आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
गत शुक्रबार चीनको दक्षिणपश्चिम सिचुवान प्रान्तको छङ तु सहरस्थित तोङआन लेक स्पोट्र्स पार्क स्टेडियममा ३१ औँ फिसु वल्र्ड युनिभर्सिटी गेम्सको उद्घाटन चीनका राष्ट्रपति सी चिनफिङले गर्नुभयो । खेल महोत्सवमा ११३ देशका झन्डै ६ हजार ५ सय खेलाडीहरूले भाग लिएका छन् । कोभिड महामारी, युक्रेन युद्ध, आर्थिक सङ्कटको कारण अन्तर्राष्ट्रिय क्षेत्रमा विभाजन र विग्रहका खबर मात्र ओइरहेको पृष्ठभूमिमा चीन यो खेल महोत्सवमार्फत फेरि एक पटक एकता र ऐक्यबद्धताको सन्देश प्रवाह गर्न सफल भएको छ । चीनले यसअघि सन् २००१ मा पेइचिङ र सन् २०११ मा शेनचेन सहरमा विश्वविद्यालय खेल महोत्सवको आयोजना गरेको थियो ।
चीनले हरेक प्रतिकूल परिस्थितिलाई चुनौतीको रूपमा सामना गरी अनुकूलतामा परिणत गर्दै गएको छ । सन् २०२२ को पेइचिङ शीतकालीन ओलम्पिक खेल महोत्सव सफलतापूर्वक आयोजना गर्नु चीनसामु ठुलो चुनौती मानिएको थियो । पश्चिमा देशहरूले कोभिड महामारीको दोष सबै चीनमाथि थोपर्ने प्रयास गरिरहेको समयमा कोभिडबाट सुरक्षित विश्व खेलको सफल आयोजना गर्ने चुनौती चीनसामु थियो । तर, चीनले त्यो चुनौती सफलतापूर्वक सामना ग¥यो र शीतकालीन ओलम्पिक अभूतपूर्वरूपमा सफल भयो । आर्थिक सङ्कटले सर्वत्र जनजीवन प्रभावित बनाइरहेको बेला चीनले विश्वविद्यालय खेलको भव्य आयोजना गरेर विभिन्न देश, धर्म, भाषा, समुदाय र विशेषज्ञताका युवाहरूलाई आशाको सन्देश प्रवाह गरेको छ । संसारमा निराशाका कुरा मात्र छैनन्, आशाको उज्यालो पनि उत्तिकै चहकिलो छ र चीनले नै त्यो चहकिलो प्रकाश बोकेको सन्देश छङ तु खेल महोत्सवले प्रवाह गरेको छ । यसबाट फेरि पनि संसारमा विग्रह, अशान्ति र विभाजनको कारण को हो र एकता, ऐक्यबद्धता र शान्तिका स्रोत को हुन् भन्ने कुरा देखाएको छ । एकातिर नाटोलाई पूर्वतिर बिस्तार गर्दा लडाइँ र अशान्ति हुने पक्का हुँदाहुँदै पश्चिमा शक्तिहरू ऐनकेन प्रकरण त्यो नीतिमा जोड दिइरहेका छन् । अर्कोतिर चीन संसारभर मैत्री र साझा भविष्यको एकै समुदायको भावना प्रसारण गर्न खेल महोत्सवहरू आयोजना गर्दै छ । चीन निकट भविष्यमा हानचाओमा एसियाली खेलकुल महोत्सव आयोजनाको पनि तयारी गरिरहेको छ । यसले युद्ध र उपनिवेशबाट हुर्केको पश्चिमा सभ्यता र शान्ति र ऐक्यबद्धतामा आधारित पूर्वीय सभ्यताबिचको अन्तर अनुभव गर्न सक्छ । चिनियाँहरू सबै कुरा ठुलठुलो स्वरमा फलाक्दै हिँड्दैनन् । कति कुरा व्यवहारमार्फत बोलिरहेका हुन्छन् । आजको जटिल अन्तर्राष्ट्रिय परिस्थितिमा आयोजित छङ तु खेल महोत्सवले राष्ट्रपति सी चिनफिङले अघि सार्नुभएको विश्व सभ्यता पहलकदमी (ग्लोबल सिभिलाइजेसन इनिसिएटिभ–जीसीआई) को मूल भावलाई अभिव्यक्त गरेको छ । खेल महोत्सवको उद्घाटनमा राष्ट्रपति सीले भन्नुभएको थियो, “चीनले विश्व युनिभर्सिटी खेलकुदको मूल भावना–ऐक्यबद्धताले नै विश्वका चुनौती सामना गर्ने भावनालाई अघि बढाउनेछ । युनिभर्सिएड जस्ता ठुला अन्तर्राष्ट्रिय कार्यक्रम भूराजनीतिक तनाव र शीतयुद्धकालीन मानसिकता तोड्ने अवसर पनि हुन् । हामीले खेलकुलमार्फत ऐक्यबद्धता प्रवद्र्धन गर्नुपर्छ, अन्तर्राष्ट्रिय समुदायमा सकारात्मक ऊर्जा प्रवाह गर्नुपर्छ, जलवायु परिवर्तन, खाद्य सङ्कट र आतङ्कवादजस्ता विश्वव्यापी चुनौती सामना गर्न हातमा हात मिलाउनुपर्छ र सहकार्यमार्फत उत्तम भविष्यलाई आकार दिनुपर्छ ।”

