भर्खरै :

जहाँतहीँ फोहर फाल्ने नगरौँ

जहाँतहीँ फोहर फाल्ने नगरौँ

प्रायःजसो ठाउँमा फोहरमैलाको व्यवस्थापन भएको महसुस हुन्छ । हाम्रो ठाउँमा पनि फोहरमैलाको व्यवस्थापन अझै राम्रो भएको पाइँदैन । जनचेतनाको कमीले पनि यो भएको हो कि भन्ने महसुस हुन्छ । आफ्नो घरबाट निस्किने फोहरहरू कुहिने र नकुहिने छुट्याएर फोहरको गाडीमा राख्दा व्यवस्थित हुन्छ । तर, हामी सबैमा यो बानी छैन । आफ्नो खुसी जहाँ पायो त्यहीँ फाल्ने गरिन्छ । यसले गर्दा समाजमा दुर्गन्ध फैलिने गर्दछ र त्यसबाट हाम्रो स्वास्थ्यमा नकारात्मक असर पर्छ ।
हाम्रो समाजमा कति यस्ता पनि मानिसहरू छन् कि उनीहरू आफ्नो घर सफा भयो कि राम्रो भन्ने ठान्छन् । उनीहरूले समाजमा जथाभावी फोहर फाल्ने गर्दछन् । उनीहरू भान्छाबाट निस्किएको फोहर झ्यालबाट फाल्ने गर्छन् । यसले गर्दा बाहिर हिँडिरहेका व्यक्तिहरूलाई असर पर्छ । तर पनि उनीहरू आफ्नो गल्ती स्वीकार्न गा¥हो मान्छन् ।
यस्तो काम गर्नुहुँदैन भन्ने कुरा हरेक व्यक्तिले बुझ्नुपर्ने हो । अत्तेरीहरूलाई कारबाही तथा जरिवानाको व्यवस्था हुनु आवश्यक देखिन्छ । जरिवानाको व्यवस्था गरे यस्तो काममा नियन्त्रण हुन्छ कि । यसबारे सम्बन्धित तहका व्यक्तिहरूले बैठक बस्दा बताउनुपर्ने देखिन्छ । स्थानीय व्यक्तिहरूसँग पनि टोलको बारे राय सुझाव दिन सके अझ राम्रो होला । यसले टोल–टोलको समस्या सम्बन्धित निकायसम्म पुग्नेछ । यसले टोलमा भएको समस्याको समाधान हुन्छ । समाजलाई सफा र सुन्दर बनाउन सकिन्छ ।
फोहरमैलाको व्यवस्था भयो भने सांस्कृतिक तथा पर्यटकीय क्षेत्रमा पनि राम्रो सन्देश जान्छ । त्यसकारण, सक्दो चाँडै टोल–टोलमा निरीक्षण गरी फोहरमैलाको व्यवस्था गर्नुपर्छ र त्यसको समाधान गर्दै जानुपर्छ । यसले हाम्रो समाज सफा र सुन्दर हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *