लोकतन्त्र भनेको ‘एल्गोरिदमतन्त्र’ होइन, न त ‘मिदासतन्त्र’ नै हो !
- बैशाख २८, २०८३
काठमाडौँ, साउन २९ । प्रतिनिधिसभाको बैठक सोमबार दिउँसो १ बजे बोलाइए पनि ३ बजे सुरु भएलगत्तै नेपाल मजदुर किसान पार्टी, एमाले, नेकाका सांसदले समसामयिक विषयमा बोल्न सभामुखको ध्यानाकर्षण गराउनुभयो ।
सभामुख देवराज घिमिरेले नेकाका सांसद सुनिलकुमार शर्मालाई बोल्न समय दिनुभयो । शर्माले निर्दोष र निहत्था भए पनि साउन २५ गते आतङ्कारी प्रम र गृहमन्त्रीको आदेशमा आफूलाई पक्राउ गरिएको उल्लेख गर्दै आफ्नो रिहाइको निम्ति आवाज उठाउने सबै सांसद र तारेखमा छाड्ने न्यायालयलाई धन्यवाद दिनुभयो । (सांसद शर्मालाई शैक्षिक प्रमाणपत्र नक्कली बनाएको आरोपमा पक्राउ गरिएको थियो ।)
दोस्रो विश्वयुद्धमा नाजी जर्मनीको हारपछि पादरी मार्टिन नियमोलरले लेखेको ‘सुरुमा तिनीहरू आए’ कविता सांसद शर्माले यसरी वाचन गर्नुभयो –
“पहिला तिनीहरू कम्युनिस्टविरुद्ध आए
म बोलिनँ, किनभने म कम्युनिस्ट थिइनँ
तिनीहरू समाजवादीविरुद्ध आए,
म बोलिनँ, किनभने म समाजवादी थिइनँ
लगत्तै तिनीहरू ट्रेड युनियनवादीहरूविरुद्ध आए
म बोलिनँ किनभने म ट्रेड युनियनवादी थिइनँ
त्यसपछि तिनीहरू यहुदीहरूविरुद्ध आए
र म बोलिनँ, किनभने म यहुदी थिइनँ
अन्ततः तिनीहरू मेरैविरुद्ध आए
त्यसबेला मलाई बचाउने कोही थिएन”
जर्मनी पादरी मार्टिन सुरुमा नाजी समर्थक थिए । पछि नाजीहरूले नै उनलाई जेल थुने । त्यसबेला कोही उनको पक्षमा बोलिदिने भएन । सांसद शर्मा पनि नेकाका हुन् । नेकाको समर्थनमा सरकार छ, त्यही सरकारले सांसद शर्मालाई थुन्यो ।
सांसद शर्माले आफ्नो भनाइ राख्नुभयो, “साउन २५ गते दिउँसो २ः१५ बजे सीआईबीका २ जना प्रहरी घर आएर बिना पुर्जी गिरफ्तार गरी एम्बेसडर होटल लाजिम्पाटसँगैको ठूलै घरमा एक्लैलाई राखिएको, ५ः५२ बजेमात्र पक्राउ पुर्जी दिइएको, सञ्चारमाध्यमसँग बोल्न माग्दा हातपात गरिएको र राति ८ बजे सीआईबीको कार्यालय प्रहरी तालिम केन्द्रमा सुन तस्करीमा संलग्न भएकाहरूसँग राखिएको, घरको खाना खान नदिए अन्डरवेयर मात्र लगाई नाङ्गै आमरण अनसन बस्ने बताएपछि घरको खाना खान दिइएको थियो ।”
आफूले सुन तस्करमा नैतिकरूपमा संलग्नहरूको सदनमा राजीनामा मागेपछि आफूलाई गिरफ्तार गरेको उल्लेख गर्दै सांसद शर्माले प्रम र गृहमन्त्री आतङ्कवादीहरूको सरकारको नेतृत्व गर्छन् कि प्रजातान्त्रिक सरकारको नेतृत्व गर्छन् भनी प्रश्न गर्नुभयो ।
(लगत्तै माओवादीका प्रमुख सचेतक सांसद हितराज पाण्डेले नियमापत्ति गर्नुभयो ।) सांसद शर्माले आफूले बोलिसकेपछि नियमापत्ति गर्न पाउने उल्लेख गर्दै पक्राउनेहरू सांसद पाण्डेकै नेता भएको स्पष्टसँग राख्नुभयो । सांसद शर्माले आफूलाई आतङ्ककारीलाई जस्तो गिरफ्तार गर्ने गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा नआएमा संसद्मा आमरण अनसन बस्ने दोहो¥याउनुभयो । सांसद शर्माले बोलिरहँदा एमालेका अधिकांश सांसदहरू आ–आफ्नो स्थानमा उभिएर बसेका थिए ।
ततपश्चात् सभामुख घिमिरेले एमालेका सांसद मानवीर राइलाई बोल्न दिनुभयो । (माओवादीका अधिकांश सांसदहरू आ–आफ्नो स्थानमा उभिएर नियमापति गर्नुभयो ।) माओवादीका सांसद हितराज पाण्डेले सांसद शर्माले प्रमलाई आतङ्ककारीको आरोप लगाएको रेकर्डबाट हटाउन माग गर्नुभयो । सभामुख घिमिरेलाई पाण्डेको भनाइ नियमापति नभएको तर ध्यानाकर्षण भएको बताउनुभयो ।
एमालेका सांसद राईलाई पुनः बोल्न दिइयो । सांसद राईको भनाइ नटुङ्गिँदै सभामुख घिमिरेले शून्य समयको कार्यक्रम सुरु हुने घोषणा गर्नुभयो ।
तत्पश्चात् नेमकिपा, रास्वपा र जनमतका सांसदहरूले समसामयिक विषयमा बोल्न आफूहरूलाई समय दिनुपर्ने दोहो¥याउनुभयो । एमालेका सांसदहरूले सुन तस्करहरूलाई कारबाही गर्नुपर्ने नारा पुनः लगाउनुभयो ।
सभामुख घिमिरेले अन्य पार्टीका सांसदहरूलाई बोल्न दिनुभएन र बैठक भदौ ३ गते दिउँसो १ बजेको लागि स्थगित गर्नुभयो ।
Leave a Reply