भर्खरै :

संरा अमेरिका मुखौटो उत्रेको एक लुटेरा

संरा अमेरिका मुखौटो उत्रेको एक लुटेरा

पेइचिङ । अधिकांश साहित्यिक कृतिहरूमा लुटेराहरूलाई प्रायः मुखौटो लगाएर प्रतिष्ठित व्यक्तित्व बनिरहेको रूपमा चित्रण गरिन्छ । लुटपाटका कार्यहरूमा मुखौटो लगाउनु पछाडिको तर्कले सबैभन्दा निर्दयी र द्वेषपूर्ण व्यक्तिले पनि सामाजिक मान्यताहरूप्रति आधारभूत श्रद्धा कायम राख्छ मुखौटो हटाइदिएपछि आफ्नो अनुहारमा केही शर्मको भावना देखाउँदछ ।
यद्यपि, सिरियाजस्ता देशहरूमा वासिङ्गटनको तेल र स्रोत लुट्ने कार्यहरू वर्णन गर्दा, मुखौटा लगाएको लुटेराको परम्परागत छवि यसको व्यवहारसँग मेल खाँदैन ।
संयुक्त राज्य अमेरिकाले गरेको डकैती सारमा परम्परागत डकैतीहरूबाट थोरै मात्र भिन्न छः यसले धोका दिन्छ, चोरी गर्छ र लुटपाट गर्छ । एउटा भिन्नता यो हो कि संरा अमेरिकाले विरलै शान्तिपूर्वक केही नगरी बस्ने गरेको छ । उसले अन्तिममा आएर मुखौटो उतार्छ र लुटपाट गर्नको लागि कुनै पोशाक पनि लगाउँदैन र आफ्नो प्रभुत्व स्थापित गर्न झण्डा उठाउँछ ।
यदि तपाईंले वासिङ्गटनको निन्दनीय व्यवहारको उपयुक्त दृष्टान्त फेला पार्नुभयो भने कुनै आश्चर्य हुने छैन बरु स्तब्ध पार्ने एउटै कुरा लुटेराको मुखौटा उत्रेको मात्र देख्नुहुनेछ ।
सिरियाको राष्ट्रिय समाचार एजेन्सी – सानाको रिपोर्टअनुसार अमेरिकी सेनाले सिरियाको उत्तरपूर्वी प्रान्त हसकाहबाट ठूलो मात्रामा गहुँको दाना र तेल इराकमा रहेका आफ्ना अड्डाहरूमार्फत चोरी गरी अवैधरूपमा ढुवानी गरेको छ । अझै पनि अमेरिकी सेनाले लामो समयदेखि सिरियामा तेल र अन्य स्रोतहरू चोर्न ट्रकका काफिला (ट्रकको लामो लाइन) प्रयोग गर्दै आएको छ ।

अफगानिस्तानको हेलमान्ड प्रान्तको साङ्गीनमा अमेरिकी हवाई हमलाले ध्वस्त आफ्नो घरको भग्नावशेष हेर्दै एक किशोर ।

सिरियाले जारी गरेको आधिकारिक तथ्याङ्कअनुसार सन् २०२२ को पहिलो अर्धवार्षिकमा सिरियाको तेल उत्पादनको ८० प्रतिशतभन्दा बढी भाग अमेरिकी सेना र यसद्वारा समर्थित सशस्त्र बलले लुट्यो । बहुमूल्य स्रोतहरूको लुटपाटमार्फत ठूलो नाफा कमाउन सिरियाजस्ता देशहरूमाथि आक्रमण र हस्तक्षेप ग¥यो । संसाधन चोरीका यी निर्लज्ज कार्यहरूले राजनीति र आर्थिक दुवै उद्देश्यहरू पूरा ग¥यो ।
२०२२ मा जारी गरिएको सिरियाको आधिकारिक तथ्याङ्कअनुसार अमेरिकी सेना, मिलिशिया र सिरियाली क्षेत्रमा सम्बद्ध आतङ्ककारी सङ्गठनहरूले गरेको आक्रमणबाट भएको प्रत्यक्ष नोक्सानी जम्मा २५.९ बिलियन अमेरिकी डलर थियो । जसमध्ये १९.८ बिलियन डलरको तेल, ग्यास र खनिज सम्पदाको लुटपाट गरिएको थियो भने थप ३.३ बिलियन त डलर विकास पूर्वाधारहरूको तोडफोड र लुटपाटबाट भएको हो ।
यसमाथि आफ्ना आदेश अवज्ञा गर्ने सरकारहरूलाई अत्यावश्यक स्रोतहरूबाट वञ्चित गरेर तिनीहरूको पूर्वाधारको स्तरोन्नति गर्ने, आफ्ना नागरिकहरूको जीवनस्तरमा सुधार गर्ने र राष्ट्रिय विकासको पछि लाग्ने प्रयासमा बाधा पु¥याइरहेको छ । यो जानाजानी संसाधन लुटपाटले आफ्ना विरोधी सरकारहरूविरुद्ध वासिङ्गटनको अनुचित आक्रमणहरूलाई बलियो बनाएको छ किनभने यसले सामान्यतया तिनीहरूलाई अपर्याप्त स्रोतहरूको कारण प्रभावकारी शासन गर्न असक्षम भनी चित्रण गर्दछ ।
आफ्नो फाइदाको लागि अन्य देशहरूको शोषण गर्ने वासिङ्गटनको स्व–सेवा गर्ने व्यवहारबारे संसारमा कोही पनि अपरिचित छैन । भर्खरै संयुक्त राज्य अमेरिकाले भेनेजुयला सरकारको विरोध भए पनि भेनेजुयलाको सरकारी स्वामित्वमा रहेको तेल कम्पनीको सहायक कम्पनीको शेयर र सम्पत्ति बिक्री गर्ने घोषणा गरेको छ ।
गरिब देश अफगानिस्तानबाट भागेको संरा अमेरिकाले २०२१ देखि अफगानिस्तानका विदेशी सम्पत्ति फ्रिज गरेको छ र यी स्रोतहरूलाई आफ्नै उद्देश्यको लागि पुनःप्रयोग गर्ने योजना बनाएको छ । यसबाहेक यसले अन्तर्राष्ट्रिय व्यापार मार्गहरूमा इरानी तेल ट्याङ्करहरू कब्जा गर्दै आएको छ, गोप्यरूपमा इरानी तेललाई संयुक्त राज्य अमेरिकामा बिक्रीको लागि फिर्ता ल्याएको छ र यस लुटपाटको कार्यलाई ‘आयात’ भनेर वैध बनाउने प्रयास गरिरहेको छ ।
संरा अमेरिकाले आफ्नो राजनीतिक एजेन्डालाई योजनावद्ध ज्यावलहरूमार्फत लागु गर्नेे क्रममा सबैभन्दा बढी पीडा स्थानीय जनताले बेहोरेका छन् ।
लामो अवधिको सिरियाली सङ्कटको अवधिमा जीवनको क्षति डरलाग्दो स्तरमा भएको छ, कम्तीमा ३ लाख ५० हजार हताहति रेकर्ड गरिएको छ र वयस्कहरूको एक महत्वपूर्ण भाग अति गरिबीको रेखामुनि रहेका छन् । जनसङ्ख्याको दुईतिहाइ जीविकाको लागि मानवीय सहायतामा भर परेका छन् भने आधाभन्दा बढी खाद्यान्नमा भरपर्दाे पहुँचको अभावमा भोक र असुरक्षाको चपेटामा परेका छन् ।
विश्वव्यापी मूल्याङ्कनको ऐनाको अगाडि उभिएर, वासिङ्गटनले आफूले आफँैलाई हेरेको खण्डमा एक घृणित लुटेराको रूपमा आफूलाई पाउन सक्छ । सिरियाली नागरिक अली अस्ताले भनेझैँ संरा अमेरिका सिरियाको सबैभन्दा ठूलो शत्रु हो । तिनीहरू आतङ्कवादविरोधी युद्धको बहानामा सिरियामा आए तर वास्तविकतामा तिनीहरूले हाम्रो गहुँ र तेल लुटे । संरा अमेरिका सबैको शत्रु हो । मानव जातिको शत्रु हो ।
– सिन्ह्वा
(Vommentary : America, a robber unmasked)
अनुवाद : प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *