भर्खरै :

वातावरणीय न्यायको लागि अफ्रिकाको सङ्घर्ष

वातावरणीय न्यायको लागि अफ्रिकाको सङ्घर्ष

अफ्रिकामा वातावरणीय न्यायको लागि सङ्घर्ष जटिल र व्यापक छ । यो महादेशको मुक्ति र सामाजिक–पारिस्थितिक रूपान्तरणको लागि लडाइँको निरन्तरता हो । वातावरण नै हाम्रो जीवन होः माटो, नदी र हावा निर्जीव वा निर्जीव तत्वहरू होइनन् यही तथ्य हो । हामी हाम्रो वातावरणमा जरा गाडेर बसेका छौंँ । हाम्रा जराहरू हाम्रो वातावरणमा गाडिएका छन् र त्यहीँबाट हाम्रो पोषण आउँछ, हामी पृथ्वी र तिनका प्रशस्त उपहारहरूलाई शोषण, रूपान्तरण, उपभोग वा बर्बाद गर्नुपर्ने वस्तुहरूको रूपमा हेख्दैनौंँ । हाम्रो हेराइले पृथ्वीलाई जीवित प्राणीको रूपमा बुझ्ने र मृत वस्तु होइन भनेर चेतावनी दिन्छ र त्यसको पुनरुत्थानको शक्तिलाई बाधा पु¥याउने उत्पीडित शोषण क्रूरता वा इकोसाइड (आम वातावरण विनास) को कार्य हो ।
उपनिवेशवादलाई बाँच्न पाउने अधिकार र औपनिवेशिकहरूको अव्यवस्थित सांस्कृतिक अभिव्यक्तिको अधिकारलाई वशमा पार्ने, मेटाउने वा घटाउने अधिकारमा खडा गरिएको हो भन्ने कुरा हामी याद राख्छौंँ । विशेषगरी, उपनिवेशहरूलाई अमानवीकरण गरियो र औपनिवेशिक शक्तिहरूको फाइदाको लागि काम गर्ने जोम्बिज (काल्पनिक भूत) मा रूपान्तरण गरियो । इकोलोजिकल पिलेज (पर्यावरणीय महाविनाश) लाई अनुमति दिइयो, जबसम्म त्यसले उपनिवेशहरूलाई फाइदा पु¥याइराख्यो । फेरि पनि हाम्रो नैतिकता कायम रह्यो र विभिन्न रूपहरूमा प्रकट भइरह्यो । औपनिवेशिक शक्तिहरूले गरेको ठूलो चोरीलाई उद्यमशीलताको रूपमा हेरिएको थियो । नरसंहारलाई केवल विजयको रूपमा बेवास्ता गरियो । दासत्वलाई व्यापारको रूपमा हेरिएको थियो । अत्याचारपूर्ण गतिविधिलाई निरन्तर रूपमा पछ्याइएको थियो किनकि कुनै पनि तत्वको शोषण नगरी छोडियो भने बर्बादी मानिन्छ । कसैको जीवनलाई बिना कुनै कारण मिल्काउन सकिन्थ्यो । त्यसैले मानिसजस्तै धेरैजसो प्राणीहरू मर्नुपथ्र्यो । नागरिकहरू मृत्युका दूतहरू थिए । व्यक्तिको मृत्यु । पारिस्थितिकीय प्रणालीको मृत्यु ।
तसर्थ, आज पनि मानिसहरू सोध्छन्ः यदि हामीले हाम्रो माटोमा रहेको कच्चा तेल वा जीवाश्म ग्यासको अवशोषण गरेनौं भने के गर्ने ? अर्को शब्दमा भन्नुपर्दा, हामीले हाम्रो वातावरणलाई नष्ट नगर्ने र जबर्जस्ती उपज गर्न सक्ने सबै कुरा हडप्दैनौं भने हामी कसरी गरिबीको अन्त्य गर्न सक्छौँ ? हामी वन फँडानी, अनिनियमित औद्योगिक माछा मार्ने गतिविधिलाई सहन्छौँ र अनावश्यक आनुवंशिकरूपमा परिमार्जित जीवहरू (GMOs) को परिचयलाई बढावा दिने जैविक सुरक्षा नियमन प्रणाली चलाउँछौँ र त्यसो गरेर, हाम्रो जैविक विविधतालाई खतरामा पारिरहेका छौँ र हाम्रो वातावरणको मामिलामा सम्झौता गरिरहेका छौँ ।
विदेशी लगानीको लुटमा लुटपाटलाई अपरिहार्य र वाञ्छित कार्यको रूपमा प्रस्तुत गरिएको छ । भ्रष्ट क्षेत्रहरूमा राजनीतिक नेताहरूले व्यापार गर्न सजिलो, कर छुटहरू, विभिन्न कमजोर नियमहरू र अन्य नवऔपनिवेशिक शासन नीतिहरू प्रस्ताव गर्छन् ।
जिम्मेवारीविना शोषण र उपभोगको शासनले अफ्रिका र वास्तवमा संसारलाई विनाशको छेउमा पु¥याएको छ । मृत्युको वर्तमान सभ्यताले लचिलोपन निर्माण गर्न र कर्पोरेट र साम्राज्यवादी दुस्साहसका कारण हुने वातावरणीय परिवर्तनहरूमा अनुकूलन गर्नुको सट्टा युद्ध र अतिवादी त्रियाकलापमार्फत विनाशमा लगानी गर्न तत्पर लगानी खोज्छ ।

निमो बास्सेइ

हामी यस्तो शासनमा छौँ जसमा बहुआयामिकताको विशेषता रहेको छ । विश्वव्यापी तापक्रम वृद्धिलाई सम्बोधन गर्न आवश्यक पर्ने सामूहिक कार्यलाई ‘राष्ट्रियरूपमा निर्धारित योगदानहरू’ मा घटाइएको छ जसले केही पनि फरक पर्दैन । स्पष्ट जलवायु ऋण पहिचान र तिर्नुको सट्टा हामी मानवीय इशाराको रूपमा प्याकेज गर्नको लागि घाटा र क्षतिको व्यवस्थालाई वार्तामा ऊर्जा खर्च गर्छौं । कल्पना गर्नुहोस्, परोपकारको रूपमा के प्रस्ताव गरिन्छ भनेर कसले सम्झौता गर्छ ?
आज, अफ्रिकाले धेरै पर्यावरणीय चुनौतीहरूको सामना गरिरहेको छ । यी सबै यस महादेशलाई बलिदान क्षेत्रको रूपमा हेर्ने निकायहरूको कार्यबाट आएको हो । जीवाश्म इन्धनमा निर्भरताबाट तत्काल परिवर्तन हुनुपर्दछ भन्ने निष्कर्षमा विश्व आएको छ, तर हामी हाम्रो महादेशमा पेट्रोलियम स्रोतहरूको निकासीको लागि ठूलो लगानी देखिरहेका छौँ । र, हामीले भन्नैपर्छ कि यो लगानी महादेश बाहिर यी स्रोतहरूको निकासीको लागि नवऔपनिवेशिक ढाँचामा सम्बन्धित पूर्वाधारको साथ आउँछ । अफ्रिकाको निकासी क्षेत्रमा काम गर्ने श्रमशक्तिको १ प्रतिशतमात्र अफ्रिकीहरू हुन् । यस क्षेत्रमा मात्र ५ प्रतिशत लगानीमात्र अफ्रिकी छ । महादेशको जीवाश्म ग्यास पूर्वाधारको ८५ प्रतिशतभन्दा बढी निर्यात उद्देश्यका लागि उत्पादन गरिँदै छ ।
नवीकरणीय ऊर्जामा परिवर्तनले अफ्रिकामा उही पुराना चुनौतीहरू ल्याउने छन् । नवीकरणीय ऊर्जाको लागि महत्वपूर्ण खनिजहरूको निकासी हाम्रो जनतासँग पूर्वपरामर्श र सहमति बिना नै गरिन्छ । तेल, ग्यास, सुन, हीरा, निकल, कोबाल्ट, र अन्य ठोस खनिजहरूको उत्खनन् र निकासीले गर्दा अफ्रिका महादेशको वातावरण बिग्रँदै गएको छ । यदि अहिले नै सावधानी अपनाइएन भने सोलार प्यानल र विन्ड टर्बाइनको एर्रे (वायु ऊर्जाको पूर्वाधार) पनि अपराधस्थलको प्रतीक बन्न सक्छ ।
के हामी नवीकरणीय ऊर्जाको विरुद्धमा छौं ? कदापि होइन । तिनीहरूले अफ्रिका महादेशमा ऊर्जा घाटा अन्त्य गर्न उत्तम मार्ग प्रदान गर्छन् । यद्यपि, यसलाई अलग, स्वायत्त र सामाजिक स्वामित्व योजनाहरूमार्फत पछ्याउनुपर्दछ ।
संसारलाई थाहा छ कि हामीले हाम्रो जैविक विविधताको पुनर्निर्माण गर्नुपर्छ । हामीले अहिले अफ्रिकामा थप वन विनाश र एकल बाली खेतीको लागि धकेलिएको देखिरहेका छौँ । ती सबै क्रियाकलाप अफ्रिका र विश्वको हितविरुद्ध छ । यो एक पीडादायी मुद्दा हो र अगाडि आउँदै गरेको आविष्कारसंँगै भूमि कब्जा गर्ने प्रवृत्ति हराएको छैन ।
