भर्खरै :

रोम्नी रायनको पक्षमा, वाल स्ट्रिट वर्ग युद्धको पक्षमा

रोम्नी रायनको पक्षमा, वाल स्ट्रिट वर्ग युद्धको पक्षमा

नोभेम्बरमा हुन गइरहेको राष्ट्रपतीय निर्वाचनका लागि प्रजातान्त्रिक पार्टी (The Republican Party) ले बाराक ओबामालाई चुनौती दिनका निम्ति आफ्नो प्रतिनिधि चयन गरेको छ । पार्टीले मिट रोम्नी (Mitt Romney) लाई चयन गरेको छ भने रोम्नीले उप–राष्ट्रपतिय निर्वाचनका लागि पाउल रायन (Paul Ryan) लाई चुनेका छन् । यसप्रकारको निर्णयले हाल वाल स्ट्रिट के चाहन्छ भन्ने प्रस्ट पारेको छ । गत अगस्ट ९ तारिखका दिन वाल स्ट्रिट पत्रिका (Wall Street Journal) ले रायनको सम्पादकीय प्रकाशित गर्याे । त्यसको दुई दिनपछि रोम्नीले रायनलाई चयन गरेको घोषणा ग¥यो ।
रायनलाई चयन गर्नुले रोम्नीको राजनीतिक स्थायित्वलाई बढावा दिन खोजिएको सङ्केत गर्दछ । वाल स्ट्रिट व्यापारिक केन्द्र सदैव कामदारको ज्याला कटौती गर्ने चाहना राख्दछ । त्यसैअनुसार रायनले पनि आफ्ना कार्य योजनाहरूमा कटौतीका कार्यक्रमहरू ल्याउने नीति लिएका छन् । लाखौँ जनताको भरोसाको रूपमा रहेका स्वास्थ्य तथा सामाजिक सुरक्षाजस्ता सामाजिक कार्यक्रमहरूमा कटौती गर्ने रायनले योजना निर्माण गरेका छन् ।
यसका साथै राष्ट्रिय ऋण तिर्नका लागि राष्ट्रिय ढुकुटीको प्रयोग गर्ने तथा त्यसै ढुकुटीबाट नै हाल चलिरहेका युद्धलाई आर्थिकरूपले सहयोग गर्ने, साथै विदेशमा कार्यरत आफ्ना सेना र स्वदेशमै कार्यरत सेना तथा प्रहरीहरूलाई पनि त्यसैबाट रकम प्रदान गर्ने रायनको योजना रहेको छ । यसप्रकारका कार्यहरूले यो देश विश्वमै युद्धपिपाशु देशको रूपमा चिनिन पुगेको छ । विश्वमा चलिरहेको युद्धहरूमा सहभागिता जनाएका कारण यस देशले धेरै ऋण बेहोर्नुपरेको छ । त्यसकारण, सम्पूर्ण अमेरिकी कामदार तथा दबाइएका जनताले यस्तो परिस्थिति सुधार्न के गर्नुपर्ला ? के अझै पनि यी दुई वटा पुँजीवादी पार्टीहरूमाथि भरोसा गरी यिनीहरूलाई मत प्रदान गरिरहने वा सम्पूर्ण कामदार र मजदुर जनताले यिनीहरूविरुद्ध बृहत् रूपको लडाइँ लड्ने भन्ने प्रश्न हाल निकै उठेका छन् । यी प्रश्नहरूको उत्तरको रूपमा कामदार जनताको बहुमत हुने स्थानहरू कारखाना, कार्यालय, विशाल बजारहरू, सडक, अस्पताल, विद्यालय तथा समुदायबाटै यो पुँजीवादीहरूविरुद्ध लाग्नुपर्दछ ।
रायनको आफ्नै राज्य विस्कनसिन (Wisconsin) मा भएको एक घटनाबाट पनि पुँजीवादीहरूले निकै ठूलो धक्का प्राप्त गरेका छन् । विस्कनसिनमा चलिरहेको मजदुर आन्दोलनमा त्यहाँका गभर्नरले आक्रमण गरेपछि त्यस आक्रमणको विरुद्धमा मजदुरहरूले अझ सशक्त आन्दोलन गरे । त्यस आन्दोलनबाट एक हप्तासम्म राज्यको राजधानी बन्द भयो । संरा अमेरिकी श्रमिक इतिहासमा हाल भइरहेको आन्दोलनमध्ये यो आन्दोलन निकै महत्वपूर्ण बन्यो । तर, त्यस्तो विरोध अलिकति मत्थर हुने बित्तिकै पुनः मालिकहरूको जगजगी चल्न थाल्यो । यसरी मजदुरहरूलाई मर्कामा पार्ने वाल्कर र रायनको तरिकाबाट नै शासकवर्गहरूले आफ्नो पनि भलाइ हुने ठाने ।
यसैबिच एकपटक युरोपको व्यवस्थातिर पनि हेरौ त्यहाँ पनि ठूलो महामन्दी (Great Depression) मा देखापरेको विश्वकै सबैभन्दा खराब पुँजीवादी आर्थिक सङ्कटबाट फाइदा उठाएका केही पुँजीवादीहरूको प्रभावमा परी त्यस्तै प्रकारले दक्षिणपन्थीहरूको राजनीतिक कार्यहरूले गर्दा हाल युरोपमा पनि वर्गसङ्घर्ष पुनः एकपटक सार्वजनिकरूपमा देखापरेको छ । यसप्रकारको अवस्थाले गर्दा हाल विश्वका सम्पूर्ण मजदुरहरू रक्षात्मक परिस्थितिमा रहेका छन् । किनभने विश्वका कुनै पनि मजदुर सङ्गठन शासक पक्षबाट शक्ति खोस्न सक्षम भइसकेका छैनन् । तर, पनि ठूल्ठूला पुँजीपति दबाबमा परी आफ्नै जनताविरुद्ध विभिन्न कठोर नीति–नियमहरू ल्याउने जर्मनेली पोर्तुगाली तथा स्पेनियाली सरकारका योजनाविरुद्ध तिनकै देशका कामदार जनताले आन्दोलन गरेका छन् । त्यस्तो आन्दोलनलाई ती देशका मध्यम वर्गिय जनताले पनि समर्थन गरेका छन् ।


ग्रीसको क्षेत्रमा हेर्ने हो भने त्यहाँका मजदुरहरूले निकै सशक्त आन्दोलन तथा प्रदर्शनहरू गरेपछि वामपन्थी धारको सिरिजा पार्टीले संसद्मा जित्न लागेको थियो । तर, निर्वाचनको समयमा विपक्षीहरूले केही जनतालाई भड्काउन सफल भएका कारण सिरिजा पार्टीले पराजित हुनुप¥यो । तर, ग्रीसेली सरकारलाई पहिलेका पुँजीवादी शासकहरूका कारण लागेको ऋणका कारण सरकार नै ढल्ने परिस्थिति आएपछि जर्मनीको नेतृत्वमा युरोपेली बैङ्कपतिहरू सरकारको ऋणसम्बन्धी मामिला केही खुकुलो पारिदियो । तर, यी बैङ्कपतिहरू ग्रीसको हालको सरकार ढल्ला भनेर किन यति डरायो ? किनभने ती पुँजीपतिहरूलाई थाहा छ, यदि ग्रीसेली सरकार ढलेमा बेरोजगारी र गरिबीको मारमा परेका जनता वर्गसङ्घर्षमा उत्रने छन् । यदि त्यस्तो सङ्घर्ष भएको खण्डमा त्यसको कान्तिकारी नेतृत्वले ती पुँजीपतिहरूलाई सखाप पार्नेछ । यसप्रकारको कुरा थाहा भएर तथा अरू कुनै उपाय नभएका कारण त्यस्ता बैङ्कपतिहरू ग्रीसेली सरकारलाई मदत गर्न तयार भए ।
धेरै मजदुर आन्दोलनहरू भएता पनि ती आन्दोलनहरू दक्षिणी युरोप र पूर्वी युरोपमा त्यति सक्रिय भएको छैन । ती क्षेत्रका अफ्रिकी–अमेरिकी जनता, आदिवासी तथा ल्याटिनी जनताहरूलाई आर्थिकरूपमा निकै भेदभाव हुँदै आएको छ र ती जनता निकै लामो समयदेखि कठिन परिस्थितिमा बाँच्दै आएका छन् । तर पनि कुनै परिवर्तनको झल्को देखिँदैन । यस क्षेत्रमा गरिबी बढ्दैछ तर रोजगारी बढेको छैन । रोजगार व्यक्तिहरूको ज्याला तथा सुविधाहरू पनि कटौती गरिएका छन् । त्यस्तै धेरै सङ्ख्यामा कामदारहरूलाई निकालिन लागिएको छ र त्यहाँका सरकार हरेक कुरामा कटौती गर्न थालेका छन् ।
संरा अमेरिकामा योभन्दा पनि बढी दुःखदायी परिस्थिति निम्तिने छ र यसको सङ्केतको रूपमा रायनको चयनलाई लिन सकिन्छ । आर्थिक सङ्कटबाट उत्पन्न भएका हरेक नकारात्मक प्रभावहरूलाई कामदार वर्गको भागमा राखिदिने योजना वालस्ट्रिटको छ । तर, उदारवादी पुँजीवादीहरू तथा तिनका राजनीतिज्ञहरूको कुनै पनि प्रकारको योजना छैन ।
संरा अमेरिकाको प्रजातान्त्रिक पार्टीले सन् २००८–२००९ मा देखिएको आर्थिक सङ्कटको सुरुवातदेखि नै वालस्ट्रिटका हरेक कुराहरू मान्दै आएको छ । यसबाट तिनीहरूले बैङ्कपतिहरूका निम्ति अब डलरको फाइदा गराएका छन् र त्यसकै खुसीयालीमा सर्वसाधारण जनताका अत्यावश्यक सुविधाहरूमा कटौती गर्न थालेका छन् ।
यसबिच हरेक कुरा (र व्यक्ति) दक्षिणपन्थीमा परिवर्तन भएका छन् । पहिले रायनद्वारा ल्याइएको स्वास्थ्यसम्बन्धी योजनालाई ‘दक्षिणपन्थी सामाजिक बनावट’ को नाम दिएका अनुदारवादी बुद्धिजीवी न्यूट गिन्जरिक (Newt Gingrch) पनि हाल आएर रायनको प्रशंसा गर्न थालेका छन् । उग्रवादी दक्षिणपन्थीका प्रवक्ता ग्लेन बेक (Glenn Beck) पनि हाल आएर रायनहरूको प्रशंसा गर्न थालेका छन् ।
दक्षिणपन्थी अपतिहरूले नव–फासीवादीहरूलाई ढाकछोप गर्नका लागि टी पार्टी (Tea Party) को गठन गरेको कुरा हामीले स्मरण गर्नुपर्छ । यसबाट ती नव–फासीवादीहरूलाई नयाँ परिचय प्राप्त भयो । त्यसपछि तिनीहरूले सम्पूर्ण राजनीतिक प्रणालीलाई नै दक्षिणपन्थी बनाउन निकै मेहनतका साथ कार्यहरू गरे ।
साम्राज्यवादी पुँजीवादीहरूलाई पराजित गर्नका लागि सामाजिक स्वतन्त्रताको आवश्यकता छैन । माया दिने नाममा गरिने थिचोमिचोका दिनहरू गए । यसप्रकारका थिचोमिचोको सामना वर्ग सङ्घर्षबाट मात्रै गर्न सकिन्छ । त्यसैकारण, अति धनाढ्यवर्गका उम्मेदवारलाई निर्वाचित गरी सरकारमा पठाएमा त्यसबाट साँचो सङ्घर्षमा विराम लाग्नेछ । साथै विश्वलाई बिस्तारै खोक्रो पार्दै गएका पुँजीवादी परजीवीहरूविरुद्ध गरिएका साँचो वर्गसङ्घर्षहरू बन्द हुनेछन् ।
– वर्कर्स वल्र्ड (Workers World-US)
(American Elections Romney picks Ryan, Wall Street want classwar)

The New Worker, 24 Aug, 2012
धु्रवतारा, पुस–माघ, २०६९

Leave a Reply

Your email address will not be published. Required fields are marked *