स्थानीय पाठ्यक्रम अध्यापनको लागि शिक्षकको व्यवस्था कहिले ?
- असार ९, २०८३
देश बनाउने र जोगाउने जिम्मा सरकारको हो; सत्तारुढ दलहरूको हो । यस कार्यमा अन्य दलका नेता तथा कार्यकर्ता, कर्मचारी, सेना, प्रहरी पनि जुट्नुपर्छ । सबैमा देशभक्तिको भावना हुनुपर्छ । जनताको जीवन फेर्ने र देशको अनुहार फेर्ने काम सरकारको हो । देशलाई कति वर्षमा कहाँ पु¥याउने भन्ने कुरा सरकारको हातमा रहेको हुन्छ । यसकारण, हरेक शासक दलका नेताहरूमा देशप्रेमको भावना हुनुपर्छ । देशको लागि केही गरौँ भन्ने विचार राखेर अघि बढ्नुपर्छ । देश रहे नेपाली रहन्छ । देशको इज्जत रहे नेपालीको इज्जत हुन्छ र नेपालीहरू देश विदेश जहाँ गए पनि शिर ठाडो पारेर हिँड्न पाउँछन् । अनि हामीलाई नेपाली हुनुको गौरव हुन्छ । सबैजना देशको लागि अघि बढेमा यहाँ भ्रष्टाचार, ठगी र सङ्गठित अपराधीहरू सक्रिय हुने छैनन् । देशमा अराजकता हुँदैन, अस्थिरता र भागबन्डाको कुरा उठ्दैन । देशको लागि कुशल नेतृत्वको खाँचो छ । दूरदर्शी नेताहरूको खाँचो छ । देशलाई दूरगामी असर नपु¥याउने, कुनै पनि देशसँग असमान सन्धि सम्झौता गरेर नेपाल र नेपालीलाई हानि नपु¥याउने नेतृत्वको खाँचो छ ।
तर, विडम्बना ! सुन्दर र शान्त देश नेपालको संसारमा बदनाम भइरहेको छ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अरू देशमा बेच्ने मानव अपराधीहरूको सरकार भनेर हेपिरहेको छ । अमेरिकी सेना नेपाल छिर्ने, नेपालको कानुन मान्य नहुने, अमेरिकीहरूले जे गरे पनि मुद्दा नलाग्ने, आय–व्यय सबै अमेरिकी कम्पनीमार्फत हुने एमसीसी सम्झौता पारित गरेर देशको स्वाभीमानमा आँच पु¥याउने शासकहरूको देश भनी देशभक्त र स्वतन्त्रताप्रेमी राष्ट्र प्रमुख, बुद्धिजीवी, विद्वान्हरूले भनिरहेका छन् । भ्रष्टाचार बढी हुने देशमा नेपाल पनि परेको छ । सही दिशा निर्देश गर्न नसक्ने, अस्थिर सरकार, भागबन्डामा भुलेर देश र जनताको सेवाभन्दा सत्ताको निम्ति हानथाप हुने देशको रूपमा नेपाल चिनिएको छ ।
नेपालमा सांस्कृतिक सम्पदा र प्राकृतिक सम्पदाहरू छन् । नेपाल वीरताको गाथा बोकेको देश हो । नेपाल जोगाउनको निम्ति ज्यानको बाजी राखी रगतको खोलो बगाउने, शत्रुसामु नझुक्ने देश हो । विस्तारवादी भारत र साम्राज्यवादी अमरिकाले नेपाललाई वक्रदृष्टिले हेरिरहेको बेला, नेपाललाई आफ्नो मुठीमा राख्ने कुत्सित प्रयास गरिरहेको बेला फेरि एकचोटि कम्मर कसेर उठ्नुपर्ने बेला भएको छ । देशका शासक या सत्तारुढ दल, अन्य दल, सम्पूर्ण देशभक्त नेपाली जनता देशको लागि जुरमुरिएर उठ्नुपर्ने देखिन्छ । देश जोगाउन र विकास गर्न सबैले देशभक्तिको भावनाका साथ काम गर्नुपर्ने बेला आएको छ । जब हामी पछि प¥छौँ, अरूको इसारामा चल्दै फस्दै जान्छौँ, अनि नेपाल झन्झन् परनिर्भर हुँदै जानेछ । यसमा हामी संवेदनशील हुनैपर्छ ।
सबैले छातीमा हात राखेर सोच्नुप¥यो, भन्नुप¥यो, हामीले देशको लागि के गरिरहेका छौँ । देशको आम्दानीमा रमेर देशलाई हामीले खोक्रो पारिरहेका छौँ कि देशको आम्दानी बढाएर, जनताको जीवनस्तर बढाएर काम मामको व्यवस्था गरिरहेका छौँ । देशलाई खोक्रो पारेर दल र व्यक्तिगत स्वार्थ पूरा गर्न हामी लागिरहेका छौँ भन्ने त्यो ठूलो भूल हुनेछ, त्यो भ्रम हुनेछ । वास्तवमा राजनीति समग्र देश र जनताको पक्षमा गर्ने हो । राजनीति कमाइ खाने भाँडो होइन । राजनीति देश र जनताको सेवा गर्ने बाटो हो । त्यो बाटोमा शासक दल, अन्य राजनीतिक दल र देशका सबै नागरिकहरू लाग्नुपर्छ । स्वच्छ राजनीति गर्नुपर्छ । स्वच्छ राजनीतिले मात्र देश सप्रिन्छ, सुध्रिन्छ र देशमा विधिको शासन हुन्छ ।
Leave a Reply