अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, २४ साउन । भक्तपुर नगरपालिकाले भक्तपुर नगर क्षेत्रका ठेला गाडा तथा अव्यवस्थित पसल हटाउन थालेको छ । सार्वजनिक सूचना जारी गरे पनि नगर क्षेत्रभित्र अव्यवस्थित रूपमा घुम्ती व्यापार व्यवसाय गर्दै आएका व्यवसायलाई भक्तपुर नगरपालिकाले हटाउन थालेको हो । अटेर गर्ने व्यवसायको ठेलासमेत जफत गरी नगर क्षेत्रका अव्यवस्थित फुटपाथलाई व्यवस्थित गर्न थालेको बुझिएको छ । बाराहीस्थान सूर्यविनायकबाट सुरु भएको ठेला हटाउने अभियानअन्तर्गत कमलविनायक, भाने र हाकुफो हिटीसम्म पुगेको छ । मङ्गलबार १५ वटा र आज १५ वटा गरी अहिलेसम्म ३० वटा ठेला पसलेहरू नियन्त्रणमा लिएको बुझिएको छ । नगर क्षेत्रको सडकपेटी र फुटपाथमा पसलको सामान राख्ने, साइकल, ठेलागाडा, गाडी, धावा पसल राख्ने र घुम्ती पसल व्यवसाय सञ्चालन कार्यले सर्वसाधारणको आवजावतमा अवरोध हुनुका साथै सवारी दुर्घटना हुनसक्ने भन्दै भनपाले पसले हटाउन थालेको होे ।
काठमाडाँैमा व्यवसाय प्रवद्र्धन गर्न नदिएपछि भक्तपुर आएर ठेला र साइकलमा व्यवसाय गर्नेहरूको माहोल बढेपछि र सार्वजनिक क्षेत्रमा सर्वसाधारणलाई आवजावत गर्न गाह्रो भएपछि सर्वसाधारणहरूको गुनासोको आधारमा नगरपालिकाले यो कदम चालेको जानकारहरू बताउँछन् ।
Leave a Reply