नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
कोमपाको आठौँ केन्द्रीय सैन्य आयोगको सातौँ विस्तारित बैठक सम्पन्न
प्योङयाङ, अगस्ट १० (केसीएनए) । कोरियाली मजदुर पार्टी (कोमपा) को केन्द्रीय सैन्य आयोगले कोरियाली प्रायःद्वीपको गम्भीर राजनीतिक र सैन्य अवस्थालाई ध्यानमा राख्दै युद्धका लागि सेनालाई अझ तयारी अवस्थामा राख्ने महत्वपूर्ण विषयमा छलफल गर्न विस्तारित बैठक बोलाएको छ ।
कोमपाको आठौँ केन्द्रीय सैन्य आयोगको सातौँ विस्तारित बैठक अगस्त ७ मा कोमपा केन्द्रीय समितिको कार्यालय भवनमा सम्पन्न भयो ।
कोमपाका महासचिव, कोमपाको केन्द्रीय सैन्य आयोगका अध्यक्ष एवं प्रजातान्त्रिक जन गणतन्त्र कोरिया (प्रजग कोरिया) को राज्य मामिला आयोगका अध्यक्ष किम जोङ उनले विस्तारित बैठकलाई मार्गदर्शन गर्नुभयो ।
बैठकमा कोमपाको केन्द्रीय सैन्य आयोगका सबै सदस्यहरू उपस्थित थिए भने कोरियन पिपुल्स आर्मी (कोजसे) सेवाका कमान्डरहरू, फ्रन्टलाइन बलका कमान्डिङ अफिसरहरू र महत्वपूर्ण कर्तव्यहरूको प्रभारी एकाइहरू र कोमपा केन्द्रीय समितिका सम्बन्धित विभागका प्रमुखहरू पर्यवेक्षकको रूपमा उपस्थित थिए ।
विस्तारित बैठकले कोरियाली प्रायःद्वीप तथा यसको वरपरको शान्ति र स्थिरतामा बाधा पु¥याउन र अस्थिरता निम्त्याउनमा मुख्य दोषीहरूको सैन्य चालहरूको विश्लेषण ग¥यो र तिनीहरूलाई पूर्णरूपमा रोक्नको लागि आक्रामक सैन्य प्रतिकार गर्ने योजनाहरूबारे निर्णय ग¥यो । बैठकले आफ्नो प्रमुख एजेन्डा (विषय) को रूपमा गहन रणनीतिक प्रतिरोधका साथ शत्रुको आक्रमणलाई बेअसर गर्न पूर्ण युद्धको तयारी गर्ने र आकस्मिक अवस्थामा एकैसाथ आक्रमणकारी सैन्य कारबाहीहरू सुरु गर्ने विषयमा पनि छलफल ग¥यो ।
बैठकले वर्तमान अवस्थामा शत्रु शक्तिहरू प्रजग कोरियाविरुद्धको आफ्नो लापरबाह सैन्य मुठभेडका झन्झन् प्रस्ट हुँदै गइरहेका छन्, त्यसैले कोरियाली जनसेनाले थप सकारात्मक, सक्रिय र अत्यधिक इच्छाशक्ति र युद्धका लागि पूर्ण स्तरको तयारी गर्न जरूरी रहेको निष्कर्ष निकाल्यो ।
बैठकले फ्रन्टलाइन एकाइहरूको परिचालन कार्यकारी क्षमताहरू विविधीकरण गर्न र थप विस्तृत परिचालन योजनाहरू नक्साङ्कन गर्नुका साथै सैन्य उपायहरूको पनि गहिरो अध्ययन र छलफल ग¥यो ।
छलफलको नतिजाको आधारमा, कोमपा केन्द्रीय सैन्य आयोगले विस्तारित र परिवर्तित परिचालन क्षेत्र र कोजसेको फ्रन्टलाइन एकाइहरूको योजनाहरूमा लागू हुने महत्वपूर्ण सैन्य कार्य दिशानिर्देशहरू जारी ग¥यो । बैठकले नयाँ रणनीतिक मिसन पूरा गर्न सक्रियरूपमा वास्तविक युद्ध अभ्यास गर्ने र जुनसुकै बेला अपरेसन योजनाहरू पूरा गर्न पूर्ण तयारी गर्ने क्रममा उत्पन्न हुने सैन्य र व्यावहारिक मुद्दाहरूमा पनि सर्वसम्मतिले निर्णय ग¥यो ।
बैठकमा सम्माननीय कमरेड किम जोङ उनले कोमपाको केन्द्रीय सैन्य आयोगले छलफल गरेको र निर्णय गरेको महत्वपूर्ण सैन्य उपायहरूको लिखित आदेशमा हस्ताक्षर गर्नुभयो ।
उहाँले कोरियाली प्रायः द्वीप र यसको वरपरको वर्तमान अवस्थाको सङ्क्षेपमा गहिरो विश्लेषण गर्नुभयो र कोजसेको युद्ध तयारीलाई आक्रामकरूपमा अगाडि बढाउने महत्वपूर्ण निष्कर्ष निकाल्नुभयो ।
बलियो सेना तयार गर्नु नै शत्रुको सैन्य बलको प्रयोगलाई पहिले नै रोक्ने र युद्ध सुरु भएमा त्यसका सबै प्रकारका आक्रमणलाई एकैपटक निष्प्रभावी पार्ने पार्टी केन्द्रीय समितिको सैन्य रणनीतिक योजना कार्यान्वयनको मुख्य आधार भएको बताउनुभयो । साथै युद्ध रोक्ने मिसन पूरा गर्न थप शक्तिशाली माध्यम सुरक्षित गर्न र चलायमान तरिकाले कारबाहीका लागि एकाइहरूमा खटाउने कामलाई निरन्तर तीव्रता दिन आह्वान गर्नुभयो ।
उहाँले लडाइँमा अधिकतम प्रभाव देखाउने सुनिश्चित गर्न नयाँ तैनाथ गरिएका अत्याधुनिक हतियार र उपकरणहरू कुशलतापूर्वक सञ्चालन गर्न सक्रियरूपमा वास्तविक युद्ध अभ्यास सञ्चालन गर्न र युद्ध लड्नका लागि कोजसेको क्षमता वृद्धि गर्न सबै देशभक्त जनतालाई लडाइँको लागि परिचालनको पोजिसन बनाएर युद्ध लड्नको लागि आह्वान गर्नुभयो ।
कोजसेलाई सैन्य प्रविधिको दृष्टिले बलियो बनाउन हतियार कारखानाको महत्वपूर्ण दायित्व रहेको बताउँदै उहाँले सबै हतियार औद्योगिक प्रतिष्ठानले आफ्ना कार्यकर्ताहरूको पूर्णपरिचालनलाई सुनिश्चित गर्न तथा पार्न विभिन्न हतियार र उपकरणको ठूलो मात्रामा उत्पादन गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
बैठकमा जनरल पाक सु इललाई प्रधानसेनापतिको पदबाट मुक्त गर्ने र भाइस मार्सल रि योङ गिललाई जनरल स्टाफको नयाँ प्रमुखमा नियुक्त गर्ने र अन्य पदमा केही प्रमुख कमान्डिङ अधिकारीहरू सरुवा वा नयाँ नियुक्ति गर्ने सङ्गठनात्मक विषयमा छलफल भएको थियो ।
बैठकले प्रजग कोरियाको ७५ औँ स्थापना दिवसको अवसरमा सफल मिलिसिया परेडको तयारी गर्ने विषयमा तथा देशको सशस्त्र सेनाले सामना गर्नुपर्ने महत्वपूर्ण कार्यहरूको श्रृङ्खलाबारे पनि छलफल गरेको थियो ।
Leave a Reply