लोकतन्त्र भनेको ‘एल्गोरिदमतन्त्र’ होइन, न त ‘मिदासतन्त्र’ नै हो !
- बैशाख २८, २०८३
भक्तपुर, ३१ साउन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) द्वारा लिखित ‘सय वर्षपछिको भक्तपुर’ पुस्तकबारे बुधबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
भक्तपुर नगरपालिका वडा नं. १ कार्यालयको आयोजनामा भएको उक्त कार्यक्रममा अध्यक्ष बिजुक्छेँले निश्चित सिद्धान्त र विचारको आधारमा देश र जनताप्रति जिम्मेवार भएर लागेमा देश र जनताको हित अनुकूल सरकार र स्थानीय तहले विकास गर्न सकिने विचार व्यक्त गर्नुभयो ।
हरेक व्यक्ति सबै विषयमा सक्षम नहुने धारणा राख्दै उहाँले देशको आवश्यकताअनुसार विषयज्ञाता, इमानदार र सक्षम जनशक्ति तयार गर्न ख्वप विश्वविद्यालय आवश्यक रहेको स्पष्ट पार्नुभयो ।
अध्यक्ष रोहितले कला–संस्कृति र सम्पदाले नै मानिसको पहिचान दिने र विश्वलाई चिनाउने चर्चा गर्दै शासकहरूको गलत कार्यको निन्दा एवम् विरोध गर्न जनतालाई सचेत बनाउने र इमानदारीताको पाठ सिकाउँदै अगाडि बढ्न सके नेपाल र नेपाली जनताको भविष्य उज्ज्वल हुने बताउनुभयो ।
कार्यक्रममा पुस्तकको विभिन्न खण्डबारे राजन कोजु, अम्बिका न्याइच्याई, धनमान श्रेष्ठ, सुलोचना कोजू, जीवन जोशी, सोनी न्याइच्याई, कृष्णप्रसाद दुमरू र कृष्ण गरूले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
वडा अध्यक्ष श्यामकृष्ण खत्रीको सभापतित्वमा भएको उक्त कार्यक्रममा सूर्यप्रसाद श्रेष्ठ, कृष्णबहादुर दुगुजुलगायतले बोल्नुभएको थियो ।
Leave a Reply