इरानले सक्ला त आर्थिक कठिनाइको सामना गर्न ?
- भाद्र १७, २०८३
नेपाल चाड, पर्व, संस्कृति, संस्कार र सम्पदामा धनी देश हो । नेपालीहरूले हर्षउल्लासका साथ मनाउने विभिन्न चाडपर्वहरूमध्ये गाईजात्रा पर्व पनि एक हो । यो दिवङ्गत मानिसहरूको सम्झनामा मनाउने गरिन्छ । प्रायः सबै उमेर, लिङ्ग, क्षेत्र, जातजातिका नेपालीहरूलाई मनपर्ने गाईजात्रा पर्व हो । यो जात्राले विशेषगरी युवाहरूलाई आकर्षित गर्दै आएको देखिन्छ । तर, नेपाली संस्कृति र संस्कारविपरीत बिस्तारै यो बाहिर जान थालेको छ । त्यसतर्फ विचार गर्नु आवश्यक छ । यो पर्वले सबैलाई मनोरञ्जन दिन्छ । यो सचेतना जगाउने पर्व पनि हो ।
भक्तपुर सांस्कृतिक नाचगानको नगर हो । यो नाचगानलाई जीवन्तता र ऊर्जा दिइरहेको सहर हो । इतिहासकार तथा साहित्यकार जगदीश शमशेर राणाले भक्तपुरलाई त्यसै नाचगानको राजधानी भनेका होइनन् । उनले वि.सं. २०४६ मा ‘नाचगानको राजधानी भक्तपुर’ पुस्तक प्रकाशन गरे । यो नाचगानबारे लेखिएको लेखहरूको सङ्ग्रह हो । भक्तपुर नगर सरसफाइ, स्वास्थ्य, शिक्षा, संस्कृति र सम्पदा निर्माण, पुनः निर्माण तथा संरक्षणमा अग्रणी नगर हो । २०७२ सालको विनाशकारी भूकम्पले विनाश गरेका यहाँका अधिकांश सम्पदाको पुनः निर्माण र संरक्षण गरिसकेको अवस्था छ भने बाँकी महत्वपूर्ण सम्पदाको पुनः निर्माण र संरक्षण सरकार र युनेस्कोको विभेदकारी नीतिको कारण चाहेर पनि अझै हुनसकेका छैनन् । यसलाई केही सम्पदाविद् तथा भक्तपुरका जनताले सम्पदा बनाउने, संरक्षण गर्ने काममा सरकारको विभेदकारी नीति, सङ्कीर्ण सोच र हस्तक्षेपको कारण ऐतिहासिक प्रमाणका आधारमा ती सम्पदाको पुनः निर्माण कार्य भइरहेको स्थिति छैन । यसमा सरकार र युनेस्कोले समयमै अनुमति दिई सम्पदा पुनः निर्माण र संरक्षणमा सहयोग गर्नु आवश्यक छ । नेपालको पहिचान र गौरव बोकेको यही मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदाअन्तर्गत नाचगान पनि पर्दछ ।
अग्रज पुर्खाहरूले सिर्जना गरेका र नासोको रूपमा सुम्पिएका सम्पदालाई जीवन दिन, संरक्षण र जोगाउन भक्तपुर नगरपालिकाले नाचगानजस्ता अमूर्त सम्पदा र बाजागाजाजस्ता मूर्त सम्पदाको हरेक वर्ष प्रतियोगिता गर्दै आएको छ । हरेक वर्ष गाईजात्राको अवसरमा प्रदर्शन गरिएका नाचगान तथा नाचगान र बाजागाजाको प्रवद्र्धन, संरक्षण र संवद्र्धनस्वरूप हरेक वर्ष विभिन्न नाचगान र बाजागाजा सिकाउँदै आउनुभएका सांस्कृतिक गुरुहरूलाई सम्मान पत्र, नगर पुरस्कारसहित सम्मान गर्दै आएको योगदान खेर गएको छैन । नयाँ पुस्तालाई निःस्वार्थरूपले सिकाउन हौसला प्रदान गरेको छ भने अर्काेतिर भावी पुस्ताको लागि सम्पदाको जगेर्ना गर्ने महत्वपूर्ण काममा मद्दत पुग्न जानेछ । यो विश्वमा नेपालको छुट्टै विशेष पहल, पहिचान र गौरवको विषय हुनेछ ।
मानव समाजको विकास सँगसँगै नाचगानको पनि विकास हुँदै आएको पाइन्छ । मानिसको दुःख, सुख, युद्ध, लडाइँ, जित हार, दण्ड पुरस्कार, अन्याय, अत्याचार, भ्रष्टाचार, विकृति, विसङ्गति, मान, मर्यादा र संस्कृति आदि समाजकै बिम्ब हो । सबैजसो नाचगानमा समाजलाई संस्कारयुक्त र सभ्य बनाउने, अन्याय र विदेशी थिचोमिचोविरुद्ध लड्नुपर्ने सन्देश पाइन्छ । गाईजात्रामा प्रदर्शन गरिने नाच सँगसँगै गाउने गीतहरू मार्मिक हुन्छन् । यसबाट सबै सचेत हुन्छन् । गीत र नाचले आफ्नो समाजको दुःख, पीडा पोखिरहेको हुन्छ† अन्याय, अत्याचार र शोषणविरुद्ध बोलिरहेको हुन्छ । देवता र मानवलाई दुःख पीडा दिइरहेका दानवहरूलाई देवी महाकालीले आफ्नो खड्गले काटी दण्ड सजायस्वरूप काटेको, हातको जामा र टाउकोको माला लगाएर देवता र मानवको रक्षा गरेको कुरा भजनमा गाउने गरेको पाइन्छ । यहाँ भैरव नाच, देवी नाच, नवदुर्गा नाच, गाईजात्रा परम्पराअनुसार देखाउँदै आएका छन् । त्यस्तै, सिंह, कुकुर, बाघ, मयुर आदिको नाच पनि देखाइँदै आएको छ ।
आज देशमा पैसाको लागि जे पनि गर्ने, निष्ठा, इज्जत, मान मर्यादाको ख्याल नगर्ने, पैसा र सम्पत्तिको लागि खाई नखाई आफूलाई जन्माउने, हुर्काउने आमाबुबा, दाजुभाइ, दिदीबहिनी पनि नभन्ने, मूर्ति, गरगहना, सार्वजनिक पोखरी, पाटी, धारा, सत्तल, जमिन, जङ्गल, नदी केही बाँकी नराख्ने मानवरूपी दानवहरू बढिरहेका छन् । उनीहरूले आफूलाई जन्म दिने, हुर्काउने, बढाउने मातापिता, देश र मातृभूमिलाई घात गरिरहेका छन् । सचेत र सङ्गठित जनता महाकालीजस्तै जोसिएर आएपछि उनीहरूको शोषण र दमन अन्त्य निश्चित छ । देवी महाकालीले दानवको टाउको झुन्ड्याएजस्तै एकदिन बेलायतमा राजाको टाउकोलाई जनताले फुटबल खेलेजस्तै खेल्नेछन् । त्यस्ता मानवरूपी दानवलाई हत्कडी लगाएर जेल कोचेको समयले देखाउनेछ । गाइँचा, फाकंदली, झ्याउरे नाच, त्यसमा गाउने गीतले समाज र जनतालाई बिउँझाउने, उठाउने काम गरिरहेको छ, सचेत पार्ने काम गरिरहेको छ । गीतमा संस्कृति र सम्पदा संरक्षण, सरसफाइ, स्वास्थ्य, शिक्षा, भ्रष्टाचार, शोषण, दमन, विदेशी थिचोमिचोको बारेमा सचेत पार्ने, त्यसविरुद्ध उठ्न आह्वान गरिएको हुन्छ ।
‘शीतला माजु’ को गीति नाटकमा शासकहरूले आफूहरू रोगको प्रकोपबाट वा महामारीबाट बच्न जनतालाई कतिसम्म अमानवीय दुःख पीडा, सासना दिँदोरहेछ भन्ने कुरा कलाकारहरूले मार्मिक ढङ्गले सुनाउने र प्रदर्शन गर्ने गर्छन् । हामीले यस्तो पीडा कोरोनाको महामारीमा देखी भोगिसकेका छौँ । धनीमानी, शासकहरूको जहाँ पनि उपचार हुने तर गरिबहरूलाई रोगका कारण सबैतिरबाट लखेटिनुपर्ने, हेलाहोचो र विभेद भोग्नु परेको हुन्थ्यो । बाँच्ने अवस्था र बाँच्ने आसा हुँदाहुँदै सतीजस्तो जबरजस्ती मृत्युवरण गर्नुपरेको सबैले देखे सुनेकै हो ।
वि.सं. १८५६ मा राजा रणबहादुर शाहले आफ्नी पत्नी कान्तिवती बिफरको प्रकोपबाट मरेपछि स्वयम्भूको शीतलादेवी (हारतीमाता) को मन्दिर रिसले भत्काइदिएका थिए । त्यसलाई पुरेपछि बिफरको रोग निको हुन्छ भन्ने जनविश्वास थियो । त्यसपछि आफू र आफ्नो सन्तान गीर्वाणयुद्धलगायतलाई बिफर सर्ला भनेर राजाले काठमाडौँमा बिफर लागेका नेवारहरूलाई सेना लगाएर पूर्व तामाकोसी र पश्चिममा मस्र्याङदीपारि फाल्न पठाएका थिए । एउटा बच्चा पिठ्युँमा, अर्को बच्चा काखीले च्यापी र तेस्रो बच्चा हातले समातेर सात दिन हिँडाएर तामाकोसी पु¥याएको, तामाकोसी पुग्दा एउटा बच्चा मरेको, मृत बच्चाको दाह संस्कार गर्न पैसा र कुनै सामान नभएर तामाकोसीमै फाल्नु परेको र बाँकी दुई बच्चा बोकेर सकी नसकी तामाकोसी पार गरेर छोडेको दुःखद इतिहासको कारुणिक र हृदय विदारक गीत थियो शीतला माजुको गीतमा । यसरी शासकहरूले आफू बाँच्न र आफ्नो परिवारलाई बचाउन गरिब जनतालाई कतिको दुःख पीडा दिँदोरहेछ भन्ने कुरा त्यो गीतले बताउँछ ।
समाजमा रहेका सुसंस्कार, कुसंस्कारसँग सम्बन्धित, मानव विकास र प्रकृतिसँग सम्बन्धित खिचा (कुकुर) नाच, जङ्गली प्याखँ, कवाँचा प्याखँ, लाखे प्याखँ, महाकाली प्याखँ, कुमारी प्याखँ, सिँह प्याखँ, हनुमान प्याखँ, नतुुवाचा प्याखँ, लुसी प्याखँ, कलाँली प्याखे, फाकंदली प्याखँ, नागाचा प्याखँ, आदि गाईजात्राको बेलामा देखाइदै आएको पाइन्छ । कति परम्परागत नाचहरू लोप भइसकेका छन् । ती लोप भएका र हाल रहेका नाचगानलाई अग्रज, गुरु र नगरपालिकाले जोगाउनु आवश्यक छ । अब यसलाई जीवन्त राख्न नयाँ पुस्ता अगाडि बढिरहेको देखिन्छ । भक्तपुरलाई अझ व्यवस्थित नाचगानको राजधानी बनाउन, नाचगानलाई संरक्षण र संवद्र्धन गर्न बिस्तारै स्कूल, क्याम्पस र विश्वविद्यालयमा सिकाउँदै जानुपर्ने आवश्यकता छ । अनि भक्तपुर विश्वकै एक नाचगानको सांस्कृतिक केन्द्र र ज्ञान विज्ञानको केन्द्र बन्ने छ । यो हेर्न, अध्ययन, अनुसन्धान गर्न संसारबाट थुप्रै विद्यार्थी, पर्यटकहरू नेपाल आउनेछन् । यसले विश्वमा नेपालको शिर गर्वले ठाडो पार्नेछ ।
Leave a Reply