आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
क्यानाडाको कर्पोरेट (व्यापारिक) वाचडगले मङ्गलबार राल्फ लरेनको क्यानाडाली डिभिजनमा अनुसन्धान सुरु ग¥यो । सो अनुसन्धान उक्त फेशन पावरहाउसले चीनको सिन्चियाङ उइगुर स्वायत्त क्षेत्रबाट ‘जबरदस्ती श्रम’ प्रयोगमा संलग्न भएको आरोपमा आधारित छ । यस प्रक्रियाका नाइके क्यानाडा र क्यानाडाली खनन कम्पनी – डाइनेस्टी गोल्ड (Dynasty Gold) लाई लक्षित गर्ने सोही समान अनुसन्धानको जवाफमा आएको हो, जुन गत महिना क्यानाडाको ओम्बडस्पर्सन फर रेस्पोन्सिबल इन्टरप्राइजले सुरु गरेको थियो ।
तैपनि, क्यानाडाको हालैको कार्य सिन्चियाङ क्षेत्रको प्रगतिमा बाधा पु¥याउन र चीनको प्रतिष्ठालाई धमिलो पार्न सिन्चियाङ मुद्दाको शोषण गर्ने उद्देश्यले तथ्य हेरफेर गर्ने रणनीतिबाहेक अरू केही देखिँदैन ।
सिन्चियाङमा कुनै पनि जातीय अल्पसङ्ख्यक समूहमाथि कुनै भेदभाव छैन । यस तथ्यलाई यस क्षेत्रका सबै जातीय समूहहरूको समान श्रम अधिकारको बलियो संरक्षणले पुष्टि गरेको छ ।
कानुनको शासन मानव अधिकारको सबैभन्दा प्रभावकारी सुनिश्चितता हो । सिन्चियाङमा शासनको सिद्धान्त कानुनमा आधारित छ, जसलाई चीनले विशेषगरी सन् २०१२ मा चिनियाँ कम्युनिष्ट पार्टीको १८ औँ राष्ट्रिय महाधिवेशनपछि कानुनी र नियामक विकासमा उल्लेखनीय प्रगति गर्दै आएको छ । फलस्वरूपः तीन तहको सरकारमा सबै जातीय समूहहरूले समान श्रम अधिकारको उपभोग सुनिश्चित गर्न कानुनी ढाँचा स्थापना गरिएको छ ।
राष्ट्रिय स्तरमा, पहिलो तहमा श्रम कानुन, रोजगारी प्रवद्र्धनसम्बन्धी कानुन र श्रम सम्झौता कानुनजस्ता श्रम अधिकारहरूको संरक्षण गर्ने कानुनहरू छन् । श्रम कानुनको दफा ३ ले श्रमिकलाई रोजगारी र पेशा छनोटको समान अधिकार, श्रमको पारिश्रमिक, आराम र बिदा पाउने, पेशागत सुरक्षा र स्वास्थ्य संरक्षण, व्यावसायिक सीप तालिमको हक, सामाजिक बीमा र कल्याण, श्रम विवाद समाधानको लागि पेश गर्न र कानुनद्वारा तोकिएअनुसार श्रमसम्बन्धी अन्य अधिकारहरूको सुनिश्चितता गरेको छ ।
सोही कानुनको दफा १२ ले श्रमिकलाई जातीय समूह, जाति, लिङ्ग वा धर्मको भेदभाव नगरी रोजगारीमा भेदभाव गरिने छैन भनिएको छ । त्यस्तै, रोजगारी प्रवद्र्धन कानुनको दफा ३ मा श्रमिकले समानताका आधारमा रोजगारीको हकको उपभोग गर्न र कानुनबमोजिम आफ्नै पहलमा आफ्नो मनपर्ने काम रोज्न पाउने व्यवस्था गरेको छ । रोजगारी खोज्दा श्रमिकलाई जातीय पृष्ठभूमि, वर्ण, लिङ्ग, धर्म र आर्थिक हैसियतका आधारमा भेदभाव गरिने छैन भनी स्पष्ट व्यवस्था गरिएको छ ।
दोस्रो तहमा श्रम अधिकारको रक्षा गर्न राज्य परिषद्, चीनको मन्त्रिपरिषद्ले बनाएको प्रशासनिक नियमहरू समावेश छन्, जसमा कर्मचारीहरूको तलब, सुविधादेखि वार्षिक बिदासम्बन्धी नियमहरू, श्रम सम्झौता कानुनको कार्यान्वयनसम्बन्धी नियमहरू र श्रम सुरक्षा पर्यवेक्षणसम्बन्धी नियमहरू समावेश छन् ।