प्रसिद्ध अफ्रिकी लेखक चिनुआ आचेबेले आफ्नो १९५८ को क्लासिक पुस्तक ‘थिंग्स फल अपार्ट एनेके द बर्ड’ मा लेखेझैंः “मानिसहरूले नदेखिनेगरी गोली हान्न सिकेकाले उसले पखेटा नहाली उड्न सिकेको छ ।” हाम्रो लागि जबसम्म हाम्रो वातावरणको विनाशकारीहरूले तिनीहरूको विनाशकारी कार्यहरू रोक्दैनन्, हामी हाम्रो प्रतिरोधलाई तीब्र पार्नेछौंँ र तिनीहरूको योजनासामु कहिल्यै हार मान्दैनौंँ । हामीले औपनिवेशिकताको सिक्री तोडेर मात्रै होइन, औपनिवेशिकताको पङ्क्तिलाई फर्काउनुपर्छ । हाम्रो पुस्तक, ‘पोलिटिक्स अफ टर्ब्युलेन्ट वाटर्स’, यी औजारहरूमध्ये एक हो ।
प्रत्येक अफ्रिकी राष्ट्रले यी कार्य गर्नमा ध्यान दिनुपर्छ :
–तिनीहरूको क्षेत्रहरूमा चीजहरूको अवस्थालाई व्यवस्थित गर्न वार्षिक वातावरण प्रतिवेदन जारी गर्ने प्रतिबद्धता गर्नुपर्छ ।
–पुँजी लगानीको आह्वान भए पनि विनाशकारी निकासी अन्त्य गर्नुपर्छ ।
–शताब्दीयौँदेखि पारिस्थितिकीय शोषण र हानिको लागि जलवायु ऋणको माग गर्नुपर्छ ।
–सबै पतित क्षेत्रहरूको पुनस्र्थापना र प्रत्यक्ष पीडित वा तिनीहरूका उत्तराधिकारीहरूलाई क्षतिपूर्तिको माग गर्नुपर्छ ।
–कृषि विज्ञान अपनाएर खाद्य सम्प्रभुतालाई समर्थन र प्रवद्र्धन गर्नुपर्छ ।
–पारिस्थितिकीय चुनौतीहरूको समग्र समाधानको लागि र हाम्रा मानिसहरू र समुदायहरूको उपचार र कल्याणको लागि अफ्रिकी सांस्कृतिक उपकरणहरू र दर्शनहरू अपनाउनुपर्छ र प्रवद्र्धन गर्नुपर्छ ।
–प्रजातान्त्रिक रूपमा नवीकरणीय ऊर्जाको प्रवद्र्धन र उपलब्ध गर्नुपर्छ ।
–हाम्रो पानीको अधिकारलाई मान्यता दिनुपर्छ, यसलाई सार्वजनिक हितको रूपमा व्यवहार गर्नुपर्छ, र यसको निजीकरणलाई रोक्नुपर्छ र उल्टाउनुपर्छ ।
–पृथ्वी माताको अधिकारलाई मान्यता दिनुपर्छ र वातावरण विनाशलाई नरसंहार, युद्ध अपराध, र अन्य असामान्य अपराधहरूजस्तै अपराधको रूपमा संहिताबद्ध गर्नुपर्छ ।
–सबै अफ्रिकीहरूले सुरक्षित र सन्तोषजनक वातावरणमा बाँच्न पाउने अधिकारको आनन्द उठाउने अधिकार सुनिश्चित गर्नुपर्छ, जुन अधिकार तिनीहरूको प्रगतिको लागि अफ्रिकी बडापत्रमा जनअधिकार र मानव अधिकारमा समावेश गरिएको छ ।
(यो लेख खाना जीवन, स्वतन्त्र मिडिया संस्थानको एक परियोजना ‘पृथ्वी’ द्वारा उत्पादन गरिएको हो । यो लेख लेखकले नाइजेरियाको अबुजामा सम्पन्न हेल्थ अफ मदर अर्थ फाउन्डेसनको १० औँ वार्षिकोत्सव सम्मेलनमा ‘अफ्रिकामा वातावरणीय न्यायको विकास’ भन्ने शीर्षकमा जुन २०२३ मा गनुभएको भाषणको सम्पादित संस्करण हो ।)
–काउन्टर करेन्टस (Counter Currents)
अनुवाद : प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *