नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
जापानी साम्राज्यवादीहरूको जानाजान कोरियामा विज्ञान, प्रविधि र उद्योगधन्दाको विकासमा ध्यान दिएनन् र कौडीको भाउमा वा सित्तैमा कोरियाको प्राकृतिक स्रोत दोहन र कच्चा पदार्थ जापान र मुक्ति आन्दोलनलाई दबाउन हातहतियार र सेना ओसार्नमा लान मात्र सीमित रेल–बाटो, सडक र उद्योेगहरू खोलेका थिए । त्यसमा पनि ९० प्रतिशत उद्योग, कल–कारखाना जापानी साम्राज्यवादीहरूको कब्जामा थियो भने बाँकी कोरियाका दलाल पुँजीपति र भरौटेहरूको कब्जामा थियो । दोस्रो विश्वयुद्धको समाप्तिपछि धेरै देशहरू अमेरिका, जापान र युरोपेली साम्राज्यवादीहरूको उपनिवेशबाट मुक्त भए तथा अरू औपनिवेशिक देशहरूमा मुक्ति आन्दोलनको उभार उठिरहेको थियो । त्यसो भएर साम्राज्यवादी देशहरूलाई उपनिवेशको माध्यमबाट प्रत्यक्ष कमजोर र अविकसित देशहरूमाथि शोषण र लुट गर्न सम्भव भएन । तिनीहरूले एकातिर स्वतन्त्र देशहरूलाई मान्यता दिई ‘सहायता’ को नाममा विश्व बैङ्क, एसियाली बैङ्क र अन्य विभिन्न कम्पनीहरूको माध्यमबाट ती देशहरूमाथि राजनीतिक र आर्थिकरूपले नियन्त्रण गरी शोषण र लुटलाई चालु राख्न नव–उपनिवेश नीतिलाई अघि बढाए । प्रजग कोरियाले कुनै पनि पश्चिमेली साम्राज्यवादी शक्तिराष्ट्र र अरूबाट ‘आर्थिक सहायता’, ‘ऋण’ लिएर उद्योग विकास गर्ने नीति अवलम्बन नगरी कोरियाली प्रविधि, कोरियाकै स्रोत–साधन, कोरियाकै वैज्ञानिक, बुद्धिजीवी, प्राविधिज्ञ र कोरियाली जनता र सेनामाथि पूर्ण विश्वास र भर गरी कोरियालाई औद्योगिक समाजवादी देशमा फर्ने नीति अवलम्बन ग¥यो । कोरियालीहरूको एउटा भनाइ छ – ‘उधारो लिनु दास बन्नु हो ।’ यस सम्बन्धमा किम इल सङले भन्नुभयो, “आत्मनिर्भरताको अर्थ उसले बनाएको यन्त्र प्रयोग गर्न अस्वीकार गर्नु होइन । यसको अर्थ अरूबाट सिक्ने कुराको विरोध गर्नु होइन – विदेशी सहयोगलाई पूर्णरूपले निषेध गर्नु पनि होइन । मुख्य कुरा के हो भने आत्मनिर्भरता कोरियाली जनताका आर्थिक गतिविधिहरूलाई मार्गनिर्देश गर्ने आधारभूत सिद्धान्त हुनुपर्छ ।”
सन् १९४६ अगष्ट १० को दिन ‘सबै उद्योग, कलकारखानामा मजदुरलाई’ भन्ने नारामा उद्योग, यातायात, सञ्चार, बैङ्क, आदि राष्ट्रियकरण गर्ने कानुनको घोषणा भयो । त्यसअनुसार जापानी साम्राज्यवादी दलाल पुँजीपति, विश्वासघाती र राष्ट्रघातीहरूको सम्पूर्ण व्यवसाय, खानी, विद्युत केन्द्र, रेलमार्ग, यातायात, सञ्चार, बैङ्क, व्यापार र सांस्कृतिक प्रतिष्ठानहरूविना कुनै क्षतिपूर्ति जफत गरिए र कोरियाली मजदुर, कोरियाली जनता र राष्ट्रको स्वामित्वमा गाभिए । प्रजग कोरियाका सर्वहारा मजदुरवर्ग पूर्णरूपले उत्पादनका साधनहरूका मालिक भए । यद्यपि, पुँजीवादी स्वामित्वलाई पूर्णरूपले समाप्त गरिएनन् । राष्ट्रिय र देशभक्त पुँजीपतिहरूको सुरक्षा र सम्पत्तिको संरक्षण गर्ने कुनै कानुन नै प्रस्ट पारियो । यसबाट निजी व्यापारीहरू व्यापार–व्यवसायमा राम्रो गर्न उत्साहित भए । राष्ट्रिय अर्थतन्त्रको पुनःरुत्थान र विकासमा योगदान पु¥यायो । तिनीहरूलाई बैङ्कबाट ऋण दिलाउने व्यवस्था पनि भयो । यसबाट उद्योग र व्यापारको विकासमा ठूलो सघाउ पुग्यो । यसैबेला तिनीहरूलाई बढी नाफा खाने र मजदुरहरूको शोषण गर्न नपाउने गरी नियन्त्रणमा राखिए । सन् १९४६ जून २४ को दिन मजदुर र कर्मचारीहरूको कार्य अवस्थामा आमूल प्रगति गर्न ‘श्रम कानुन’ को घोषणा भयो । त्यसअनुसार ८ घण्टा काम, भूमिगत र जोखिमपूर्ण श्रम गर्नुपर्ने खानीहरूमा ७ घण्टा काम, महिला र पुरुषलाई समान ज्याला, ७७ दिन सुत्केरी बिदा, बालश्रमको निषेध, सामाजिक बीमा, श्रमको सुरक्षा, स्वास्थ्यको रक्षा आदि सुविधाहरू प्रदान गरिए ।
समाजवादी क्रान्तितर्फ सङ्क्रमण र प्रजग कोरियाको स्थापना
जर्मनी, बेलायत, फ्रान्सजस्ता युरोपेली विकसित पुँजीवादी देशहरूको सेरोफेरोमा रहेर कार्ल माक्र्स र एङ्गेल्सले सर्वहारावर्गद्वारा पुँजीवादी शासन यन्त्र ध्वस्त पारी सत्ता कब्जा भएपछि पुँजीवादबाट समाजवादको सङ्क्रमणको अवधि छोटो हुने भनी गर्नुभएको व्याख्या र विश्लेषण र लेनिनले रुसको वस्तुस्थितिको अध्ययन गरी अर्ध सामन्ती र अर्ध पुँजीवादी रुसमा समाजवादसम्मको सङ्क्रमणकालीन अवधि लामो हुने भनी गर्नुभएको व्याख्या विश्लेषण सही थियो । त्यसैगरी, किम इल सङले कोरियाको परिवेशमा औपनिवेशिक र सामन्ती राज्य व्यवस्था र अति पिछडिएको कोरियामा समाजवादमा पुग्ने सङ्क्रमणकालीन अवधि अझ लामो हुने भनी गर्नुभएको व्याख्या र विश्लेषण उत्तिकै सान्दर्भिक थियो ।
१९४५–१९४६ को समयमा समाजवादउन्मुख स्वाधीन मजबुत अर्थतन्त्रको जग हाल्ने काम भयो । त्यसपछि समाजवादमा पुग्ने सङ्क्रमणकालको पहिलो चरणमा साम्राज्यवादविरोधी, सामन्तवादविरोधी प्रजातान्त्रिक क्रान्तिको माध्यमबाट निजी स्वामित्वमा आधारित उत्पादनका सबै साधनहरूलाई हटाउने, शोषण, दमन र गरिबीको सामाजिक स्रोतहरूलाई पूर्णरूपले उन्मूलन, श्रमिक जनतालाई स्वाधीन र सृजनशील जीवनको लागि छिटोभन्दा छिटो आर्थिक र सांस्कृतिक क्षेत्रमा विकास आदि कार्यहरू गर्नुपर्ने बाँकी थियो । त्यसैगरी, उत्पादन सम्बन्धको समाजवादी रूपान्तरण र निरन्तरको क्रान्ति र निर्माणको माध्यमबाट वर्गविहीन समाजको निर्माण गर्न सबै किसिमका वर्ग विभेद पनि त्यसै अवधिमा पूरा गरिने भयो । समाजमा एकजना पनि शोषक नभएपछि र मजदुर र किसानबीचको भेद हटेपछि मात्र समाजवादको पूर्ण विजय हुन्छ । यसै सिलसिलामा आधुनिक प्रविधिहरूबाट युक्त विभिन्न क्षेत्रमा विकसित अर्थ–व्यवस्था, कोरियाकै प्राकृतिक स्रोत र आफ्नै प्रयत्नबाट देशका आवश्यकताहरूलाई पूरा गर्ने साधनहरू उत्पादन गर्न सक्षम अर्थतन्त्रको विकासमा जोड दिइयो । राज्य नियन्त्रित अर्थतन्त्रको प्रमुख भूमिकामा सहकारी र निजी अर्थव्यवस्थालाई अघि बढाइयो । समय अनुकूल भएपछि निजी अर्थ व्यवस्थालाई राज्य नियन्त्रित अर्थ व्यवस्थामा रूपान्तरण गर्ने नीति लिइयो । श्रमिक जनताका विभिन्न राज्यको भूमिकालाई अघि बढाउने अनि सहयोगी पार्टीहरूसँगको संयुक्त मोर्चालाई झन्झन् बलियो बनाउने आधारमा आर्थिक निर्माणमा सहभागी हुन इच्छुक जनसमुदायका विभिन्न हिस्साहरूलाई समेट्ने कार्यमा निकै ध्यान पु¥याइयो । जापानी साम्राज्यवादीहरूले चोङ जिर्न फलाम कारखाना र सुपुङ विद्युत् केन्द्र ध्वस्त पारेका थिए । प्योङयाङ रासायनिक उद्योगलगायत ४७ ओटा ठूल्ठूला उद्योग र व्यवसायहरूको मुख्य मुख्य ज्यासल र उत्पादन सुविधाहरूलाई ध्वंश वा आगो लगाएर ध्वस्त पारेका थिए । यस्तो कठीन अवस्थामा पनि पार्टीको निर्देशनमा कृषि औजार र बालबालिकाहरूका लागि सीसाकलम उत्पादन गरिए । किम इल सङ आफैँ ह्वाङ हाइ फलाम कारखाना (Hwang Hae Iron Works) र अन्य मुख्य मुख्य उद्योग, कोइलाखानी र विद्युत् केन्द्रहरूको स्थलगत निरीक्षणमा जानुभयो । उहाँले मजदुरहरूलाई राष्ट्रिय अर्थतन्त्रको योजनालाई पूरा गर्ने विशिष्ट तरिकाहरूबारे प्रस्ट पार्नुभयो† उत्पादनलाई बढाउन उत्प्रेरित र उत्साहित गर्नुभयो, जटिल समस्याहरूको गाँठो फुकाइदिनुभयो । उहाँले तिनीहरूको राम्रो हेरचाह गर्नुभयो । उहाँ विकट पहाडी इलाका गाउँहरूमा गई त्यहाँका गाउँले किसानहरूलाई पहाडमा अझ राम्रो खेती गर्ने, पहाडको उपयोग गर्ने तौर–तरिकाहरू सिकाउनुभयो । यसलाई कोरियामा ‘सुवर्ण पहाड’ को नयाँ इतिहासको शुभारम्भ भनिन्छ । विभिन्न कृषि र औद्योगिक अभियानहरू थालिए । यस अभियानमा २,२०० (दुई हजार दुई सय) उद्योगहरू समेटिए भने ५ लाख मजदुरहरू परिचालित भए । राज्यबाट सञ्चालित उद्योगहरूको उत्पादन १०२.५ प्रतिशत पुग्यो । कृषिमा बीउ रोपेको क्षेत्र (Sowing Area) ०.५ प्रतिशत पुग्यो । यो प्रतिशत १९४६ को भन्दा बढी थियो । १ लाख ८० हजार टन गहुँ फल्यो । अघिल्लो वर्ष १९४६ को भन्दा यो बढी नै थियो । रेलमार्गको योजना १३८ प्रतिशतले बढ्यो । रेलमार्गको भाडा महसुल अघिल्लो वर्षको भन्दा २.५ गुणाले बढ्यो । ४० प्रतिशत दरले विद्यालयहरूको सङ्ख्या बढ्यो र विद्यार्थीको सङ्ख्या ३० प्रतिशतभन्दा बढीले बढ्यो । १७ ओटा नाटक कम्पनीहरू र ८ ओटा सङ्गीत विद्यालय र थुपै्र अस्पताल र क्लिनिकहरू खुले । यसरी १९४७ को राष्ट्रिय आर्थिक योजना पूर्णरूपले सफल भयो ।
१९४७ को आर्थिक प्रगतिको मजबुत जगमा टेकेर १९४८ को राष्ट्रिय आर्थिक योजनाले उद्योगको औपनिवेशिक असन्तुलनलाई हटायो । उद्योग, कल–कारखानाहरूमा आवश्यक साधनहरूको निर्माण गरियो । मेसिन, औजार, जगेडा पूजा, दैनिक उपभोग्य वस्तुहरूको निर्माण थालनी भयो । जापानी साम्राज्यवादले ध्वस्त पारेको उद्योग र व्यवसायहरूको पुनःस्थापना गरियो । कृषिको क्षेत्रमा विशेषगरी गहुँ उत्पादनमा जोड दिइयो । हल्का उद्योगलाई आवश्यक कच्चा पदार्थ आपूर्तिको लागि औद्योगिक बालीनालीमा ध्यान पु¥याइयो । १९४८ को वर्षमा ६ लाख टन अन्न उत्पादन भयो । यो परिमाण अघिल्लो वर्षको भन्दा निकै धेरै थियो । राज्य र सहकारीका क्षेत्रहरू १०२ प्रतिशतले पूरा भयो । कुल औद्योगिक उत्पादन १९४७ को भन्दा ५०.६ प्रतिशतले बढ्यो । १९४७ र १९४८ को दुई वर्षीय आर्थिक योजनामा सफलतापूर्वक सम्पन्न भयो ।
साम्राज्यवादीहरूको कठोर दमनको बाबजुद दक्षिणमा निर्वाचन भइछाड्यो । ऐतिहासिक उत्तर–दक्षिण आम निर्वाचन हुँदा ६७ लाख ७३ हजार ४०७ मतदाताहरूले भाग लिए । यो सङ्ख्या ७७. ५२ प्रतिशत हो । यसले १ हजार ८० जना जनप्रतिनिधिहरूलाई सर्वोच्च जनसभामा चुन्यो । जननिर्वाचित प्रतिनिधिहरू उत्तर कोरियाको हाय्जु (Haeju) मा भेला भए र दक्षिण कोरियाका जनप्रतिनिधिहरूको सर्वोच्च जनसभाको लागि प्रतिनिधिको चुनाव अगस्ट २१ देखि २६ सम्म भयो । दक्षिण कोरियाको कुल जनसङ्ख्यामा ५० हजारमा १ जनाको अनुपातमा गुप्त मतदानबाट ३६० जना प्रतिनिधि निर्वाचित भए । सन् १९४८ सेप्टेम्बर २ को दिन प्योङयाङमा सर्वोच्च जनसभाको पहिलो ऐतिहासिक बैठक बस्यो । त्यसमा उत्तर र दक्षिणबाट ५७२ जना प्रतिनिधिहरू छानिए । किम इल सङ मन्त्रिमण्डलको प्रधानमन्त्री एवम् राष्ट्र प्रमुखमा निर्वाचित हुनुभयो । १९४८ सेप्टेम्बर ९ को दिन उहाँले सारा संसारको अगाडि प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको घोषणा गर्नुभयो र प्रजग कोरियाली सरकारको योजना प्रस्तुत गर्नुभयो । यसले के स्पष्ट के देखाउँछ भने प्रजग कोरियाले सिङ्गो कोरियाको प्रतिनिधित्व गर्छ । यसले उत्तर कोरियाको मात्र प्रतिनिधित्व गर्छ भन्ने होइन ।
सन् १९४९ र १९५० दुुईवर्षे आर्थिक योजनाले १९४४ को क्रान्तिभन्दा अगाडिको उत्पादन तहभन्दा कता हो कता सबै क्षेत्रमा धेरै अघि बढ्ने लक्ष्य लियो । १९४९ मा राज्यबाट सञ्चालित उद्योग ४३.२ प्रतिशतले बढाउने र १९५० मा ९४.१ प्रतिशत बढाउने योजना बनाइयो । सिँचाइ आयोजनालाई विस्तार गरेर सन् १९५० मा गहुँको उत्पादन ३० लाख टन पु¥याउने तयारी भयो । यो भनेको १९४८ को भन्दा ७.९ प्रतिशत वृद्धि थियो । यो २ वर्षे आर्थिक योजना पनि पूर्णरूपले सफल भयो ।
