ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
भक्तपुर, ३२ साउन । भनपा वडा नं. ६ कार्यालयको आयोजनामा धान तथा तरकारी बालीमा लाग्ने रोग तथा कीरा व्यवस्थापनबारे जानकारी दिन कृषक भेला भयो ।
उक्त भेलामा नेमकिपा नगर समिति भक्तपुरका अध्यक्ष नारायणबहादुर दुवालले विश्वमा अफ्रिकी र ल्याटिन अमेरिकी देशहरूमा चीनले आर्थिक र प्राविधिक लगानी गरी ती देशका जनताको आर्थिक प्रगति र उन्नति गर्ने कार्य गरिरहेको बताउनुभयो ।
विदेशी दलालको प्रतिनिधित्व गर्ने नेपाली काङ्ग्रेसजस्तो दलको नेतृत्वमा सरकार भएसम्म देशमा भ्रष्टाचार, विदेशी हस्तक्षेप र थिचोमिचो भइरहने चर्चा गर्दै उहाँले नेपाली काङ्ग्रेसको सरकारले नै नेपाली युवाहरू विदेश पठाउने काम गरेको बताउनुभयो ।
भनपा वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवालले किसानहरू धानबाली र तरकारी बालीमा लाग्ने कीरा र रोगबारे सचेत हुनुपर्ने बताउनुभयो ।
भनपा कृषि समितिका सदस्य गोविन्द दुवालले किसानहरूको दुःखबारे चर्चा गर्दै किसानहरू राजनीतिक र सांस्कृतिकरूपमा सचेत हुनुपर्ने बताउनुभयो ।
कार्यपालिका सदस्य रोशनमैयाँ सुवालले भनपाको गतिविधिको चर्चा गर्दै यहाँको नाचगान बचाउन विभिन्न विधामा भनपाले पुरस्कारको व्यवस्था गरेको बताउनुभयो ।
उक्त कार्यक्रममा कृषि प्राविधिक रवि ख्याजूले धान र तरकारी बालीमा लाग्ने रोग र कीरा व्यवस्थापनबारे जानकारी दिनुभएको थियो । स्थानीय गोपीकृष्ण चाँगुभारीले पनि बोल्नुभएको थियो ।
Leave a Reply