नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
बिहीबार सी जिन पिङ चिनियाँ कम्युनिष्ट पार्टीका स्थानीय तहका कार्यकर्ताहरुसँग कुराकानी गर्न बस्दा कसैलाई पनि त्यो कुराकानीले कस्तो मोड लिने हो अनुमान मात्र पनि थिएन । तर चिनियाँ कम्युनिष्ट पार्टीको उन्नाइसौं महाधिवेशनमा प्रतिनिधिको रुपमा सहभागी कार्यकर्ताहरु महासचिव सीसँगको बसाईमा सुंगुरको मासुका परिकार, अब्बल रक्सी र पहाडतिरको आरामदायी बिदाको विषयमा कुराकानी गर्दै गर्दा चकित परे ।
सी स्वंय दक्षिणपश्चिम चीनको कुइचाओ प्रान्तका प्रतिनिधि हुन् । उन्नाइसौ महाधिवेशनका लागि पेइकिङमा आएका कुइचाओका प्रतिनिधिहरुसँगको समूहगत छलफलमा सी पनि सहभागी बनेका थिए ।
गरिबी उन्मुलनको विषयमा सधैं चासो राख्ने सीले कुइचाओको पानचाओ शहर नजिकका दुई छिमेकी गाउँहरुको विषयमा जान्न बढी उत्सुक थिए । ती दुई गाउँहरु मिलेर गाउँलेहरुको आयस्रोत वृद्धि गर्न सुंगुर पालन र मासु प्रशोधन केन्द्र विकास गरेका छन् ।
सीले सोधे,‘तपाईहरुले उत्पादन गर्नुभएको सुंगुरको मासुको नाम के हो ?
‘पानसिआन हाम । यो नाम स्वानवे हाम र चिनह्वा हामको मिश्रण हो ।’, पार्टी प्रतिनिधि यु ल्युफेनले उत्तर दिए ।
स्वानवे र चिनह्वा चीनमा दुवै घरेलु ब्रान्ड नाम हुन् ।
‘तपाईहरुले अझै बढी प्रचार गर्न जरुरी छ ।’, सीले भने,‘मलाई अरु दुई वटा नाम मात्र थाहा छ ।’
गरीब क्षेत्रहरुमा नयाँ नयाँ कलकारखाना स्थापना गर्नेमा सीको विशेष उत्साह छ । कुइचाओ चीनको सबभन्दा गरीब प्रान्तहरुमध्ये एउटा हो । त्यहाँको प्रतिव्यक्ति कुल ग्रार्हस्थ उत्पादन ३३ हजार युआन मात्र छ । सन् २०१६ को राष्ट्रिय औसतभन्दा यो २० हजार युआनले कम हुन आउँछ ।
सीले आगामी सन् २०२० भित्र गरिबीको रेखामूनि रहेका बाँकी ४ करोड तीस लाख जनता अर्थात तीन प्रतिशत जनतालाई गरिबीबाट माथि उठाउने योजना घोषणा गरिसकेका छन् ।
पानचाओमा त्यहाँका एक हजारभन्दा बढी घरपरिवारको शेयरलगानीमा एउटा रक्सी कारखाना स्थापना भएको कुरालाई सी खुशी छन् ।
‘कुन रक्सीले तपाईहरुको ?’सीले भने ।
‘याङ्पो ।’, युले भने ।
‘कति पर्छ त ?’, सीले अझै सोधे ।
‘सबै सर्वसाधारण जनताले किन्न सक्छन् हाम्रो उत्पादन ।’, युले थपे ।
‘कति मूल्य हो ?’ सीको अझ कोट्याए ।
‘मात्र ९९ युआन ।’युले भने ।
‘यो त सस्तो होइन नि । धेरै मूल्य राम्रो नहोला । महँगो भयो भने त्यो त्यत्ति लोकप्रिय बन्दैन ।’, सीले सल्लाह दिए ।
‘धन्यवाद महासचिवज्यू, तपाईको सल्लाहको लागि । हामी तपाईको सल्लाहको पछ्याउनेछौं ।’, प्रतिनिधिले थपे ।
‘मूल्य त बजारले निर्धारण गराइनुपर्दछ । मेरो विचारमा तपाईले अहिले मैले भनेकै आधारमा त्यसको मूल्य ३० युआनसम्म घटाउन सक्नुहुनेछ ।’, सीले भने ।
स्थानीय पर्यटनको विषयमा सीले कुराकानी थाल्दा प्रतिनिधिहरु आत्मीयतापूर्वक हाँसे ।
‘पर्यटकहरु विशेष गरी कहाँबाट आउने गर्दछन् ? नजिकैबाट आउँछन् कि टाढा टाढाबाट ? के उनीहरु गाउँमा बस्छन् ?’, सीले जिज्ञासा पोखे ।
‘हाम्रो गृहनगरमा निकै राम्रो वातावरण छ । केही पर्यटकहरु त एक पटकमा एक सातासम्म पनि बस्ने गर्दछन् ।’, कुइचाओकै चुनयीस्थित ह्वामाओ गाउँका पार्टी प्रमुख तथा महाधिवेशन प्रतिनिधि पान केकाङले भने ।
‘त्यो ठाउँ राम्रो भए त तपाईहरुको आय उल्लेख्य रुपमा वृद्धि गर्न निकै सघाउ पु¥याउनेछ ।’, सीले भने ।
पानले सीलाई ह्वामाओमा भइरहेको परिवर्तनबारे तस्वीरहरुसमेत उपहार दिए ।
‘यो त कुनै दृश्यचित्र जस्तै सुन्दर छन् । निकै सुन्दर लाग्यो ।’, सीले भने ।
सुंगुरको मासुदेखि रक्सीसम्ममा सीलाई सधैं चासो रहने गर्दछ । उनी यस्तै स–साना कुरामा चासो राख्ने गर्दछन् । यस्ता चासोले जनतालाई आफ्नो जीवनस्तर वृद्धि गर्न मिहिनेत गर्न उत्साहित गर्ने गर्दछ ।
‘उनको खुला व्यवहार र सहजताले हामीलाई सीसँग कुराकानी गर्न निकै आराम महसुस भयो । यो उनको काम गर्ने शैली हो ।’, ह्वाङ चुनछिवनले भने ।
यो नै नयाँ युगको शुरुवात हो ।
सिन्ह्वा
Leave a Reply