बिदै बिदा दिएर शैक्षिक गुणस्तर कायम होला ?
- बैशाख ७, २०८३
– रविन
नेपाल संम्वत ११३८ लाई स्वागत गर्दै शुक्रबार भक्तपुर नगरभित्र दुईवटा शुभकामना ¥यालीहरु भए । नेपालभाषा साहित्य तःमुंज्याले हरेक वर्षझैं विहान सूर्यमढीबाट शुभकामना ¥यालीको आयोजना ग¥यो । ¥यालीमा भक्तपुरका विभिन्न बाजागाजा टोली, भजनमण्डल, सहकारी संस्था, स्काउट टोली, विद्यालयहरुको उल्लेख्य सहभागीता रहेको थियो । सूर्यमढीबाट सुरु भएको ¥याली नगर परिक्रमा गर्दै खौमामा पुगेर समापन भएको थियो । कार्यक्रमका अतिथि एवं सहभागीहरुले माष्टर जगतसुन्दर मल्लको शालिकमा फूलमाला र पुष्प गुच्छा चढाई श्रद्धा अर्पण गरे । अतिथिहरुले समसामयिक राष्ट्रिय र अन्तराष्ट्रिय विषयवस्तुमा मन्तव्य दिए । समग्रमा कार्यक्रम जनताहरुलाई सुसूचित तुल्याउने अभियान बन्यो । दर्जनौं बाजागाजा टोली र हजारौंको सहभागीता रहेको शुभकामना ¥यालीमा आयोजकले ब्यानर र साउण्ड सिस्टममा मुश्किलले केही हजार रुपैयाबाहेक अरु खर्च गरेन ।
यता नेकपा एमालेले पनि यो पटक शुमकामना ¥यालीको आयोजना गरेको थियो । प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको मुखैमा एमालेले यो पटक आयोजना गरेको शुभकामना ¥याली चुनावी प्रचार अभियान बाहेक अरु केही बन्न सकेन । सहभागी हुने हरेक बाजागाजा टोली र संस्थालाई प्रति टोली २० देखि २५ हजार उपलब्ध गराउने आश्वासनमा सहभागीता जुटाइएको थियो । गएको स्थानीय निर्वाचनमा एमालेकातर्फबाट भक्तपुर वडा नं ८ का वडाध्यक्ष उम्मेदवारज्यूलाई बाजागाजाको नामावली टिप्दै खाजा खर्च वितरण गर्न भ्याई नभ्याई थियो । ठाउँठाउँमा वियर, चिसो पेयदार्थ, पानीका बोटलहरु वितरण गरिएको थियो । एक सहभागीबाट प्राप्त जानकारी अनुसार शुभकामना ¥यालीकै निम्ति मात्र एमालेले करिब ५÷६ लाख रुपैया खर्च गरेको देखिन्छ । कहाँबाट आयो यति धेरै पैसा ? किन खर्च ग¥यो निर्वाचनको मुखैमा एमालेले ? ¥यालीमा खर्चेको रकम एमालेले अब कहाँ र कोबाट असुल्छ ? जनताहरुले प्रश्न गर्न ढिलो भइसकेको छ ।
नेवार संस्कृति आफैमा कला र संस्कृतिमा धनी छ । परम्परागत नृत्य, बाजागाजाको प्रस्तुति, प्रशिक्षणलाई नेवार समुदायले कहिले पनि धनलाभको स्वार्थसंग जोडेनन् । कला र संस्कृति हाम्रो मौलिक सम्पत्ति हो । यसलाई पैसासंग दाँज्ने र साट्ने दुष्प्रयास कोहि कसैले नगरोस् ।
Leave a Reply