शाङ्घाई सहयोग सङ्गठनको २५ औँ सम्मेलन साझा, समानता र पारिपाटीयुक्त विश्व धु्रवीकरणको अपिल
- भाद्र १६, २०८३
गत हप्ता विश्व राजनीतिक मञ्चमा चीन अमेरिकी इतिहाससँग साक्षात्कार नभएका धेरैलाई उत्सुकता जगाउने एउटा घटना घट्यो । हाल कुनै पदमा नरहेको १०० वर्ष वृद्ध अमेरिकी कूटनीतिज्ञ हेनरी किसिन्जरलाई चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वयम्ले पेइचिङमा भव्य स्वागत गर्दै विशेष सम्मान गरे । यो घटना त्यतिबेला भयो जुनबेला बहालवाला अमेरिकी विदेशमन्त्री अन्टोनी विल्केनलाई अहिले चीन– अमेरिका सम्बन्धमा चिसोपना बढेको भन्दै चिनियाँ सरकारले उनको चीन भ्रमण रद्द गरेको थियो । पदविहीन १०० वर्षका एकजना वृद्धलाई यति ठूलो सम्मान चीनले किन दियो भन्ने धेरैको जिज्ञासा रहेको छ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले हेनरी किसिन्जरलाई ‘तपाईँ कहिल्यै भुल्न नसक्ने पुरानो साथी’ भनेर सम्बोधन गरेका थिए । अमेरिकी पूर्वविदेशमन्त्री हेनरी किसिन्जरले आफू ‘मित्रको रूपमा’ चीनमा रहेको बताए । संयुक्त राज्य अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिन्जरले १९ जुलाईमा पेइचिङमा शीर्ष चिनियाँ कूटनीतिज्ञ वाङ यीलाई भेटेका थिए । १०० वर्षीय अमेरिकीले चीनका रक्षामन्त्रीसँग वार्ता गरेका थिए । कुनै सरकारी पदमा नरहँदा पनि किसिन्जरले पटकपटक चीन भ्रमण गरेर चिनियाँ अधिकारीहरूसँग भेट्ने गरेका छन् । उनले पछिल्लो पटक सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङलाई भेटेका थिए ।
पृष्ठभूमि
चीनले हेनरी किसिञ्जरलाई किन यति धेरै महत्व दिएको भन्ने बुझ्न झन्डै ५३ वर्ष अगाडि फर्किनु पर्ने हुन्छ । तत्कालीन अमेरिकी राष्ट्रपति निक्सनको सरकारमा विदेश मन्त्री रहेका हेनरी किसिन्जर सन् १९७० को दशकमा अमेरिका र चीनबिचको सम्बन्धलाई सामान्य बनाउने प्रमुख व्यक्तित्व थिए । सन् १९७१ मा गोप्यरूपमा चीन भ्रमण गर्ने उहाँ पहिलो अमेरिकी अधिकारी थियो । सन् १९७१ मा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकारको रूपमा पेइचिङको उनको त्यो अचानक भ्रमणले अर्को वर्ष तत्कालीन अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनको एसियाली देशको ऐतिहासिक यात्राको लागि मार्ग प्रशस्त ग¥यो । त्यतिबेलादेखि चीन अमेरिकाबिचको सम्बन्ध बलियो हुँदै गयो । हेनरी किसिन्जरले आफू विदेशमन्त्रीबाट हटिसकेपछि पनि चीनको साथ कहिल्यै छोडेनन् । त्यसैले चिनियाँ नेताहरू उहाँलाई पुरानो मित्र र बुद्धिमान कूटनीतिज्ञका रूपमा लिन्छन् । उनले चीनसँगको तनावपूर्ण सम्बन्ध अमेरिकाका लागि सबैभन्दा ठूलो समस्या, ‘विश्वको सबैभन्दा ठूलो समस्या’ भएको चेतावनी दिँदै चीनसँग सम्बन्ध बलियो बनाउन अमेरिकी सरकारलाई दबाब दिइरहन्छन् ।
किसिन्जर सन् १९६० को दशकको उत्तराद्र्ध १९७० को सुरुवातमा राष्ट्रपति निक्सनको राष्ट्रिय सुरक्षा सल्लाहकारको रूपमा अमेरिका–चीन सम्बन्धमा संलग्न भए । उनले निक्सन, चाउएनलाइ र माओ त्सेतुङसँग १९७२ मा शिखर सम्मेलनको आधार शिला राख्न १९७१ मा गोप्यरूपमा चीनको भ्रमण गरे । उनले १९७७ सम्म निक्सन र फोर्डको नेतृत्वमा राज्य सचिवको रूपमा अमेरिका–चीन सम्बन्धमा महत्वपूर्ण भूमिका खेलिरहे । यी प्रयासहरूले १९७९ मा दुई देशबिचको कूटनीतिक सम्बन्धलाई सामान्य बनाउँदै अमेरिका र चीनबिचको दशकौँ लामो शत्रुता समाप्त भयो भने अर्कोतिर किसिन्जरको कूटनीतिक प्रयासले एक चीन नीति स्थापना गर्न मद्दत ग¥यो, जसले थाइवानलाई प्रतिस्थापन गरेर जनवादी गणतन्त्र चीनलाई एकमात्र वैध सरकारको रूपमा मान्यता दियो । यो नीति चीनको विदेश नीति र अन्तर्राष्ट्रिय स्तरको आधारभूत पक्ष हो ।
विदेश नीतिको ज्ञाताको रूपमा परिचित किसिन्जरलाई प्रायः वास्तविक राजनीतिक वा रणनीतिक यथार्थवादीको रूपमा वर्णन गरिएको छ । यो व्यवहारिक दृष्टिकोणले राष्ट्रहरूसँग वैचारिक नभई व्यावहारिक विचारहरूमा आधारित हुनुपर्छ भन्ने मान्यता रहेको छ । यद्यपि, यस विचारमाथि सबैको सहमति नहुन सक्छ । अन्तर्राष्ट्रिय सम्बन्धको जटिलता र शीतयुद्धको युगमा विश्व राजनीतिको गतिशीलतालाई पुनः आकार दिन उनले खेलेको भूमिकाको बारेमा किसिन्जरको बुझाइलाई चीनले सम्मान गर्छ । आफ्नो आधिकारिक कूटनीतिक भूमिकापछि पनि किसिन्जर अन्तर्राष्ट्रिय मामिलामा संलग्न रहेर चीन सम्बन्धित मामिलामा पछिल्ला अमेरिकी प्रशासकहरूलाई सल्लाह दिइरहेका छन् । भूराजनीतिमा उनको बृहत् अनुभव र विशेषज्ञताका कारण चीनलगायत विभिन्न देशका नेताहरूले उहाँको सल्लाह अक्सर खोज्छन् । अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिमा विद्वतापूर्ण कामको लागि पनि किसिन्जरलाई चीनमा सम्मान गरिन्छ । चीन र एसियाली भूराजनीतिमा एक प्रमुख पश्चिमी विद्वानको रूपमा मानिने किसिन्जरका पुस्तकहरू र लेख चिनियाँ भाषामा अनुवाद गरिएका छन् ।
तर, त्यही कालखण्डमा अर्को छिमेकी मुलुक भारतप्रति भने हेनरी किसिन्जरको धारणा नकारात्मक थियो । पाकिस्तानबाट बङ्गलादेश छुट्टिँदा हेनरी किसिन्जर अमेरिकाको विदेशमन्त्री थिए । हेनरी किसिन्जर बङ्गलादेश छुट्टिएकोमा भारतको बदमासी ठान्थे । त्यही भएर हेनरी किसिन्जरले भने “भारतीयहरू कसरी यति चाँडोचाँडो बच्चा पाउँछन् । भारतीय सोच कुरूप छ ।”
किसिन्जरको चर्चित भनाइ
“अमेरिकाको कुनै स्थायी मित्र वा शत्रु छैन” र “अमेरिकाको दुश्मन हुनु खतरनाक छ, तर अमेरिकाको मित्र हुनु झन् घातक छ” जस्ता भनाइबाट चर्चित रहेका किसिन्जर विश्व कूटनीतिकको लागि माहिर खेलाडी मानिन्छन् ।
हेनरी किसिन्जरको व्यवहारिक नीति राष्ट्रका लागि उत्तम होला तर यसले अन्तर्राष्ट्रिय समुदायबिच समान सामाजिक, सांस्कृतिक र जनताबिच आपसी विश्वासको कमी निम्त्याउँदैन भन्न सकिँदैन । कसै कसैैको लागि देशको हित र जनताको विकासको लागि विचारधारा प्रमुख कुरा नहोला तर देशकै हितमा भन्दै नितान्त स्वार्थी र अनैतिक कूटनीतिलाई समर्थन गर्न पनि त मिल्दैन होला नि ।
हरेक मित्रताको पछाडि कुनै न कुनै स्वार्थ हुन्छ । स्वार्थबिनाको मित्रता हुँदैन । यो तीतो सत्य हो । ‘तर शत्रुको शत्रु मित्र हो’ भन्नेजस्ता क्रूर व्यवहारिक सत्य हुँदाहुँदै पनि राष्ट्रिय स्वार्थ र विचारधाराको बिचमा राम्रो सन्तुलन हुनैपर्छ । दीर्घकालमा विश्व समाजको लागि आफ्नो स्वार्थमात्र पूरा गर्नुभन्दा मूल्यमान्यता र विचारधारा धेरै प्रभावकारी हुन्छ ।
Leave a Reply