हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
भेनेजुयाली सरकारमाथि अमेरिकी गलफति सधैँ भेनेजुयलाको तेल (पेट्रोलियम) को बारेमा थियो । निर्वाचित राष्ट्रपति निकोलस मादुरोको सरकार ‘अवैध’ थियो भन्ने संरा अमेरिकाले दाबी गर्नु भनेको भेनेजुयलाको तेल कम्पनी चीट्गोमा अमेरिकी कर्पोरेट हातहरूमा पु¥याउनका लागि थियो ।
वर्षौँसम्म भेनेजुयाली अधिकारीहरूको दानवीकरण, अमेरिकी कङ्ग्रेसलाई सम्बोधन गर्ने र विश्वभरका अमेरिकी सहयोगीहरूसँग भेट्ने, ‘अन्तरिम राष्ट्रपति’ घोषणा गर्ने र युद्ध फैलाउन व्यापारिक सञ्चारमाध्यम (कर्पोरेट मिडिया) सँग मिलेर काम गर्ने आदि सबै कदम अमेरिकी लुटपाटको हिस्सा थिए जसले गुण्डागर्दीलाई क्रान्तिकारी कार्य बनाउने कोसिस गर्छ ।
वास्तवमा षड्यन्त्र गुण्डाहरूको काम हो । अमेरिकी राष्ट्रपति बराक ओबामाले भेनेजुयलाविरुद्ध प्रतिबन्धको पहिलो चरणको प्रक्रिया सुरु गरे । त्यसपछि उनले यो परियोजना डोनाल्ड ट्रम्पलाई हस्तान्तरण गरे । ट्रम्प त्यही व्यक्ति थिए जसले कथितरूपमा भेनेजुयलाको तेल कब्जा गर्न चाहेको खुलारूपमा घमण्डपूर्ण घोषणा गरे । उनले आफ्नो इच्छा पूरा गर्न सकेनन् तर उनका उत्तराधिकारी जो बाइडेनले पनि हुल्लडबाज नेताको रूपमा घमण्ड गर्ने अधिकार प्राप्त गरेका छन् ।
यस स्तम्भकारलाई भेनेजुयलाको काराकासमा अमेरिकी प्रतिबन्धहरूविरुद्धको सुनुवाइमा अन्तर्राष्ट्रिय न्यायाधीकरणको लागि न्यायविद हुन आमन्त्रित गरिएको थियो । एक हप्ता लामो तथ्य खोजी मिशन र साक्षी सुनुवाइको एक दिनको क्रममा हामीले वाशिङटनको इच्छामा झुक्न अस्वीकार गर्ने देशमा अमेरिकी निर्देशनमा चल्नेहरूको भ्रष्टताको गहिराइ देख्यौँ ।
सामान्यतया प्रतिबन्धहरू भनिने एकपक्षीय आर्थिक जबरजस्ती उपायहरूले ४० भन्दा बढी देशहरूलाई लक्षित गर्दछ र विश्व जनसङ्ख्याको २८ प्रतिशतलाई प्रभावित गर्दछ । तिनीहरू सजायको उपकरणको रूपमा र निगमहरू सम्पत्ति चोरीलाई माध्यमको रूपमा प्रयोग गरिन्छ । लक्ष्य भनेको अमेरिकाले चाहेको कुरा नगर्ने राष्ट्रहरूबाट चोरी गर्नु र तिनीहरूमाथि प्रतिबन्ध लगाउनु हो ।
भेनेजुयलामा प्रतिबन्धहरू लागु हुनुअघि यसको तेलको आम्दानी यस देशका जनतालाई मात्र नभई विदेशमा रहेकाहरूलाई पनि फाइदाको लागि प्रयोग भएको थियो । पेट्रोक्यारिब कोषले क्यारिबियन बेसिन क्षेत्रमा भेनेजुयलाका छिमेकीहरूलाई भारी छुटमा तेल उपलब्ध गराएको थियो । राष्ट्रपति ह्युगो चाभेज नेतृत्वको सरकारको यस्तो उदारता विश्व प्रभुत्वको लक्ष्य राख्ने अमेरिकी आधिपत्यको हितमा थिएन । आफ्नो आम्दानी बाँड्ने तेल धनी राष्ट्र भेनेजुयलाको कदम साम्राज्यवादी परियोजनाका लागि खतरा रहेको थियो ।
भेनेजुयलाले कम आय भएका अमेरिकीहरूलाई समेत आफ्नो तेल बाँडेको थियो । दस वर्षदेखि भेनेजुएलाले गैरनाफामुखी नागरिक ऊर्जामार्फत हरेक जाडोमा २००,००० परिवारलाई निःशुल्क तेल उपलब्ध गराएको थियो ।
समाजवादी राष्ट्रहरूले विशेष गरी उत्तरी गोलार्ध (पुँजीवादी धनी देशहरूमा) एक जल्दोबल्दो खतराको उदाहरण प्रस्तुत गरेका छन् । भेनेजुयलाले गरिब मानिसहरूलाई उनीहरूको घर तातो बनाउन मद्दत गर्नु भनेको तिनीहरूको आफ्नै सरकारले पनि त्यस्तै गर्न सक्थे भन्ने प्रमाणित गर्नु हो । एउटा राष्ट्रको उदारताले यहाँ संरा अमेरिकामा परिवर्तनका मागहरू सिर्जना गर्न सक्थ्यो र अमेरिकी प्रशासन उखेलिने सम्भावना थियो ।
संरा अमेरिकाले भेनेजुयलाको विपक्षीसँग मिलेर रकम दाबी गरेको छ र अमेरिकास्थित चीट्गो कम्पनीको सम्पत्ति र शेयर अक्टोबर २२, २०२३ देखि लिलामी गर्ने भएको छ । भेनेजुयलाले आफ्नो देशको तेल कम्पनी चीट्गोलाई राष्ट्रियकरण गरेपछि अमेरिकी र क्यानाडेली पुँजीपति वर्ग निकै चिढिएका थिए । अहिले भेनेजुयाली सम्पत्तिहरूको डकैतीबाट लाभ उठाउन क्यानाडेली खानी कम्पनी क्रिस्टलेक्स र अमेरिकी तेल कम्पनी कोनोको फिलिप्स पनि उभिएका छन् । तर, लुटपाट गरी सम्पत्ति हडप्नु अपराधीको एकमात्र लक्ष्य होइन, प्रतिबन्धहरूको माध्यमले सरकारहरूलाई कमजोर पार्न र अशान्ति सिर्जना गर्नका लागि पनि हुन् । राष्ट्रपति चाभेज र मादुरोको सरकारले निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न तेलको आम्दानी उपयोग गरे । ल्याटिन अमेरिकाको चिल्ड्रेन्स कार्डियोलोजी अस्पताल कराकसमा अवस्थित छ र नामले नै स्पष्ट पार्छ कि यसले सम्पूर्ण ल्याटिन अमेरिकी क्षेत्रका बालबालिकाहरूको उपचार गर्छ ।
अहिले त्यस अस्पतालले अत्यावश्यक उपकरणहरूबिना शल्यक्रिया गर्न परिरहेको छ । किनभने संरा अमेरिकाले निशाना बनाएका देशहरूसँग व्यापार गर्ने साहस गर्ने कुनै पनि देशलाई समेत दण्ड दिन्छ । अमेरिकी प्रतिबन्धहरू अहिले अन्तर्राष्ट्रिय बनाइएका छन् र बाँकी विश्वलाई आफ्नो आक्रामकताको पछि लाग्न बाध्य पार्छन् । यदि उनीहरूले संरा अमेरिकाको निशानामा परेको देशलाई चिकित्सा उपकरण बेच्ने साहस गर्छन् भने ती देशहरूले आफ्नो सुरक्षालाई जोखिममा पार्छन् ।
चीट्गो कम्पनीको सम्पत्ति र आम्दानी चोरी भेनेजुयलाविरूद्ध प्रयोग गरिएको एक मात्र अस्त्र होइन । पाँच रिपब्लिकन सिनेटरहरूले भेनेजुयला डेमोक्रेसी एक्ट (भेनेजुयला प्रजातन्त्र ऐन) प्रस्ताव गर्दै त्यसलाई पारित गर्न लागिपरेका छन् । उक्त ऐनले भेनेजुयलामाथि थप प्रतिबन्धहरू लगाउन र ‘सङ्क्रमणकालीन सरकार’ लाई सहायता दिन आह्वान गर्दछ । अर्को शब्दमा, भेनेजुयलामा शासन परिवर्तन अझै वाशिङ्टनको एजेन्डामा छ ।
अमेरिकी एकपक्षीय आर्थिक जबरजस्ती उपायहरूअन्तर्गत पीडित धेरै राष्ट्रहरूमध्ये एक हो । क्युबा, इरिट्रिया, जिम्बाब्वे, सिरिया, इरान, उत्तर कोरिया र अन्य राष्ट्रका जनता चिकित्सा उपकरण वा प्रविधि वा खाना पाउन नसकेर पीडित छन् किनभने अमेरिकाले तिनीहरूलाई शत्रुु घोषित गरेको छ । संरा अमेरिकाले अर्को राष्ट्रलाई किन शत्रु बनाउँछ ? यो प्रश्नको जवाफ जटिल छैन ।
अमेरिकी आर्थिक, सैन्य वा कूटनीतिक प्रभुत्वको प्रतिरोध गर्ने कुनै पनि देश अमेरिकी आक्रमणको जोखिममा पर्छ । प्रश्न यो छ कि यदि संरा अमेरिकाका जनताले केही गर्ने हो भने चीट्गो कम्पनीका सम्पत्ति र शेयर लिलामी रोक्न सक्ने उपायहरू के छन् ? हामी कसरी यी आक्रामकताहरूबारे धेरै मानिसहरूलाई सचेत गराउन र त्यसपछि तिनीहरूकोविरूद्ध परिचालन गर्न सक्छौँ ।
अमेरिकी प्रभुत्व सुनिश्चित गर्नको लागि चालिएको प्रत्येक कदमले संरा अमेरिकाको पतनलाई गति दिन्छ किनकि बाँकी विश्वले वाशिङटनका कदमहरूबाट सुरक्षा खोज्छ । यस बीचमा अमेरिकाले डलरको प्रभुत्वलाई उपयोग गर्नेछ र यसको हित रक्षाका लागि ८०० वटा सैन्य आधारहरू विश्वभर फैलिएका छन् । भेनेजुयलाले धेरै वर्षदेखि गरिरहेको जस्तो प्रतिरोध गर्न हामीले पनि सक्छौँ ।
(मार्गरेट किम्बर्लीको लेख फ्रिडम राइडर स्तम्भअन्तर्गत साप्ताहिकरूपमा सार्वजनिक हुन्छ र व्यापकरूपमा अन्यत्र पुनः छापिन्छ ।)
– एम.आर. अनलाइनबाट
अनुवाद : प्रकाश
Leave a Reply