नेपाली समाज किन फासीवादउन्मुख भयो ?
- असार ९, २०८३
यो के गरेको होला ? नाम भने राष्ट्रिय गौरवको आयोजना काम भने पटक्कै नहुँदा एक प्रकारको अमिल्दो परिस्थिति सिर्जना भएको छ । राष्ट्रिय गौरवको आयोजनामा परेपछि राष्ट्रले जनताले अरू आयोजनालाई कटौती गरेर पनि डिजाइन गर्ने बजेट छुट्याउने, आयोजना प्रमुख तोक्ने, लगातारको आकस्मिक प्रत्यक्ष र गोप्य अवलोकन गर्ने, पुनरावलोकन गर्ने जस्ता काम हुनुपर्ने हो मैले बुझेअनुसार । तर, बुढीगण्डकी जलविद्युत् परियोजना, पश्चिम सेती जलविद्युत् आयोजना र अर्को एउटा राष्ट्रिय गौरवको परियोजनामा एक पैसा पनि खर्च भएन । परिणाम एउटा सिन्को पनि सरेन । यो चित्रको मूल्याङ्कन गर्दा सारै दिक्क लाग्छ, छक्क लाग्छ । तर, यो दिक्क र यो छक्क मलाई लागेर के गर्ने प्रधानमन्त्री, सरोकारवाला मन्त्री एवं योजना आयोगलाई पटक्कै छोएन । त्यस्ता नछुनेहरू कति त अहिले पनि योजना आयोगको सदस्यका हैसियतले सचिव र सरोकारवालाको हैसियतले हरेक महिना मरेपछि कैयौँ बन्डल नोट लिएको भर्पाईमा सही धस्काउँछन् । यो त भएन हुँदै भएन । काम नगर्ने तर काम नगरेको दिनको पनि तलब पनि निसङ्कोच लिने । तपार्इंले उच्च शिक्षा लिएका कति वटा मुलुकमा यस्तो पैसा लिएको देख्नुभएको छ ? कि सम्झना छैन ? सम्झना नभए एकछिन घोत्लिने हो कि ? कि यस्ता मामलामा तपाईं विश्वास गर्न पो हुन्न ? के तपाईं त्यस्ता गर्दैै नगरेका कामको पारिश्रमिक लिन मिल्छ ?
स्मेकले नराम्ररी ठग्यो
यस्ता हुँदै नहुने, गर्नै नसकिने काममा हात हाल्न हुन्न भन्न सकिएन । एउटा ठग संस्था स्मेक भन्नेले पच्छिम सेतीबाट जल ऊर्जा उत्पादन गर्छु भनी झन्डै १५ वर्ष सुदूरपश्चिम नेपाललाई ठग्यो । सुदूरपश्चिमेली उज्ज्वल भविष्यमाथि गम्भीर कुठाराघात भएन र यो ? यता नाम भने राष्ट्रिय गौरवमा पर्ने तर काम भने एउटा सिन्कोसमेत नसार्ने काम सहयोग हो कि मित्रताको खेलमा शत्रुता हो ? के भनाइ छ स्मेकको ? स्मेकले नओगटेको भए अरू कुनै संस्था अघि सर्थे कि ? क्या हो क्या हो ? सुदूरपश्चिममा साढे सात सय मेगावाट विद्युत् शक्ति आफ्नै पानीबाट ¤ यो कम्ताको उपादेय हुन्थ्यो र ? त्यो बृहद् आकारको पश्चिम सेती जलविद्युत् आयोजना निर्माण भएको भए आर्थिक विकासमा सहयोग पुग्थ्यो नेपालमा । तर, त्यो स्मेक भन्ने संस्था पूर्णतः खग्रास सूर्यग्रहणको रूपमा देखाप¥यो, हामी लखेटियौँ । यस्ता कामलाई सरकार एवं राजनीतिक पार्टीले प्रहार गरे । जनता थलियो, उज्यालो पाएन, शक्ति पाएन । स्मेकले गम्भीर धोका दिएपछि सरकारको अर्को वा अरू अरू मुलुक गुहारेर भए पनि पश्चिम सेती जलविद्युत् परियोजनाबाट ७५० मेगावाट नवीकरणीय ऊर्जा उत्पादन गर्नसक्थ्यो । वर्तमानमा त्यस क्षेत्रमा ऊर्जा उत्पादनको लागि कति स्रोत प्रयोग भइरहेको छ, त्यसबाट कति धेरै कार्वन भोगिरहेका छौँ हामी कुनै संस्थाले त जरूरै अध्ययन गरेको होला । कार्वन उत्सर्जन आजको एउटा होइन धेरै भस्मासुर पैदा गर्नु हो, कुरा किन नबुझेको पश्चिमा संसारले ।
