भर्खरै :

चिनियाँ राष्ट्राध्यक्ष सी १५ औँ ब्रिक्स शिखर सम्मेलन र दक्षिण अफ्रिकाको राजकीय भ्रमणमा

चिनियाँ राष्ट्राध्यक्ष सी १५ औँ ब्रिक्स शिखर सम्मेलन र दक्षिण अफ्रिकाको राजकीय भ्रमणमा

पेइचिङ, २१ अगस्ट (सीआरआई) । अगस्ट २१ तारिख बिहान चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङ विशेष विमानबाट अफ्रिका प्रस्थान गर्नुभयो । दक्षिण अफ्रिकाका राष्ट्रपति रामाफोसाको निमन्त्रणामा उहाँले जोहानेसबर्गमा आयोजना हुने १५ औँ ब्रिक्स शिखर सम्मेलनमा भाग लिन र दक्षिण अफ्रिकाको राजकीय भ्रमण गर्नुहुने कार्यक्रम छ । दक्षिण अफ्रिकाको भ्रमणको अवसरमा राष्ट्राध्यक्ष सीले रामाफोसासँगको चीन–अफ्रिका नेताहरूको वार्तामा भाग लिने कार्यक्रम छ ।
चिकपा पोलिटिकल ब्युरो स्थायी समितिका सदस्य काइ छी र पोलिटिकल ब्युरो सदस्य तथा विदेशमन्त्री वाङ यीलगायत पनि भ्रमण दलमा हुनुहुन्छ ।
चिनियाँ राष्ट्राध्यक्षद्वारा दक्षिण अफ्रिकी मिडियामा हस्ताक्षरित लेख प्रकाशित
अगस्ट २१ मा १५ औँ ब्रिक्स नेताहरूको बैठकमा भाग लिन जोहानेसबर्ग जाने र दक्षिण अफ्रिकाको राजकीय भ्रमण गर्ने अवसरमा चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले दक्षिण अफ्रिकाको ‘स्टार’, ‘केप टाइम्स’, ‘मक्र्युरी न्यूज’ र दक्षिण अफ्रिका स्वतन्त्र मिडिया वेबसाइटमा ‘चीन–दक्षिण अफ्रिकाको मित्रता र सहयोगको ठूलो जहाजमा यात्रा गरौँ’ शीर्षकमा हस्ताक्षरित लेख प्रकाशित गर्नुभएको छ ।
दक्षिण अफ्रिका चीनसँग ‘बेल्ट एन्ड रोड’ को संयुक्त निर्माणमा सहयोग दस्तावेजमा हस्ताक्षर गर्ने पहिलो अफ्रिकी राष्ट्र हो । यो लगातार १३ वर्षयता अफ्रिकामा चीनको सबैभन्दा ठूलो व्यापारिक साझेदार भएको छ । यी दुबै राष्ट्रबिचको सहयोग रूपी केक झन बढी ठूलो बन्दै गएको छ । ठूलो सङ्ख्यामा चिनियाँ कम्पनीहरूले दक्षिण अफ्रिकामा आफ्नो व्यवसाय विस्तार गर्दै समाजलाई फाइदा दिइरहेका छन् । दक्षिण अफ्रिकी कम्पनीहरूले पनि भरिपूर्ण व्यापारिक अवसरसहित चिनियाँ बजारमा लगानी गरेका छन् र चीनको आर्थिक विकासमा सकारात्मक योगदान पु¥याएका छन् ।
एक शताब्दीको परिवर्तनको सामना गर्दै यदि चीन–अफ्रिका सम्बन्ध स्थिर छ र चीन–अफ्रिका सहयोग राम्रोसँग विकसित छ । दुवै पक्षहरूले चीन–अफ्रिका नेताहरूको वार्ताको आयोजना गर्ने छन् । चीनले अफ्रिकी सङ्घलाई यस वर्ष जि बीस समूहमा भाग लिन ठोस प्रवद्र्धन गर्ने छ । अफ्रिकी देशहरू र अफ्रिकी सङ्घले अन्तर्राष्ट्रिय र क्षेत्रीय मामिलामा ठूलो भूमिका खेल्ने अपेक्षा राष्ट्राध्यक्ष सीले गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *