भर्खरै :

डेङ्गुसम्बन्धी जनचेतनामूलक ¥याली

डेङ्गुसम्बन्धी जनचेतनामूलक ¥याली

भक्तपुर, १६ साउन । हाल फैलिरहेको डेङ्गु रोगबारे जनचेतना जगाउन भक्तपुर नगरपालिका ४ नं. वडा कार्यालयको आयोजनामा वडाको चोक, बजार, गल्ली, सडक तथा नयाँ बस्तीमा मङ्गलबार जनचेतनामूलक ¥याली भयो । उक्त ¥याली तालाक्वबाट सुरु भई घट्खा, बुल्चा, स्वांमला, गःहिटी, लैको, खलाँ, जाँलाचा, राममन्दिर, भुलाँचा, अरनिको राजमार्ग, गपली, राममन्दिर, तँचा, ताहामला, थुचो, दुमलाचा नासमना हुँदै पुनः तालाक्वमै पुगी टुङ्गिएको थियो । ¥यालीमा डेङ्गुसम्बन्धी जानकारीमूलक पर्चा वितरण गरिएको थियो ।
कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्ष उपेन्द्र सुवालले डेङ्गु रोग देखापरेका कारण सो रोग लाग्नबाट बच्न वडावासीहरूले सरसफाइलाई विशेष ध्यान दिनुपर्ने, घर वरपर फोहोर पानी जम्ने ठाउँ राख्न नहुने बताउनुभयो । कार्यक्रममा वडासदस्य विष्णुकेशरी दुवालले ¥यालीमा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । वडा नर्स रसिला सुवालले कार्यक्रमको आवश्यकताबारे बोल्नुभएको थियो । ¥यालीमा जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, कर्मचारी, खेलाडी, स्वास्थ्य स्वयम्सेविका तथा स्थानीय जनताको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *