलो वातावरणीय पृष्ठभूमिलाई नै लिऊँ । हामी अहिले सन् २०२३ को मध्यमा आइपुगेका छौँ र कुनैबेला हामीलाई स्तब्ध र अचम्मित बनाउने खालका प्रकोप अहिले हामी नियमित भोगिरहेका छौँ । विश्वस्तरमै यही जुन महिना अभिलिखित इतिहासमै सबैभन्दा तातो जुन महिना बनेको छ । अभूतपूर्व गर्मीको लहर विश्वका कैयौँ ठाउँमा देखापरेका छन् । मे महिनामा दक्षिण एसिया र मध्यपूर्वले प्राणघाती गर्मीको लहर व्यहोरेको थियो र युरोपमा अहिले सानो अवधिमै दोस्रो विनाशकारी गर्मीको लहर चलिरहेको छ । चीनले हालसम्मकै सबैभन्दा कीर्तिमानी तापमान व्यहोरिरहेको छ । त्यसैगरी अमेरिकाको दक्षिणी हिस्साले केही सातायता जोखिमयुक्त गर्मी व्यहोरिरहेको छ । फ्लोरिडा क्षेत्रका जनतालाई गर्मीबाट राहत पाउन समुद्रमा डुबुल्की लाउँछु भन्ने पनि छुट छैन किनभने समुद्रकै तापमान सय डिग्री फरेनहाइटको हाराहारी छ ।
दक्षिणबाहेकको अमेरिकीले गर्मी महसुस नगरे पनि उत्तरपूर्वी क्षेत्रका जनताले क्यानडामा भइरहेको डढेलोले ल्याएको वायु प्रदूषण र सुन्तला रङ्गको आकाश बिर्सेका छैनन् । हामीसँग प्रतिकूल मौसमी घटनाका बग्रेल्ती उदाहरण छन् । तर, के हामी यी प्रकोप जलवायु परिवर्तनले नै ल्याएको हो भनेर प्रमाणित गर्न सक्छौँ ? त्यसै भन्न सकिँदैन । तर, अहिले बढ्दो रूपमा विकास भइरहेको विषय ‘चरम वातावरणीय घटना श्रेय’ (एक्स्ट्रिम त्ेन्ट एट्रिब्युसन) ले जलवायु परिवर्तनलाई उच्च सम्भाव्यता भएको कारकका रूपमा मान्छ ।
विभिन्न जलवायु मोडेलले केही चरम मौसमी घटनालाई पृथ्वीको बढ्दो तापमानका कारण हुन सक्ने देखाएका छन् । उदाहरणका लागि दशकमा एकपटक हुने गर्मीको लहर अहिले हामी प्रायः वार्षिकरूपमै व्यहोरिरहेका छौँ । चरम वातावरणीय घटना श्रेयले विश्व तापमान वृद्धि हुँदा र नहुँदाको अवस्थामा हुने प्रतिकूल वातावरणीय घटनाको तुलना गर्छ ।
म चरम वातावरणीय घटना श्रेयलाई विश्वसनीय स्रोत मान्छु । किनभने, यसले सबै प्रतिकूल वातावरणीय घटनालाई जलवायु परिवर्तनसँग पनि जोडिहाल्दैन । उदाहरणका लागि उत्तरपूर्वी इटालीमा आएको चरम बाढीमा जलवायु परिवर्तनको हात निकै सीमित छ । यस्ता केही अपवाद हामीले देख्न सक्छौँ। सामान्यतया चरम वातावरणीय घटना श्रेयको विश्लेषण विश्व तापमान वृद्धिका कारण हालैका वर्षमा प्रकोप देखाएको छ । हामीसँग तुरुन्तै लागि जलवायु प्रकोपको अनुमान मौजुद नभए पनि जलवायु परिवर्तनविना केही वर्षयताका वैश्विक वातावरणीय प्रकोप असम्भव हुन्थ्यो भन्न सकिन्छ । यो स्वभावतः सङ्कटको सानो झल्को मात्रै हो । भविष्यमा ठूला क्षति निम्तिने देखिन्छ ।
यसले मलाई ‘मौसमको राजनीतीकरण’ को बहसतर्फ डो¥याउँछ । वास्तवमा जलवायु परिवर्तनबारे चिन्ता गर्नु अब दलीय मुद्दा होइन । तर, यो मुलुकमा भने जलवायु परिवर्तनको मुद्दा दलीय मुद्दा हो । गत वर्षकै आँकडालाई लिने हो भने २२ प्रतिशत दक्षिणपन्थी विचारका अनुयायी अमेरिकीले मात्रै जलवायु परिवर्तनलाई मुख्य खतराका रूपमा देख्छन्, त्यसैगरी वामपन्थी एवं दक्षिणपन्थीबिचको भिन्नता अन्य मुलुकको दाँजोमा अमेरिकामा धेरै छ । टेक्सासका रिपब्लिकन (दक्षिणपन्थी पार्टी रिपब्लिकनका सदस्य) आफ्नै राज्यमा विस्तार भइरहेको नवीकरणीय ऊर्जाको अवमूल्यन गर्छन्, यस्तो तपाईं अमेरिकामा मात्रै देख्न पाउनुहुन्छ ।
जलवायु परिवर्तनलाई अस्वीकार गर्ने तर्कमा खासै परिवर्तन आएको छैन । ‘जलवायु परिवर्तन भएकै छैन, भए पनि थोरै भएको छ र यो खराब होइन । यसलाई रोक्न गरिने कामले आर्थिक प्रकोप निम्त्याउनेछ ।’ यस्ता तर्क अझै पनि सुन्न सकिन्छ । जतिसुकै प्रमाण पु¥याउनुस्, यस्ता तर्क आउनबाट रोकिँदैनन् । जब अमेरिकामा हिउँदयाम हुन्छ, तब फेरि जलवायु परिवर्तन ‘कृत्रिम’ हो भन्दै हौवा फैलाइन्छ । नवीकरणीय ऊर्जामा भएको प्राविधिक विकासले उत्सर्जन घटाउन सजिलो बनाएको भए पनि केही मानिसले अझै पनि बाइडेन प्रशासनको जलवायु नीतिको लागत उच्च भएको दाबी गर्छन् । त्यसकारण, विश्वमा भइरहेको कीर्तिमानी गर्मीका बाबजुद पनि जलवायु परिवर्तनलाई स्विकारिनेछैन वा यो ठूलो चिन्ताको विषय होइन भन्ने सुनिनेछ ।
विश्वमा जेसुकै भए पनि रिपब्लिकनले जलवायु मामिलामा आफ्नो अडान परिवर्तन गर्छन् भनेर अपेक्षा गर्नु मूर्खतापूर्ण हुनेछ । यसको अर्थ हो, यदि रिपब्लिकन पार्टीले अर्को वर्ष ह्वाइट हाउस र काङ्ग्रेसमा आफ्नो दबदबा कायम राख्न सफल भयो भने उसले पक्कै पनि बाइडेन प्रशासनले लागू गरेको र विज्ञले समेत उत्सर्जनमा कमी ल्याउने भनेको हरित ऊर्जा अनुदानलाई हटाउने प्रयास गर्नेछ । मान्नुस् –नमान्नुस्, मौसम राजनीतिक विषय हो । अमेरिकी जनता अर्को वर्षको नोभेम्बरमा पक्कै पनि जलवायु मुद्दाको महत्वबारे जानकार भएर मतदान गर्नेछन् ।
(सन् २००८मा अर्थशास्त्रमा नोबेल पुरस्कार पाएका क्रुगमेन न्युयोर्क टाइम्सका स्तम्भकार एवं सिटी युनिभर्सिटी अफ न्युयोर्क ग्रेजुएट सेन्टरका विशिष्ट प्राध्यापक हुन् ।)
स्रोत : न्युयोर्क टाइम्स
Leave a Reply