यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, ९ भदौ । महाकाली क्षेत्र संरक्षण समितिको आयोजनामा गत साउन २ गतेदेखि ३१ गतेसम्म भक्तपुर नपा वडा नं. ६ स्थित ऐतिहासिक अँचा पुखु (ख्यः पुखु) मा सम्पन्न मच्छेनारायण मेला (पुरुषोत्तम मेला) को समापन शनिबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले धर्मलाई भौतिकवादी दृष्टिकोणबाट व्याख्या गर्न जरुरी रहेको बताउँदै धर्मलाई वैज्ञानिक दृष्टिकोणले विश्लेषण गर्नु आजको आवश्यकता रहेको बताउनुभयो ।
धार्मिक गतिविधिबाट पनि व्यापक जनताको हित र सेवा गर्न सकिने बताउँदै उहाँले असल कर्म गर्नु आफँैमा धर्म भएको बताउनुभयो । धर्मको नाममा ठग्नेहरू पनि धेरै भएको बताउँदै उहाँले आर्थिक पारदर्शिता, इमानदारिता र आर्थिक अनुशासन जनविश्वासका प्रमुख आधारहरू भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, भाषा, संस्कृति र सम्पदा हाम्रो पहिचान हो । भक्तपुरका धार्मिक स्थल संरक्षण गर्ने कार्यक्रमा भक्तपुर नपाले अग्रणी भूमिका खेल्दै आएको छ ।
कार्यक्रमका सभापति एवम् भक्तपुर नपा वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवालले मच्छेनारायण मेला भव्यताका साथ सम्पन्न गर्न सहयोग गर्ने सबैमा धन्यवादज्ञापन गर्दै यहाँबाट उठेको आर्थिक सहयोग यहाँका सम्पदा र पोखरी परिसर संरक्षणमै खर्च हुने बताउनुभयो ।
वडा नं. ६ का वडा सदस्य गोविन्द दुवालले धर्मप्रतिको आस्था जीवित हुनु आफैँमा यहाँको संस्कार र संस्कृतिप्रति अपनत्व रहनु हो भन्दै नेपाल मजदुर किसान पार्टीको नीतिले भक्तपुरका कामदार जनताको उत्थान भएको बताउनुभयो । २०४५ साल भदौ ९ गते राज्यस्तरबाट रचिएको भक्तपुर काण्डको स्मरण गर्दै उहाँले जस्तोसुकै परिस्थितिमा पनि आफ्नो सिद्धान्त र विचारमा अडिग रहनु असल कार्यकर्ताको विशेषता हो भन्नुभयो ।
कार्यक्रममा भक्तपुर नपाका कार्यपालिका सदस्य रोशनमैँया सुवालले धार्मिक गतिविधिसँगै सामाजिक गतिविधि पनि क्रियाशील हुन सबैमा अनुरोध गर्दै समितिले सामाजिक सेवासँगसँगै समाज परिवर्तन गर्ने उद्देश्यका साथ काम गर्दै आएको बताउनुभयो ।
उहाँले धार्मिक क्षेत्रमा आर्थिक हिनामिना र चलखेलहरू हुनसक्नेतर्फ सचेत पार्दै सम्बन्धित पदाधिकारीहरूले पारदर्शी ढङ्गले काम गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा समितिका कोषाध्यक्ष भीमलाल सुवालले पुरुषोत्तम मेला अवधिभर उठेको आर्थिक सहयोग, चन्दा सङ्कलन र खर्चको आयव्यय प्रस्तुत गर्दै मेला सम्पन्न गर्न सहयोगी भूमिका खेल्ने सबैमा धन्यवाद ज्ञापन गर्नुभयो । समाजसेवी गोपीकृष्ण चाँगुभारी, महाकाली क्षेत्र संरक्षण समितिका पुरुषोत्तम दथेपुथे र राजेश दिष्टिले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा अतिथिहरूले मच्छेनारायण मेलामा सहयोगी भूमिका निर्वाह गर्नेहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।
Leave a Reply