भारतको असहयोगको परिणाम
नेपाल राष्ट्रको राष्ट्रिय गौरवका २४ वटा आयोजनामध्ये एउटा परियोजना पश्चिम सेतीको चिरफार गरी सूक्ष्मरूपमा देखाउने प्रयत्न गरेँ । २४ वटा राष्ट्रिय गौरवको आयोजना एकैपल्ट परेका होइनन् । २०६८÷६९ मा १७ वटा आयोजना मात्र थिए । हाल २४ वटा छन् । तीमध्ये ३ वटा आयोजना छोएकै छैन । १२ सय मेगावाटको बृहद् जलविद्युत् परियोजनामा सरकार आफैँ हात हाल्दै छ । माथिल्लो तामाकोसी परियोजना सफल भएपछि उत्साहित भएको सरकार बुढीगण्डकी विद्युत् परियोजनामा आफैँ हात हाल्दै छ । उत्साहसाथ काम गरे यो ठूलो आयोजनाका लागि पैसाको खाँचो पर्दैन होला । सिक्टा रानी जमरा कुलरिया, सुनकोसी मरिण डात्र्सन बहुउद्देश्यीय आयोजना, महाकाली सिँचाइ आयोजना, भेरी बबई डात्र्सन बहुउद्देश्यीय आयोजनालगायत धेरै वटा सिँचाइ आयोजना छन् । राष्ट्रिय गौरवको आयोजना नामकरण गरिएका यी आयोजना निर्माण कार्यमा व्यापक भ्रष्टाचार भएको मिसिल पनि सँगसँगै जोडिएका छन् । ती मिसिलले कति ठेकेदारलाई बगाउँछ वा डुबाउँछ वा सरकारी हाकिमलाई केही भन्न सकिँदैन । साँच्चै दीर्घकालीन रूपमा हेर्ने हो भने यी राष्ट्रिय गौरवका परियोजनामा धेरै त सिँचाइ या पानीसँग सम्बन्धित छन् । एउटा जमाना थियो । भारतले नेपालको सिँचाइ आयोजनामा आफूले पनि सहयोग नगर्ने अरूलाई पनि नेपालमा सिँचाइमा सहयोग नगर्ने भन्ने आन्दोलन नै सुरू ग¥यो । यो राम्रो दृष्टिकोण थिएन । यी आयोजना त्यही नीतिको कार्यान्वयन हो ।
तपाईंको पेटमा त परेको छैन ?
त्यसरी सर्वोच्च प्राथमिकता दिएका विकास परियोजनामध्ये तीनवटा त थलिएकै छन् त । तीनवटा पूरा भए रे । मेलम्ची खानेपानी आयोजना आंशिक मात्र पूरा भएको छ भन्छ स्वयं सरकारले । राष्ट्रिय महत्वको भनी माथि माथि उचाल्ने काम भने छुँदै नछुने कुन मनोविज्ञानमा पर्छ मैले बुझिनँ । लौन तपाईंले बुझ्नुभएको छ भने मलाई बुझाइदिनोस् ताकि यस्ता बेस्वादिला अरू लेख्न नपरोस् । भन त राष्ट्रिय महत्वको भन्ने, बजेटमा दुई पैसा पनि नराख्ने केको उपमा हो यो ? नेपाली बुद्धिजीवी, भारी विद्वान यस्ता कामलाई के नाम राख्दा उपयुक्त होला ? शब्द केलाउनोस् न । यसको उपयुक्त शब्द पाए भाषाशास्त्रीहरू कति खुसी हुन्थे होलान् ¤ राजनीतिले दिने धोखा भनेकै मेरो विचारमा यही हो । तपाईं नेताहरू यस्तै वाहियात एवं अर्थ न बर्थको कामको लागि जन्मनुभएको हो ? अब तत्कालै यी परियोजनाहरू सरकारले तत्काललार्ई फिर्ता लेओस् र अर्को आर्थिक वर्षका लागि स्रोतको प्रत्याभूतिसमेत गरी पहिलो प्राथमिकतामा राखोस् । भ्रष्टाचार एवं अनियमितताका यति धेरै फाइल बन्द गरिराखेका छन् । बन्द फाइल खोल्नु ठूलो कुरा होइन, खोलेका फाइलको सत्यतथ्यको आधारमा मुद्दा किनारा लगाउनोस् । यी अधिकार दुरूपयोग गर्ने राष्ट्रका उडुसहरूलाई ठेगाना लगाउनोस् । यिनले राष्ट्रलाई चुसिसके । त्यसको आर्जनको अंश कतै तपाईंको पेटमा पनि परिसक्यो कि ? यस्ता रकम पाउनु काम मुश्किल पर्दैन याद रहोस् ।
Leave a Reply