भर्खरै :

जुछेको क्रान्तिकारी समाजवादको आजु सदा विजयी र गौरवशाली हुनेछ

जुछेको क्रान्तिकारी समाजवादको आजु सदा विजयी र गौरवशाली हुनेछ

(७० औँ युद्ध विजय दिवस मनाउने सैन्य परेडमा प्रजग कोरियाका रक्षामन्त्री काङ सुन नामको मन्तव्य)
प्रजातान्त्रिक जन गणतन्त्र कोरियाको राष्ट्रिय रक्षा मन्त्री काङ सुन नामले पितृभूमि मुक्ति युद्धमा विजयको ७० औँँ वार्षिकोत्सव मनाउन जुलाई २७ मा आयोजित सैन्य परेडमा सम्बोधन गर्नुभयो ।
युद्ध विजयको ७० औँ वर्षगाँठ मनाउने सैन्य परेड उक्त चोकमा आयोजना भएको उल्लेख गर्दै ७० वर्षअघि कोरियाली जनताले अमेरिकी साम्राज्यवादी आक्रमणकारी सेना र त्यसका भूउपग्रह राज्यका समूहहरूको सशस्त्र आक्रमणबाट विश्वस्तताका साथ देशको रक्षा गरी विजयी भएको स्मरणमा हर्षोल्लास मनाइरहेको बताउनुभयो । मन्त्री काङले सो समारोह प्रजातान्त्रिक गणतन्त्र कोरियाको सशस्त्र बलका सेवाकर्मीहरूको वीर र महान् घटनामा सम्पूर्ण कोरियाली जनताको ठुलो बलिदानको सम्मान भएको बताउनुभयो ।
देशको समृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने योग्यता भएका व्यक्ति, नमुना श्रमिक आविष्कारकर्ता, सेवाग्राही, राजधानीको नयाँ राजमार्ग निर्माणको जिम्मा लिने निर्माण व्यवसायी, युवा तथा विद्यार्थीलगायत विभिन्न पुस्ता यहाँ भेला भएका थिए । वरिष्ठ युद्धवीरहरू, महान् वर्षका मालिकहरूका साथमा विजय दिवस समारोहमा उहाँले भन्नुभयो, “यो कोरियाली क्रान्तिको विजयको वैधानिकता र परम्पराको दृढ विरासतको स्पष्ट पुष्टि हो ।”
जुलाई २७ को युद्धविराम सम्झौताले कोरियाली जनताको स्वाभिमान, इज्जत र स्वतन्त्र विकासको लागि देशको वातावरणको रक्षा गरेको, विश्व प्रभुत्वको लागि अमेरिकी साम्राज्यवादीहरूको रणनीति कार्यान्वयनलाई रोक लगाएको र नयाँ विश्वयुद्ध रोकेको हुनाले जुलाई २७ को दिन प्रजातान्त्रिक गणतन्त्र कोरियाको युद्ध विजयको ऐतिहासिक महत्व, पवित्र र अमर रहेको काङले बताउनुभयो । उहाँले भन्नुभयो, “जुलाई २७, हाम्रो विजय दिवस धेरै महत्वपूर्ण छ किनभने यसले साम्राज्यवादी आक्रामक शक्तिहरूको ‘सैन्य सामग्रीका आधारमा सर्वशक्तिमानको सिद्धान्त’ लाई अन्त्य ग¥यो र युद्धमा विजयको निर्णायक रहेको जुछे विचारधाराको सिद्धान्तको शक्तिलाई प्रमाणित ग¥यो ।” कोरियाली जनता जुछे सिद्धान्तको राजनैतिक र वैचारिक शक्तिमा, सेना र क्रान्तिकारी पार्टीको वरिपरि एकमनले एकताबद्ध भए ।
पितृभूमि मुक्ति सङ्ग्राममा विजय प्राप्त भएको ७० औँ वार्षिकोत्सव हाम्रा लागि विजयमा टुङ्गिएको तीन वर्षको युद्धले दिएको इतिहासको स्मरण र विजयलाई कायम राखेको ७० वर्षको सम्झना हो र युद्धका बहादुर सिपाहीहरू र उनीहरूका मृतकहरूले जितेका सम्मान आजको महान् समारोहको चरमोत्कर्ष हो ।
समयको प्रवृत्ति, इतिहासको परिवर्तन र आफ्नो रक्षा गर्ने न्यायपूर्ण बलप्रति अनभिज्ञ कोरियाली जनताप्रति अराजक आक्रामकता र लालची आधिपत्यको महत्वाकाङ्क्षामा डुबेका साम्राज्यवादीहरूले लज्जास्पद पराजय बाहेक अरू केही पाउँदैनन् भनी महान् विजय दिवसले स्पष्ट पाठ सिकायो ।
यद्यपि, अमेरिकी साम्राज्यवादी युद्ध पिपासुहरू र देशद्रोही युन सुक येओलको समूहले कोरिया प्रायःद्वीपमा अभूतपूर्व आणविक युद्धलाई उक्साउन सक्ने खतरनाक युद्ध खेलहरू खेल्न जारी राखेका छन् । यस क्षणमा पनि प्रजग कोरियाविरुद्ध तिनीहरूको सैन्य शक्तिको प्रयोगको साथमा उनीहरूको अति स्वार्थन्ध मेगोलोम्यानियाकल शक्ति प्रयोगको सिद्धान्त वकालत गर्दै छन् ।
संरा अमेरिकाले प्रजग कोरिया र एसिया–प्रशान्त क्षेत्रका अन्य स्वतन्त्र देशहरूविरुद्ध संरा अमेरिका – जापान – दक्षिण कोरिया त्रिपक्षीय सैन्य गठबन्धनजस्ता आक्रामक सैन्य ब्लकहरू निर्माण गरिरहेको छ । यसले प्रजग कोरिया र यसका वरपरका देशहरूको सुरक्षा वातावरणलाई खतरामा डुबाएको छ, बिना कुनै हिच्किचाहट नाटो, कोरियाली प्रायःद्वीपमा र यस क्षेत्रमा भिडन्त निम्त्याउने संयन्त्र निर्माण गर्न खोजिरहेको स्पष्ट छ ।
अझ गम्भीर ध्यानाकर्षणयोग्य विषय के छ भने संरा अमेरिकाले दक्षिण कोरियाका आफ्ना कठपुतलीहरूसँग मिलेर ‘आणविक परामर्श समूह’ भनिने आणविक युद्ध संयन्त्रलाई व्यावहारिक चरणमा प्रजग कोरियाविरुद्ध सञ्चालन गरिरहेको छ र आणविक युद्धको लागि एउटा दुष्ट योजनालाई अगाडि बढाउँदैछ ।
अब अमेरिकी साम्राज्यवादीहरू र दक्षिण कोरियाका देशद्रोहीहरू हाम्रो देशमा शासनको अन्त्यको बारेमा गैरजिम्मेवार र लापरवाहपूर्ण टिप्पणी गर्न हिच्किचाउँदैनन् । शत्रु शक्तिहरूको आक्रामक दुष्प्रयास चरम चरणमा पुगेको यो क्षणमा प्रजग कोरियाका सशस्त्र सेनाहरूले आफ्नो देश र देशवासीको आफ्नो मिशन र कर्तव्यलाई सबैभन्दा स्पष्टरूपमा पूरा गर्ने समय आएको छ ।
हामी गम्भिरताका साथ घोषणा गर्दछौँ कि यदि उनीहरूले अहिले जस्तै सैन्य मुठभेडको प्रयास गरे भने हाम्रो राज्यको सशस्त्र सेनाको प्रत्याक्रमण संरा अमेरिका र दक्षिण कोरियाको रक्षाको अधिकारको दायराभन्दा बाहिर जानेछ ।
साम्राज्यवादीहरूले प्रजग कोरिया कोरियाली जनताविरुद्ध आणविक हतियार प्रयोग गरेमा रक्षाको लागि प्रत्याक्रमणमा आणविक हतियार प्रयोगको विकल्प छैन । यदि संरा अमेरिकाले प्रजग कोरियाविरुद्ध सेना प्रयोग गर्ने दुष्प्रयास गर्छ भने उसले अकल्पनीय र अप्रत्याशित सङ्कटको सामना गर्नेछ ।
हामी तयार छौँँ । शत्रुले छनोट गरोस् ।
प्रजग कोरियाको सार्वभौमसत्ता र सुरक्षाको रक्षा गर्नु र यसको क्षेत्रीय अखण्डता सुनिश्चित गर्नु हाम्रो सेनाको महान् ध्येय हो । हाम्रो क्रान्तिकारी सशस्त्र सेनाले राज्यको सार्वभौमसत्ता र सुरक्षामा हस्तक्षेप गर्ने कुनै पनि सैन्य कार्यलाई कदापि सहने छैन र तिनीहरूलाई परास्त गर्न थप आक्रामक सशस्त्र प्रतिकार गर्नेछ ।
हाम्रो गणतन्त्रको सशस्त्र सेना, कोरियाको मजदुर पार्टीको क्रान्तिकारी सिद्धान्त र राजनीतिक विचारप्रति बफादार रहँदै हाम्रो महान् राज्य र हाम्रो समाजवादी व्यवस्थाको अजेयता र जीवन्तताको रक्षा गर्ने मार्गमा आफ्नो बहुमूल्य सम्मान र परम्पराहरूमा अनन्त चमक थप्नेछ । आक्रमण, लुटपाट, नरसंहारबाट मुक्त शान्त र सुन्दर संसारको लागि स्वतन्त्रता र न्यायको रक्षा गर्न सङ्घर्ष गरिरहेका देशहरू र प्रगतिशील जनतासँग काँधमा काँध मिलाएर लड्नेछ ।
युद्धमा विजय सधैँ हाम्रो लागि सुनिश्चित रहेको बताउँदै रक्षा मन्त्री काङले अजेय क्रान्तिकारी पार्टी र उत्कृष्ट नेताको नेतृत्वमा प्रजग कोरिया सधैँ समृद्ध हुने र विश्वस्तताका साथ अगाडि बढिरहेका हाम्रा जनताको महान्तामा जोड दिनुभयो । जुछेको क्रान्तिकारी समाजवादको आजु सदा विजयी र गौरवशाली हुनेछ ।
अनुवाद : प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *