भोटेकोसी बाढी र जलवायु परिवर्तनको प्रभाव ?
- भाद्र १५, २०८३
राजनीतिक दल कुनै न कुनै सिद्धान्त, विचार र दर्शनबाट सञ्चालित हुन्छ । सिद्धान्त र दर्शन नभिजेको दलले देश र दललाई मार्ग निर्देश गर्न सक्दैन । सिद्धान्त र विचारबिना चलेको दलको भावी लक्ष्य थाहा हुँदैन । विकासको बखान, भ्रष्टाचार र कमिसनको विरोध शोषण र दमनको विरोधबाट कुनै दल सही छ, सिद्धान्त र दर्शन ठीक हुन्छ भन्ने होइन । कुनै दलले माक्र्सवाद, लेनिनवाद र माओत्सेतुङ विचारधाराको सैद्धान्तिकरूपमा विरोध गर्नु अस्वाभाविक होइन । सामन्त, पुँजीपति, जमिनदारवर्गको पक्षमा राजनीति गर्ने दलले सिद्धान्ततः कम्युनिस्ट पार्टीको विरोध गर्छ । कम्युनिस्ट पार्टीले पनि साम्राज्यवाद, सामन्तवाद, पुँजीवादको विरोध गर्छ; संशोधनवाद, अवसरवादको विरोध गर्छ । यो सच्चा कम्युनिस्ट पार्टीको वर्गीय चरित्र नै हो ।
कम्युनिस्ट पार्टीले सामन्तवाद, पुँजीवाद, जालीफटाहाहरूको विरोध गरेन भने त्यो सच्चा कम्युनिस्ट पार्टी हुनेछैन । कम्युनिस्ट पार्टीले तराई, पहाड र हिमाल जुनसुकै ठाउँमा भइरहेको शोषण, दमन र थिचोमिचोको विरोध गर्छ, विरोध गर्नुपर्छ । तर, विडम्बना ! पुँजीपतिहरूको विरोध गर्नुपर्ने कम्युनिस्ट नाउँको सत्तारुढ दलले पुँजीवादी पार्टीसँग मिलेर, घाँटी जोडेर सरकारको नेतृत्व गरिरहेको छ । अनि ती नै कम्युनिस्टहरू अरु कम्युनिस्टहरूसँग एकता गर्ने बखान गर्दै छन्, समाजवादी मोर्चा बनाउँदै छन् । के त्यो समाजवादी मोर्चा समाजवादी आन्दोलन अघि बढाउन हो ? कम्युनिस्ट पार्टी बलियो बनाउन र कम्युनिस्ट आन्दोलन अघि बढाउन हो ?
समाजवादी आन्दोलन अघि बढाउने दलले र देशमा आमूल परिवर्तन चाहने कम्युनिस्ट पार्टीले वर्गसङ्घर्षको विरोध गर्दैन, शत्रुसँग वर्गसमन्वय गरेर ऐन कानुन बनाउँदैन । कम्युनिस्ट पार्टीभित्र देखिने यस्तै गलत राजनीति, भ्रम, खोटो विचारको कारण कम्युनिस्ट पार्टीमा फुट हुन्छ र कम्युनिस्ट पार्टी टुक्रिन्छ । अनि ती नै दलका नेताहरू फेरि एकताको कुरा गर्छन् । सिद्धान्त र विचार नमिलिकन पार्टी एकीकरण भए पनि लामो समयसम्म टिक्दैन । कम्युनिस्ट पार्टीले आफ्नो वर्गीय शत्रु र मित्र चिन्नैपर्छ । वर्गीय शत्रु चिनेर नै कम्युनिस्ट पार्टीले आन्दोलन गर्छ, राजनीति गर्छ । तर, यहाँका कति कम्युनिस्टहरू विरोधको निम्ति विरोध गर्छन् । विरोधको निम्ति विरोध होइन सैद्धान्तिक सङ्घर्ष गर्नुपर्छ । खोटो विचारको विरोध नगरी हुँदैन ।
कम्युनिस्ट होस् या पुँजीवादी दल खोटो विचारको विरोध गर्नैपर्छ । विदेशी थिचोमिचो, हस्तक्षेप, अतिक्रमणको विरोध हरेक देशभक्त दल र जनताले गर्नैपर्छ । खोटो विचार र विदेशी हस्तक्षेपको विरोध नगर्नु देश र जनतालाई धोका दिनु हो, समाजवादी क्रान्तिमा आघात पु¥याउनु हो । कम्युनिस्ट पार्टीले क्रान्तिकारी विचार छोड्दैन, बहुमत जनताको सेवा छोड्दैन । ती दलका नेताहरू देश र जनताको निम्ति गर्नुपर्ने कर्तव्य भुल्दैनन् । उनीहरू देशविरोधी कुरा गर्दैनन्† देशविरोधी सन्धि सम्झौता गर्दैनन् । देश मिचेमा, विदेशी सेनाले परेड खेलेमा उनीहरू सहेर बस्दैनन् । देशघात हुने, सङ्कीर्ण विचार प्रचार गरेर भड्काउने, जातीय राजनीति गरेर सङ्गठन गर्ने कामको विरोध कम्युनिस्ट पार्टीले गर्छ, यसविरुद्ध कम्युनिस्ट पार्टीका नेताहरू लाग्छन् । यसकारण, सच्चा कम्युनिस्टहरू भन्छन्, ‘सिद्धान्तहीन एकताभन्दा फुट झन् राम्रो ।’ कसैले गलत बाटो लिए, गलत विचार स्वीकारे त्यहाँ नेता र कार्यकर्ता भनी च्यापेर बसेको हुँदैन । तिनीहरूलाई पार्टीमा स्थान हुँदैन । यस्तो सङ्घर्ष पार्टीभित्र भइरहन्छ नत्र पार्टी कसरी सुदृढ हुन्छ ? पार्टी कसरी मजबुत हुन्छ ?
Leave a Reply