सिचुवानमा विश्वविद्यालय खेलकुद महोत्सवको आयोजना गरेर चीनले सन्तुलित विकासको आफ्नो नीतिलाई व्यवहारतः लागु गरेको छ । पश्चिम चीनमा आयोजना गरिएको यो नै सबभन्दा ठुलो अन्तर्राष्ट्रिय खेल महोत्सव हो । यसले चीनका विभिन्न जनजातिहरूलाई पनि विकासको मूलप्रवाहमा समाहित गर्न टेवा पुग्नेछ ।
छङ तु युनिभर्सिटी खेलकुद महोत्सव भने विशेषतः त्यहाँ प्रयोग गरिएको अत्याधुनिक र वातावरणमैत्री प्रविधिको कारण बढी चर्चामा छ । यो खेल महोत्सव ५ जी प्रविधि प्रयोग भएको पहिलो अन्तर्राष्ट्रिय खेलकुद महोत्सव भएको छ । फोहोर कम गर्ने उद्देश्यले ३६ वटा पुरानै खेलकुद केन्द्रको प्रयोग गरिएको छ र १३ वटा मात्र नयाँ खेल खेलाइने स्थान बनाइएको छ । ऊर्जाको न्यून प्रयोग, न्यून कार्बन उत्सर्जन र बहुप्रयोजनलाई ध्यानमा राखी आयोजकले स्मार्ट निर्माण प्रविधिको प्रयोग गरेको छ । उदाहरणको लागि आइस हकी खेल खेल्ने ठाउँ एक घण्टामै बास्केटबल कोर्ट बनाउन मिल्ने गरी बनाइएको छ ।
खेल महोत्सव अवधिभरको यातायात सुगमतालाई ध्यानमा राखी १३ सत्न्दा बढी नयाँ ऊर्जा गाडी प्रयोगमा ल्याइएको छ । एक हजारभन्दा बढी नयाँ ऊर्जा कार पनि प्रयोगमा ल्याइएको छ । तीमध्ये कतिपय चालकरहित कार पनि छन् ।
रोबोटको अत्यधिक प्रयोग गरिएको खेल महोत्सव बनेको छ छङ तु खेल महोत्सव । विशेषतः कोभिड प्रतिरोधी सूचना दिने र सेवा प्रदान गर्ने काम रोबोटलाई नै गराइएको छ । त्यस्तै, प्राथमिक स्वास्थ्य उपचारका सामग्री दिने काम पनि रोबोटबाटै गरिएको छ । रोबोटले नै भाषानुवादकको भूमिका पनि खेलेका छन् ।
अन्तर्राष्ट्रिय युनिभर्सिटी खेलकुद सङ्घका अध्यक्ष रेनाउड एडले चीनले युनिभर्सिटी खेलकुदको लागि खेललाई मात्र ध्यान नदिई आजको आवश्यकतालाई बुझेर वातावरण संरक्षणलाई पनि ठुलो महत्व दिएकोमा खुसी व्यक्त गरे । उनले २० वर्षअघि हुँदो हो त खेलकुद भनेको मनोरञ्जन र मित्रताको लागि मात्र मानिन्थ्यो । तर, आज खेलकुद महोत्सव वातावरण र दिगो विकाससँग पनि जोडिएको उनले बताए । वातावरणीय पक्षप्रति चीनको यो संवेदनशीलता चीनमाथि जलवायु परिवर्तनप्रति गैरजिम्मेवार भएको भन्ने आरोपको जवाफ पनि हो ।
छङ तु खेल महोत्सव अन्तर्राष्ट्रिय क्षेत्रमा चीनको बढ्दो आत्मविश्वासको चिह्न पनि हो । प्रविधि, भाषा, संस्कृति, पूर्वाधार, जनशक्ति आदि सबै कोणबाट चीनले मारेको फड्कोले नै आज आत्मविश्वासपूर्वक यस्ता खेलकुद आयोजना गर्ने ठाउँमा पु¥याएको हो । चीनको यो प्रगति संसारका धेरै देशका निम्ति अनुकरणीय विषय हुनसक्छ ।
Leave a Reply