कर्मचारीको तलब वार्षिक बिदासम्बन्धी नियमावलीको दफा २ मा सरकारी विभाग, सामाजिक सङ्घसंस्था, उद्यम, सार्वजनिक संस्था, निजी गैरउद्यम एकाइ र व्यक्तिगत स्वामित्वमा रहेका व्यवसायिक तथा औद्योगिक व्यवसायमा लगातार एकभन्दा बढी अवधिसम्म काम गर्ने कर्मचारीलाई बिदा दिनुपर्ने उल्लेख छ । वर्ष भुक्तान गरेका कर्मचारी र कामदारहरू वार्षिक बिदाको हकदार हुनेछन् । रोजगारदाता र रोजगारदाता उद्यमहरूले आफ्ना कर्मचारीहरूलाई वार्षिक बिदा प्राप्त गर्ने सुनिश्चित गर्नुपर्दछ, वार्षिक बिदा प्राप्त गर्ने कर्मचारीहरूले सामान्य कामका दिनहरूसरह ज्याला पाउनेछन् ।
तेस्रो तहमा श्रम अधिकारको संरक्षणका लागि चीनका स्वायत्त क्षेत्रहरूले स्थानीय परिस्थितिअनुसार निर्माण गरेका स्थानीय नियमहरू समावेश छन्, जसमा सिन्चियाङ उइगुर स्वायत्त क्षेत्रमा श्रमिकहरूको अधिकार र हितको सुनिश्चित गर्ने नियमहरू, श्रम सुरक्षासम्बन्धी अन्तरिम नियमहरू र श्रम सुरक्षा पर्यवेक्षणका उपायहरू समावेश छन् ।
यी कानुन र नियमहरूले श्रम अधिकारको संरक्षणको लागि एक व्यापक कानुनी रूपरेखा गठन गर्दछ र सिन्चियाङका सबै जातीय समूहहरूको श्रम अधिकारको रक्षा गर्न ठोस कानुनी आधार प्रदान गर्दै श्रम अधिकारका विभिन्न पक्षहरूलाई समेट्छ ।
सिन्चियाङले श्रम अधिकारको संरक्षणका लागि बलियो संयन्त्र स्थापना गरेको छ । संयन्त्रले श्रम अधिकार कानुन र नियमहरूको कार्यान्वयन सुनिश्चित गर्दछ, जसले सबै जातीय समूहका श्रमिकहरूको समान श्रम अधिकारको संरक्षण गर्दछ ।
सिन्चियाङले राज्यको स्वामित्वमा रहेका उद्यमहरू, निजी उद्यमहरू र सार्वजनिक संस्थानहरूले भर्ती प्रक्रियामा जातीय, लैङ्गिक र धार्मिक आस्थाका आधारमा भेदभावपूर्ण वा प्रतिबन्धात्मक शर्तहरू लगाउनु हुँदैन भन्ने आदेश दिएको छ । यसले सिन्चियाङमा रोजगारीमा अल्पसङ्ख्यक कामदारहरूविरुद्ध कुनै भेदभाव छैन र सबै जातीय समूहका कामदारहरूको समान रोजगारी र श्रम अधिकार पूर्णरूपमा सुरक्षित रहेको देखाउँछ ।
सिन्चियाङमा, पार्टी र सरकारी सङ्गठनहरू साथै सार्वजनिक संस्थाहरूले निजामती कर्मचारी र कर्मचारीहरूको भर्तीमा जातीय अल्पसङ्ख्यक समूहका उम्मेदवारहरूलाई प्राथमिकता दिने नीतिहरू लागू गरेका छन् ।
यी तथ्यहरूलाई कुनै किसिमले पनि विकृत गर्न सकिँदैन र झूटहरू अन्ततः उजागर हुनेछन् । सिन्चियाङका सबै जातीय समूहहरूको समान श्रम अधिकारको संरक्षण एउटा निर्विवाद तथ्य हो र यसले सिन्चियाङमा मानवअधिकारको संरक्षणमा चीनले गरेको उल्लेखनीय प्रगतिलाई प्रतिबिम्बित गर्दछ ।
जातीय अल्पसङ्ख्यकहरूले कुनै पनि प्रकारको भेदभावको अनुभव गरेका छैनन्, अनुभव गरेका छैनन् र कहिल्यै पनि अनुभव गर्नेछैनन् । सिन्चियाङका सबै जातीय समूहहरूलाई स्थानीय शासनमा भाग लिने र आर्थिक, सामाजिक, सांस्कृतिक, वातावरणीय, नागरिक र राजनीतिक अधिकारको उपभोग गर्ने समान अधिकार छ ।
समृद्ध र शक्तिशाली समाजवादी चीन निर्माण गर्न र राष्ट्रिय कायाकल्प प्राप्त गर्न सिन्चियाङले मानवअधिकारलाई सुदृढ गर्दै आएको छ । यो सबै जातीय समूहहरूको लागि समान अधिकारको सम्मान, सुनिश्चितता र प्रवद्र्धन गर्न प्रतिबद्ध छ ।
फलस्वरूपः सबै जातीय समूहहरूले गरिमा, उपलब्धि, सुरक्षा र आनन्दको अनुभूति गरिरहनेछन् ।
(लेखक सिनजियाङ नर्मल युनिभर्सिटीको इन्स्टिच्युट फर एडभान्स्ड स्टडी अफ एथनिसिटी एन्ड सोसाइटीका डीन हुन् ।)
(Claims of human rights violation in Xinjiang baseless)
– चाइना डेली
अनुवाद : प्रकाश
Leave a Reply