यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
विश्व साम्राज्यवादको विरोध गर्दै रुसको सोचीमा आयोजित उन्नाइसौंं विश्व युवा–विद्यार्थी सम्मलेन भोलि सकिंदैछ । गएको अक्टोबर २२ (असोज २८) बाट शुरु भएको सम्मलेनमा १८ देखि ३५ वर्ष उमेर समूहका एक सय पचास देशका बीस हजार युवा–विद्यार्थी प्रतिनिधिहरुको सहभागिता रहेको आयोजकले बताएको छ ।
उन्नाइसौं सम्मलेनको मुल नारा ‘शान्ति, ऐक्यबद्धता र सामाजिक न्यायको लागि हामी साम्राज्यवादविरुद्ध लड्नेछौं । विगतप्रति सम्मान गर्दै हामी भविष्य निर्माण गर्नेछौं’ हो ।
सम्मलेनमा सहभागीहरुले विश्व तथा क्षेत्रीय राजनीतिक मुद्दाका विविध विषयमा छलफल–बहस गर्नुका साथै शिक्षा र स्वास्थ्यमा सहज पहुँचका लागि विश्वभर भइरहेका विद्यार्थी तथा युवा आन्दोलनको विषयमा समेत बहस भएको थियो । सन् १९४७ मा प्रागबाट विश्व युवा विद्यार्थी सम्मलेनको शुरुवात भएको थियो । तात्कालीन शीतयुद्धको परिस्थितिमा पूँजीवादी बन्दोबस्तभन्दा समाजवादी बन्दोबस्त राम्रो र उत्कृष्ट भएको संसारभर सन्देश प्रवाह गर्न सो सम्मेलनको शुरुवात गरिएको थियो ।
सम्मेलनमा समाजवादी देश क्युवाको प्रतिनिधिमण्डलको नेतृत्व संरा अमेरिकाले सानै उमेरमा अपहरण गरिएका तर पछि फेरि क्युवाली कानुनी सङ्घर्षका कारण फिर्ता भएका हाल युवा एलियन गोन्जालेजले गरेका थिए । सम्मेलनमा आफ्नो देशको तर्फबाट बोल्ने क्रममा गोन्जालेजले क्युवाविरुद्ध संरा अमेरिकाले गरेका ७ सय भन्दा बढी आतङ्ककारी हमलाबारे चर्चा गरेका थिए । ती हमलामध्ये १९९० यता मात्र ५६ वटा हमला भएको उनले जानकारी दिए । त्यस्ता हमलाका कारण क्युवाका हजारौं सर्वसाधारणको हत्या हुनुको साथै लाखौंलाई घाइते बनाएको उनको भनाई थियो ।
उनले क्युवामाथि विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, विश्वविद्यालयहरु, युएसएड, प्रतिक्रान्तिकारी प्रतिनिधिहरु र स्वतन्त्रता गृहमार्फत संरा अमेरिकी साम्राज्यवादले हमला गरेको बताए । एलियनले सन् १९९६ देखि २०१५ सम्ममा युएसएडले २८ करोड ४० लाख अमेरिकी डलर क्युवामा षड्यन्त्रको लागि लगानी गरेको तथ्याङ्क प्रस्तुत गरे ।
साहारा मरुभूमि क्षेत्रका जनताको प्रतिनिधित्व गर्दै ओमार हानिसाले आफ्नो भूमिमाथि मोरोक्कोले गरेको गैरकानुनी कब्जाको विरोध गर्दै आफूमाथि दशकौं देखि हुँदै आएको अन्यायप्रति न्यायको माग गरे । उनले आफ्ना जनताको अधिकार रक्षाको लागि विगत बीस वर्षदेखि राजनीतिक कैदी जीवन बिताइरहेका कैदीहरुको रिहाईको माग गरे ।
साथै कोलोम्बियाका प्रतिनिधि एजिला कोरियाले आफ्नो देशमा सरकारले एक सय पचासभन्दा बढी युवाहरुको हत्याको भत्र्सना गरिन् र त्यस्ता हिंसाको सत्यतथ्यको खोजअनुसन्धानको माग गरिन् । उनले भेनेजुयलामाथि साम्राज्यवादी हमलाको भत्र्सना गर्दै कोलोम्बियाली भूमिमा संरा अमेरिकी सैनिक उपस्थितिको विरोध गरिन् ।
सम्मलेनमा ब्राजिल र प्रजग कोरियाका प्रतिनिधिहरुले पनि सम्मलेनको अन्तर्राष्ट्रिय अदालतमा साम्राज्यवादविरुद्ध आ–आफ्नो उजुरी पेश गरेका थिए ।
सम्मलेनमा यसै वर्ष सन् २०१७ मा मात्र संरा अमेरिकी कारागारबाट मुक्त भएका पिर्टो रिकाली स्वतन्त्र संग्रामी ओस्कार लोपेज पनि सहभागी थिए । उनले आफ्नो मन्तव्यमा युवाहरुलाई साम्राज्यवादविरोधी सङ्घर्षमा अग्रसर हुन आह्वान गरे । ‘सबै जनता र विशेष गरी युवाहरु साम्राज्यवादविरोधी आन्दोलनमा सक्रिय हुन आवश्यक छ । उनले पिर्टो रिकोमाथि विगत एक सय उन्नाइस वर्षदेखि संरा अमेरिकी साम्राज्यवादले उपनिवेश कायम गरेको बताए । उनले संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अभिव्यक्ति र व्यवहारले साम्राज्यवादको आजको अवस्थाबारे प्रष्ट बनाउने भन्दै साम्राज्यवादी अमेरिकी नीतिको कडा विरोध गरे ।
उनले सारा संसारको भविष्य युवाहरुको हातमा रहेको भन्दै गरेका सहभागी युवाहरु निकै उत्साहित बनेका थिए । लामो समयसम्म साम्राज्यवादविरोधी सङ्घर्षको क्रममा जेल जीवन बिताएका लोपेज सहभागी धेरै युवाहरुको लागि प्रेरणा बनेका थिए ।
सम्मेलनको उद्घाटन समारोहका क्रममा सहभागी युवा विद्यार्थीहरुले आफ्नो देश र संगठनका झण्डा बोकेर प्रदर्शन गरेका थिए ।
Leave a Reply