परीक्षा प्रणालीमा गम्भीर त्रुटि
- भाद्र १२, २०८३
पुँजीवादी शासकहरू कम्युनिस्टहरूको हित हेर्दैनन्; बलियो भएको हेर्न चाहँदैनन् । चाहे त्यो माओवादीसहितको नेकाको सरकार होस् या चाहे त्यो एमालेसहितको नेकाको सरकार । एमालेले नेकासँग मिलेर सरकार बनाए पनि पुँजीवादी शासकहरू शोषितपीडित जनताको पक्षमा ऐन कानुन बनाउँदैनन् । पुँजीवादी व्यवस्था पल्टिएला, पुँजीवादी सरकारको आयु घट्ला भनेर या त्यसविरुद्ध उठेको आन्दोलन सेलाउन पुँजीवादी शासकहरूले केही लोभलालच देखाउने हिसाबले सानातिना सुधार गर्नु स्वाभाविक हो । त्यस्तो त पञ्चायती व्यवस्थामा मात्र होइन राणाकालमा पनि भएको थियो । पुँजीवादी व्यवस्थामा रहेर, सानातिना सामाजिक, आर्थिक सुधार गरेर समाजवाद आउँदैन । त्यसकारण, पुँजीवादी शासक, लेखक र बुद्धिजीवीहरू पुँजीवादी देशमा मात्र प्रजातन्त्र, स्वतन्त्रता हुन्छ र समाजवादी देशमा प्रजातन्त्र र स्वतन्त्रता हुँदैन भन्छन् । पुँजीवादी नेता, शासक, मन्त्री र सांसदहरू समाजवादी देशमा या कम्युनिस्ट पार्टीभित्र आलोचना पनि गर्न पाइँदैन भनी फुक्छन्, यो सही होइन ।
कुनै नेताले कम्युनिस्ट पार्टीलाई गलत दिशामा लान खोजे, पार्टी टुक्राउन खोजे, पार्टीविरोधी गतिविधि गरे आलोचना गर्छ, स्पष्टीकरण सोध्छ, चेतावनी दिन्छ र नसच्चिए कारबाही हुन्छ । यो स्वाभाविक हो । पार्टीभित्र बढी आलोचना हुने काम सम्भवतः कम्युनिस्ट पार्टीभित्रै हुन्छ । पार्टी जोगाउन, पार्टीको अडान कायम गर्न र सिद्धान्त र विचारबाट बिचलित नबनाउन पार्टीभित्र यस्ता खबरदारी भइरहन्छ । यसै कुरालाई पार्टीभित्र प्रजातन्त्र र स्वतन्त्रता छैन भनी कसैले सोच्छ भने त्यो अर्को गलत ठम्याइ हुन्छ । अतः पुँजीवादी नेता, लेखक र बुद्धिजीवीहरूले समाजवादी देश वा कम्युनिस्ट पार्टीमा प्रजातन्त्र र स्वतन्त्रता हुँदैन भनी फलाक्नु ठीक होइन । कम्युनिस्टहरू समानताको निम्ति लड्छन्, बहुमत जनताको पक्षमा सङ्घर्ष गर्छन् । बहुमत जनताको हित र समनताको निम्ति लडने कम्युनिस्टहरू सङ्कीर्णवादी, क्षेत्रीयवादी, राजावादी र पुँजीवादी दलहरू मिलेर, उनीहरूसँग संयुक्त सरकार गठन गरेर कसरी कम्युनिस्ट पार्टी बलियो हुन्छ ?
पुँजीवादी शासकहरूले पुँजीपतिवर्गको भलो हेर्छ । उनीहरू आफ्नो शासन टिकाउन, पुँजीवादी व्यवस्था कायम राख्न या कम्युनिस्टहरूलाई नउठाउन जमिनदार, प्रतिक्रियावादी, भ्रष्टाचारी, कालाबजारी, कमिसनखोर, ठेकेदार आदिसँग मिल्छन्, उनीहरूसँग हातेमालो गर्छन् । यसरी पुँजीपति, सामन्त, जमिनदार र प्रतिक्रियावादीहरूको भलोको निम्ति राजनीति गर्ने नेकासँग माओवादी मिलेको छ, एकीकृत समाजवादी मिलेको छ । नेकाको सरकारमा जाने ती कम्युनिस्ट पार्टीका नेताहरू बहुमत जनताको हितमा ऐन कानुन बनाउन सरकारमा गएका होइनन् । आफ्नो दलको अस्तित्व कायम राख्न र सत्तामा रहेर सेवा सुविधा पाउन नै आफूलाई ठूला भनिने कम्युनिस्टहरू सरकारमा गएका हुन् । पुँजीपतिवर्गको प्रतिनिधित्व गर्ने नेका आफू एक्लैले सरकार गठन गर्न नसकेको स्थितिमा कम्युनिस्ट पार्टीहरूसँग मिलेको हो । यसमा कम्युनिस्टहरूको स्वार्थ भनेको सत्तामा जानु हो । तर, पुँजीपतिहरूको स्वार्थ सत्तामा जानुमात्र होइन† पुँजीवादी व्यवस्थालाई टिकाउन हो, बलियो बनाउन पनि हो ।
Leave a Reply