भर्खरै :

सिन्ह्वाको टिप्पणी/अमेरिकी विदेशमन्त्री ब्लिन्केन एसिया–प्रशान्त भ्रमणको क्रममा किन बारम्बार अपमानित भए ?

सिन्ह्वाको टिप्पणी/अमेरिकी विदेशमन्त्री ब्लिन्केन एसिया–प्रशान्त भ्रमणको क्रममा किन बारम्बार अपमानित भए ?

(सिन्ह्वा) । आफ्नो पछिल्लो एसिया–प्रशान्त यात्राको क्रममा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले न्युजिल्यान्डलाई ‘अउकस’ गठबन्धनमा सामेल हुन मनाउने प्रयास गरे । उनले पाएको प्रतिक्रिया स्पष्ट थियो – शीर्ष अमेरिकी कूटनीतिज्ञको सल्लाह स्वीकार गर्न न्युजिल्यान्डवासीलाई आफ्नो आत्मा बेच्नुपर्नेछ ।
“यो एउटा क्लव हो; जसमा सामेल हुनको लागि हामीले आफ्नो आत्मा बेच्नुपर्छ”, न्यूजिल्यान्डका विदेशमन्त्री नानाया माहुताले ब्लिन्केनलाई भनिन् । माहुताले बिहीबार ब्लिन्केनलाई जवाफ दिएकी थिइन्, “उनको देश हाम्रो आणविकमुक्त अडानमा सम्झौता गर्न वा परिवर्तन गर्न तयार छैन र आणविक मुक्त प्रशान्तलाई समर्थन गर्न जारी राख्छ ।”
वास्तवमा, यो एक पटक मात्र थिएन जब शीर्ष अमेरिकी कूटनीतिज्ञ आफ्नो भ्रमणको क्रममा अपमानित भएका थिए ।
बुधबार टोंगाका प्रधानमन्त्री हुआकावामेलिकु सियाओसी सोभालेनीसँगको भेटपछिको संयुक्त पत्रकार सम्मेलनमा ब्लिन्केनले यस क्षेत्रमा चीन सरकारको संलग्नतालाई ‘समस्याग्रस्त व्यवहार’ भने, तर टोंगाका प्रधानमन्त्रीले त्यसको जवाफमा ‘चीनसँगको सम्बन्धको बारेमा कुनै चिन्ता नभएको’ मात्र भनेका थिए ।
किन वाशिङ्गटनलाई चिसो जवाफ दिइयो भन्ने कारणहरू स्पष्ट छन् । ब्लिन्केनले दाबी गरे कि ‘हामी वास्तवमै यहाँका मानिसहरूको प्राथमिकता के हो भनेर बुझ्दछौं,’ तर उनको वास्तविक प्राथमिकता अमेरिकी पहिलोबाहेक केही होइन । उनले र वाशिङ्गटनमा रहेका ती निर्णयकर्ताहरूले यस क्षेत्रको लागि प्रस्ताव गरेका कुराहरू यसको मुख्य चासो र तत्काल आवश्यकताहरू अनुरूप वा प्रतिकूल पनि छैनन् । यो क्षेत्रीय देशहरूले राम्रोसँग बुझेको कुरा हो ।
हालैका वर्षहरूमा, संरा अमेरिकाले तथाकथित ‘इन्डो–प्यासिफिक रणनीति’ र ‘महान् शक्ति प्रतिस्पर्धा’ को पेडलिङमा चीनको उदयविरूद्ध एसिया–प्रशान्त क्षेत्रमा गठबन्धन निर्माण गर्ने प्रयासमा खुबै लागेको छ ।
स्थानीय देशहरूसँगको चीनको सहयोगमा माटो फाल्नेदेखि अउकस समूहलाई विस्तार गर्ने प्रयाससम्म, ब्लिन्केनको हालको भ्रमणले वास्तवमा पेइचिङको छविलाई ध्वस्त पार्न वा टापु राष्ट्रहरूलाई संरा अमेरिकाको पक्ष लिन बाध्य पार्न खोजिरहेको छ ।
यस क्षेत्रका राष्ट्रहरू शान्ति, स्थिरता र विकास चाहन्छन् । अउकस सम्झौताले आणविक हतियारको अप्रसारसम्बन्धी सन्धिका सिद्धान्त र अभ्यासहरूको उल्लङ्घन गरेको छ र अन्तर्राष्ट्रिय अप्रसार प्रशासनलाई गम्भीररूपमा कमजोर पारेको छ । त्यस सम्झौताले केवल भिडन्तलाई उक्साउन सक्छ र यस क्षेत्रमा हतियारको दौडलाई बढावा दिन सक्छ ।


यसैले पनि अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री पौल केटिंगले यस महिनाको सुरूमा अमेरिकी नेतृत्वको नाटोको एसिया विस्तार प्रयासको विरूद्ध चेतावनी दिएका थिए र भनेका थिए – “एसियामा त्यो दुर्भावनापूर्ण विष ‘नाटो’ निर्यात गर्नु भनेको एसियामा नै प्लेग रोगलाई स्वागत गर्नुसमान हुनेछ ।”
वासिङ्टनले चीनलाई बदनाम गर्न कुनै कसर बाँकी नराखे पनि एसिया–प्रशान्त क्षेत्रका देशहरूले पेइचिङलाई समान साझेदार र वास्तविक मित्रको रूपमा हेर्छन् । उदाहरणको लागि प्रशान्त महासागरमा रहेको टापु देश टोंगालाई नै लिऔँ । विगतका वर्षहरूमा चीनले कृषि, मत्स्यपालन, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र जलवायु परिवर्तनलाई समेट्ने गरी टोंगा सरकार र टोंगाली जनतालाई ठूला र साना करिब १०० वटा अनुदान सहायता परियोजनाहरू उपलब्ध गराएको छ ।
टोंगाले ज्वालामुखी विस्फोट, सुनामी र कोभिड – १९ महामारी लगायतका धेरै चुनौतीहरूको सामना गर्दा चीनले समयमै सहयोग ग¥यो । “तथ्यहरूले प्रमाणित गरिसकेका छन्, चीनको मित्रता सधैं शब्दमा नभई कर्ममा आधारित रहेको छ”, टोंगाका राजा तुपौ छैटौँले हालै भने ।
न्युजिल्यान्डको लागि, चीन आयात र निर्यात दुवैको हिसाबले सामानको व्यापारको लागि देशको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो । न्युजिल्यान्डका लागि चीनसँगको सम्बन्ध अविश्वसनीयरूपमा महत्वपूर्ण छ र दुवै देशले अहिले निकै रचनात्मक र सकारात्मक सम्बन्धको आनन्द लिइरहेका छन् ।
न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस हिपकिन्सले गत महिना चीनको भ्रमणको क्रममा भनेका थिए कि उनको देशले द्विपक्षीय व्यापारलाई अझ विस्तार गर्ने आशा राखेको छ र यसलाई महामारीपछिको युगमा चीनसँगको आर्थिक गतिविधिलाई पुनःस्थापित गर्ने प्राथमिकताको रूपमा लिन्छ ।
एसिया–प्रशान्त देशहरूलाई भिडन्त र साझा विकासबिच छनोट गर्न गा¥हो छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *