नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
जोहानेसवर्ग, ६ भदौ (सीआरआई) । चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले अगष्ट २३ का दिन जोहानेसबर्गमा आयोजना भएको ब्रिक्स नेता स्तरीय १५ औँ वार्तामा महत्वपूर्ण सम्बोधन गर्नुभएको छ । उहाँका अनुसार नयाँ परिवर्तित अवधिमा रहेको वर्तमान विश्वका सामु ठूलो व्यवस्थापन, पुनःगठन, अस्थिरता, अनिश्चितता आदि धेरै तत्व देखापरेका छन् । ब्रिक्स राष्ट्र अन्तर्राष्ट्रिय प्रारूपको पुनर्निर्माण गर्ने महत्वपूर्ण शक्ति हो । ब्रिक्स राष्ट्रहरूबिचको सहयोग विकास महत्वपूर्ण अवधिमा रहेको छ भने यसले अन्तर्राष्ट्रिय व्यवस्थापनलाई उच्च न्याय तथा उचित दिशातर्फ विकसित हुन प्रवद्र्धन गरिरहेको छ ।
चीनले वैज्ञानिक र प्राविधिक आविष्कार उपलब्धिहरूको रूपान्तरणको लागि सहयोग प्रदान गर्न ‘चीन–ब्रिक्स नयाँ युग विज्ञान र प्रविधि इन्क्युबेसन पार्क’ स्थापना गर्नेछ । विभिन्न देशहरूमा कृषि, पारिस्थितिक, प्रकोप न्युनीकरण र अन्य क्षेत्रहरूको विकासका लागि डाटा समर्थन प्रदान गर्न ‘स्याटेलाइट डाटा र एप्लिकेसन कोअपरेसन प्लेटफर्म’ स्थापना गर्न खोजिरहेको छ । चीनले संयुक्त राष्ट्रसङ्घीय विकास एजेन्डालाई व्यवहारमा उतार्न विभिन्न पक्षसँग ‘ब्रिक्स दिगो उद्योग आदानप्रदान र सहयोग संयन्त्र’ निर्माण गर्न इच्छुक छ ।
प्राचीन अफ्रिकी भूमिमा गहन बुद्धिमत्ता रहेको छ । उबुन्टु भावनाले जनताबिचको सहअस्तित्व र घनिष्ट सम्बन्ध अडानलाई जोड दिन्छ । चीनले ब्रिक्स राष्ट्रहरूसँगसँगै मानवीय भाग्य समुदायको धारणा लिँदै रणनीतिक साझेदारी सम्बन्धलाई मजबुत बनाउन विभिन्न क्षेत्रको सहयोगलाई गहन पार्दै जाने इच्छा राखेको छ ।
सी चिनफिङद्वारा ब्रिक्स मुलुकहरूको उद्योग तथा वाणिज्य मञ्चको समापन समारोहलाई सम्बोधन
स्थानीय समयअनुसार अगष्ट २२ को अपराह्न चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जोहान्सबर्गमा आयोजित ब्रिक्स मुलुकहरूको उद्योग तथा वाणिज्य मञ्चको समापन समारोहलाई ‘सबल एकता र सहकार्य, जोखिम र चुनौतीको सामना, सुन्दर संसारको संयुक्त रूपमा निर्माण’ शीर्षकको सम्बोधन गर्नुभयो ।
सी चिनफिङले हालको संसार भाग्य समुदाय हो र विभिन्न मुलुकका जनताले दीर्घकालीन शान्ति र सुरक्षित संसार र साझा समृद्धि, खुला, स्वच्छ तथा सुन्दर संसारको अपेक्षा गर्नु हो, भन्नुभयो । उहाँले विभिन्न मुलुकले मानव भाग्य समुदायको सिर्जना गर्ने अवधारणालाई अगाडि बढाएर कार्यान्वयनमा उत्रिनुपर्ने कुरामा जोड दिनुभयो ।
सीले चीनले विभिन्न मुलुकसँग मिलेर विश्व विकास प्रस्तावको सहकार्यलाई अघि बढाउन गति प्रदान गर्ने, चुनौतीको सामना गर्ने र विभिन्न मुलुकका जनतालाई लाभ दिने कुरा बताउनुभयो ।
यसैबिच सीले विकासोन्मुख मुलुकको रूपमा चीनले सधैं नै अरू विकासोन्मुख मुलुकहरूसँग विकासोन्मुख मुलुकको साझा हितको संरक्षण गरेको, विश्व मामिलामा नवोदित बजार मुलुक र विकासोन्मुख मुलुकको प्रतिनिधि र वाक् स्वतन्त्रतालाई अघि बढाउने कुरा बताउनुभयो ।
उहाँले चीनको १ अर्ब ४० करोड जनसङ्ख्याले आधुनिकीकरणतर्फ लम्कने साथसाथै चीनले विश्व अर्थतन्त्रका लागि अझै ठूलो योगदान दिने कुरामा जोड दिनुभयो ।
दक्षिण अफ्रिकाको सर्वोच्च सम्मान चिनियाँ राष्ट्राध्यक्षलाई स्थानीय समयअनुसार अगष्ट २२ का दिन दक्षिण अफ्रिकाको राजकीय भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले प्रिटोरिया राष्ट्रपतीय भवनमा दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसासँग भेटवार्ता गर्नुभयो छ ।
त्यसपछि दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाले सीलाई ‘दक्षिण अफ्रिकी पदक’ दिनुभएको छ । यो नै दक्षिण अफ्रिकाले महत्वपूर्ण मैत्री राष्ट्रका नायकहरूलाई दिने सर्वोच्च पदक र सम्मान हो ।
Leave a Reply