भोटेकोसी बाढी र जलवायु परिवर्तनको प्रभाव ?
- भाद्र १५, २०८३
जुम्ला, १८ साउन । नेपाल मजदुर किसान पार्टी जुम्ला जिल्ला समितिले बिहीबार किसान सङ्घको स्थापना दिवस र भ्रष्टाचारविरोधी आन्दोलनको सन्दर्भमा जुलुस तथा सभाको आयोजना ग¥यो ।
जुलुसपछि आयोजित सभामा नेमकिपाका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेले समाजमा आमूल परिवर्तनको लागि नेमकिपा आशाको केन्द्र भएको विचार व्यक्त गर्नुभयो ।
विस्तारवादी भारत, साम्राज्यवादी अमेरिका र विदेशी दलालहरूको उठबसमा शासकहरू लागिरहेको कारण देश परनिर्भर बन्दै गइरहेकोमा चिन्ता व्यक्त गर्दै उहाँले शासकहरूको क्रियाकलापबाट देशका किसान, मजदुर, विद्यार्थी, युवा, शिक्षक, महिला, व्यापारी कुनै पनि खुसी छैनन् भन्नुभयो ।
शासकहरू दलगत र व्यक्तिगत स्वार्थमा फसेकै कारण देशमा विभिन्न काण्डैकाण्डका घटनाहरू दोहोरिरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “शासकहरूले देश र जनता भुले । अदालतले पनि न्याय दिन सकेन । शिक्षा, स्वास्थ्य निःशुल्क भएन । काम–मामको सुनिश्चित भएन । यसकारण, नेमकिपाको झन्डामुनि रहेर देश र जनताको सेवा गर्नुपर्छ, परिवर्तनको निम्ति सङ्घर्ष गर्नुपर्छ ।”
नेमकिपा जिल्ला समिति जुम्लाका उपाध्यक्ष विर्षबहादुर राउतले स्थापनाकालदेखि नेमकिपाले निःस्वार्थ र इमानदारीपूर्वक देश र जनताको सेवा गरिरहेको बताउनुभयो ।
नेमकिपा जिल्ला समिति जुम्लाका अध्यक्ष पूर्णलाल खत्रीको सभापतित्वमा भएको सो कार्यक्रममा यज्ञबहादुर बुढ्थापा, गणेशबहादुर शाही, लक्ष्मी बुढा, विषम बुढा, प्रेमबहादुर शाही र लालबहादुर बुढाले पनि आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।
Leave a Reply