सन् १९५०–१९५३ को कोरिया युद्धको ३ वर्षको अवधिमा उद्योग, हातहतियार निर्माण, कृषि र युद्धलाई सँगसँगै भूमिगतरूपले अघि बढाइयो । अमेरिकी साम्राज्यवादीहरूले उत्तर कोरियाको प्रत्येक एक वर्ग किलोमिटरमा १८ ओटा बम खसाले । सबै सहर र गाउँ बस्तीहरू पूर्णरूपले ध्वस्त भयो । त्यसैगरी उद्योग, कृषि, रेलमार्गलगायत राष्ट्रिय अर्थतन्त्रका सबै शाखाहरू र शैक्षिक र सांस्कृतिक क्षेत्रका सबै प्रतिष्ठानहरू ध्वस्त बनाइए । ८,७०० ओटा उद्योग र व्यवसायहरू पूर्णरूपले खरानी बनाइए र औद्योगिक उत्पादन ६४ प्रतिशत, विद्युत् २६ प्रतिशत र कोइला ११ प्रतिशत र फलाम उत्पादन १० प्रतिशतले घट्यो । कृषि उत्पादन ७६ प्रतिशतले घट्यो । आवास गृहहरूको कुल क्उबअभ ायियच २ करोड ८० लाख वर्गमिटर, ५ हजारभन्दा बढी विद्यालयहरू, १ हजारभन्दा बढी अस्पताल र क्लिनिकहरू २६० ओटाभन्दा बढी नाचघर र चलचित्र घर र हजारौँहजार सांस्कृतिक र जनकल्याण प्रतिष्ठानहरू धुलोपिठो पारिए । जम्माजम्मी ४२०,००० मिलियन वोन (पुरानो पैसा) अर्थात् राष्ट्रिय अर्थतन्त्रमा क्षति भएको थियो । युद्धको इतिहासमा यहाँसम्मको सर्वनाश भनेको साँच्चि नै अभूतपूर्व थियो । अमेरिकी साम्राज्यवादीहरूले त कोरिया अब १०० वर्षमा पनि आफ्नो खुट्टामा उभिन सक्दैन भनेका थिए । कोरियाप्रति सहानुभूति राख्ने धेरै धेरै मान्छेहरूले युद्धपछि कोरियाली कम्युनिस्टहरूले कृषि र उद्योगको पुनःनिर्माण, समाजवादी निर्माण र क्रान्तिलाई अघि बढाउनेछन् भन्ने कुरामा शङ्का गरे ।
युद्ध पछिको युद्धविराम सम्झौताबाट सृजित शान्तिको अवधिमा समाजवादी निर्माण र क्रान्तिलाई पुनः अघि बढाउन आफ्ना देश, आफ्नो जनता र आफ्नो ताकतमा विश्वास नगरी अन्य शक्ति राष्ट्र र ठूलो देशको मुख ताक्ने चाकडी–चाप्लुसीवाद, अन्य देशको अनुभव र पहिल्यै निर्मित सिद्धान्तका प्रस्तावनाहरूलाई सूत्रको रूपमा जस्ताको त्यस्तै लागू गर्न खोज्ने हठवाद, कम महत्वको कुरालाई एकोहोरो महत्व दिई फुटलाई जोड दिने गुटबन्दी, दूरगामी असरको कुनै विचार नगरी अहिलेको मात्र सानो स्वार्थ र फाइदालाई महत्व दिने अवसरवाद अनि समाजवाद–साम्यवादको सार र मर्मलाई समाप्त पार्ने संशोधनवादविरुद्ध छिनोफानो गरी सङ्घर्ष गर्नु आवश्यक थियो । त्यसो नगरेमा समाजवादी निर्माण र क्रान्तिलाई अघि बढाउन असम्भव थियो । त्यसैगरी, युद्धविराम सम्झौताले शान्ति कायम गर्न नसक्ने र तुरुन्त युद्ध सुरु हुने भएकोले समाजवादी निर्माणमा ध्यान दिनुहुन्न भन्ने प्रवृत्ति र युद्धविराम सम्झौताले शान्ति कायम गर्ने हुनाले युद्धको तयारीमा ध्यान नदिइकन विकास कार्यमा लाग्नुपर्ने भन्ने प्रवृत्ति विद्यमान थिए । यी दुई गलत प्रवृत्तिहरूको पनि विरोध गर्नु थियो । समाजवाद निर्माण र क्रान्ति अघि बढाउने र युद्धको तयारी एकसाथ गर्नु थियो । सन् १९४३ अगस्टमा कोरियाली मजदुर पार्टीको केन्द्रीय समितिको छैटौँ पूर्ण बैठक बस्यो । त्यस बैठकले आर्थिक निर्माणको कार्यदिशा सम्बन्धमा सुस्पष्ट व्याख्या ग¥यो । यसबाट जनतालाई पुनःनिर्माण र समाजवादी आर्थिक निर्माण कहाँबाट सुरु गर्ने र कुन कुन कुरालाई प्राथमिकता दिने मार्गनिर्देशन भयो । त्यस बैठकमा किम इल सङले भन्नुभयो, “युद्धपछिको आर्थिक निर्माणमा हामीले पुनःनिर्माण र हल्का उद्योग र कृषि विकाससँगै भारी उद्योगको विकास गर्ने कार्यदिशालाई प्राथमिकता दिनुपर्छ । यसो गर्नाले मात्र छोटो अवधिमै हामी हाम्रो देशको आर्थिक जगलाई मजबुत पार्न र जनताको जीवनस्तरमा प्रगति गर्न सक्षम हुनेछौँ ।” १९५३ देखि १९५६ सम्मको तीन वर्षीय योजनामा २४० भन्दा बढी ठूल्ठूला उद्योग र व्यवसायहरूको पुनःनिर्माण गरिए र ८० ओटाभन्दा बढी आधुनिक उद्योग र व्यवसायहरू निर्माण गरिए । ३ हजार ओटा पसलहरू पुनःनिर्माण वा नयाँ स्थापना गरिए । ४७ लाख वर्गमिटरको कुल Floor Space को आवास गृहहरूको निर्माण भयो । सन् १९४५ मा भन्दा यस अवधिमा औद्योगिक उत्पादन १.५ गुणा र अन्न उत्पादन १.२ गुणाले वृद्धि भयो । १९५९ सम्ममा उद्योगहरूको जम्माजम्मी सङ्ख्या १० हजार पुग्यो । अमेरिकी साम्राज्यवादीहरूले ‘हवङहारा फलाम कारखाना कोरियालीहरू आफैँले सञ्चालनमा ल्याउन, हुङनाम मल कारखानाको Hungnam Fertilizer Factory पुनःनिर्माण र त्यसबाट Ammonium Sulphate उत्पादन गर्न २५–३० वर्ष लाग्ने भनी बर्बराएका थिए । तर, नेता र पार्टीको स्थलगत निरीक्षण, निर्देशन र अगुवाइमा छोलिमा भावना र स्वयम् सेवा भावनाबाट प्रेरित भई १ वर्षभित्रमै ती फलाम कारखाना र मल कारखानाबाट प्राविधिज्ञ र मजदुरहरूले उत्पादन सुरु गरे । छोलिमा भनेको कोरियाली भाषामा १ दिनमा १ हजार उड्ने वायुपङ्खी घोडा हो । छोलिमा भावना भनेको कामलाई तीव्रता दिनु हो । स्वयम्सेवा भावना भन्नाले पैसाको प्रेरणाबाट नभइकन क्रान्तिकारी उत्साह र सृजनात्मक अगुवाइमा अघि बढ्ने भावना हो । यस किसिमको समाजवादी निर्माण र क्रान्तिबाट ३ वर्षको अवधिमा सामानको मूल्य सालाखाला ५४ प्रतिशतले घट्यो र जनतालाई अर्बौँ अरब ओनको फाइदा भयो । मजदुरहरूको ज्याला ५८ प्रतिशतले बढ्यो । श्रमिक जनताको सामाजिक र सांस्कृतिक स्तर उठाउनको लागि मात्र २९ हजार ५०० मिलियन वन लागत परेको थियो । राज्यले २६ लाख टनभन्दा बढी खाद्यान्न र बीउबिजन, ६ हजार मिलियन वन ऋण प्रदान गरेको थियो । युद्धको बेलाको ऋण ९० हजार टन तिर्नुपर्ने अन्नको कर र किसानहरूको १ हजार ४ सय मिलियन वन बैङ्क आममाफी गरियो । २ लाख गरिब किसान घर–परिवारको जीवनस्तर मध्यम किसानहरूको जीवनस्तरमा पुग्यो । १ करोड ३४ लाख वर्गमिटर क्षेत्रफल ओगटेको आवास गृहहरूको निर्माण भयो । ५१ लाख वर्गमिटरको आवासगृह निर्माणमा राज्यले खर्च गरेको थियो । सहर र गाउँमा धेरै हदसम्म आवासको समस्या हट्यो । ५,४५५ ओटा विद्यालयहरूको पुनःस्थापना भयो । त्यसमा ३८२ ओटा युद्धभन्दा अघिका थिए । सन् १९५६ बाट प्राथमिक शिक्षालाई अनिवार्य गरियो । यसरी गाउँ र सहरमा शिक्षा, कला–संस्कृति र जनस्वास्थ्यमा उल्लेखनीय प्रगति भयो ।
स्रोत : ‘मजदुर किसान’, साउन–भदौ, २०७०
Leave a Reply