भर्खरै :

वेस्ट बैङ्कमा इजरायलको बस्ती विस्तार योजनामा प्यालेस्टिनीको आपत्ति

वेस्ट बैङ्कमा इजरायलको बस्ती विस्तार योजनामा प्यालेस्टिनीको आपत्ति

रमल्लाह, २ भदौ, (सिन्ह्वा) । प्यालेस्टिनी अधिकारीहरूले शुक्रबार इजरायली सरकारको वेस्ट बैङ्क ‘पश्चिम किनारामा’ अनियमित वित्तपोषण गरेर बस्ती निर्माणलाई थप जटिल बनाउन १९० मिलियन अमेरिकी डलर कोष छुट्याउने योजनालाई अस्वीकार गरेको छ ।
प्यालेस्टाइनी विदेश मन्त्रालयले दक्षिणपन्थी इजरायली सरकार “ईए सहित वेस्ट बैङ्कको अघोषित क्रमिक विलयलाई गति दिन थप जमिन हरण गर्न दौडिरहेको आरोप लगाउनुभएको छ ।
“हामी विस्तारवादी औपनिवेशिक इजरायली नीतिसहित प्रत्येक दिन कब्जा गर्ने अधिकारीहरू र बसोबास गर्नेहरूको उल्लङ्घन र अपराधको वृद्धिको बिचमा बाँचिरहेका छौँ र यो इजरायली सरकारका निर्णयहरूको व्यावहारिक प्रतिबिम्ब पनि हो,“ मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ ।
यसले इजरायली सरकारलाई “यसको बस्ती निर्माण र विस्तारको निर्णयले द्वन्द्वग्रस्त क्षेत्रमा थप तनाव निम्त्याउने र त्यसको पूर्ण र प्रत्यक्षरूपमा जिम्मेवार हुने बताएको छ ।
आधिकारिक प्यालेस्टिनी तथ्याङ्कका अनुसार वेस्ट बैङ्क र पूर्वी जेरुसेलममा ६ लाख भन्दा बढी इजरायली बसोबास गर्छन् । इजरायलले सन् १९६७ मा वेस्ट बैङ्क कब्जा गरेपछि त्यहाँ बस्तीहरू स्थापना गरेको छ जुन अन्तर्राष्ट्रिय कानुनविपरीत हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *