भर्खरै :

४३ औँ नेपालभाषा साहित्य तःमुंज्या सफल पार्न विभिन्न समितिहरू गठन

४३ औँ नेपालभाषा साहित्य तःमुंज्या सफल पार्न विभिन्न समितिहरू गठन

भक्तपुर, ४ भदौ । नेपाल संवत् ११४३ कौलाथ्व द्वादशी र त्रयोदशी (कार्तिक ९ र १०) गते योसिंख्यः, वडा नं. ५ मा हुने ४३ औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक कार्यक्रम सफल पार्नको लागि स्थानीयहरूको भेला भयो ।
उक्त भेलामा वाग्मती प्रदेशका सभासद् सुरेन्द्रराज गोसाईले नेपालभाषा संरक्षण गर्न तःमुंज्याको अग्रणी भूमिका रहेको बताउनुभयो ।
उहाँले जनताले बुझ्ने किसिमले साहित्य सिर्जना गरे बहुसङ्ख्यक स्रोताले बुझ्ने बताउनुभयो । तःमुंज्या नयाँ पुस्तालाई सिकाउने कार्यशाला पनि रहेकोले नयाँ पुस्तालाई मातृभाषाबाट साहित्य लेखन तथा वाचन सिकाउने थलो पनि रहेको चर्चा गर्नुभयो ।
नेमकिपा भनसका अध्यक्ष नारायणबहादुर दुवालले नेमकिपाले समाजवादको आधार तयार गर्दै समग्र देशको लागि बत्तीको काम गरिरहेको बताउनुभयो ।
कार्यक्रममा हिमालयश्वरलाल मुलले तःमुंज्याले मजदुर किसानलाई राजनैतिकरूपमा शिक्षित गर्ने विश्वविद्यालयको रूपमा कार्य गर्दै आएको बताउनुभयो ।
भेलामा नेपालभाषा साहित्य तःमुंज्याका अध्यक्ष आशाकुमार चिकंबन्जार, आयोजक समितिका अध्यक्ष बलराम सिबन्जार र केपी छुस्याकीले पनि मन्तव्य राख्नुभएको थियो ।
उक्त भेलाले पुरुषोत्तम तमखुको संयोजकत्वमा ३८ सदस्यीय आर्थिक समिति, विजय लोहलाको संयोजकत्वमा १८ सदस्यीय प्रचारप्रसार समिति, नारायणभक्त भेलेको संयोजकत्वमा १४ सदस्यीय आर्थिक समिति, मङ्गलेश्वर ध्वजूको संयोजकत्वमा १७ सदस्यीय साहित्य समिति र केपी छुस्याकीको संयोजकत्वमा सात सदस्यीय सचिवालय समिति गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *