भर्खरै :

जिम्नास्टिक खेलको प्रशिक्षक प्रशिक्षण कार्यक्रम खेलकुद प्रतियोगिता र खेलाडी सम्मान कार्यक्रममा निरन्तरता दिइने

जिम्नास्टिक खेलको प्रशिक्षक प्रशिक्षण कार्यक्रम खेलकुद प्रतियोगिता र खेलाडी सम्मान कार्यक्रममा निरन्तरता दिइने

भक्तपुर, ९ भदौ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले देशलाई अन्तर्राष्ट्रिय जगतमा खेलकुदले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै जिम्नास्टिक खेलको प्रशिक्षक प्रशिक्षण कार्यक्रम आयोजनाले खेलको प्रवद्र्धन भई नयाँ नयाँ खेलाडीहरू उत्पादन हुने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल जिम्नास्टिक सङ्घको आयोजनामा भएको जिम्नास्टिक खेलको प्रशिक्षक प्रशिक्षण तालिमको समापन कार्यक्रममा उहाँले खेलकुद अनुशासनसँग सम्बन्धित हुने एक किसिमको शारीरिक अभ्यास भएको बताउँदै भक्तपुर नपाले यहाँको खेलकुद विकासको लागि विविध गतिविधि गर्दै आइरहेको बताउनुभयो ।
खेलाडीहरूलाई वर्षैँभरि क्रियाशील राख्न भक्तपुर नपाले नगरस्तरीय र विद्यालयस्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्नुका साथै खेलाडी सम्मान कार्यक्रमलाई निरन्तरता दिँदै आइरहेको बताउँदै उहाँले भक्तपुरको कला, संस्कृति, संरक्षण गर्न विभिन्न सांस्कृतिक प्रतियोगिताहरूको आयोजनामा जोड दिँदै आएको बताउनुभयो ।
भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, सरसफाइ, पर्यटन विकासलगायतका क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आएको बताउँदै उहाँले ख्वप विश्वविद्यालय सञ्चालन गर्ने भक्तपुर नपाको दीर्घकालीन उद्देश्य रहेको बताउनुभयो ।
नेपाल जिम्नास्टिक सङ्घका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य ध्रुवबहादुर प्रधानले भक्तपुर नपाले सम्पदा संरक्षणमा उल्लेखनीय कार्य गर्दै आएको बताउँदै खेलकुद क्षेत्रमा पनि भक्तपुर अग्रस्थान रहेको बताउनुभयो ।
प्रशिक्षक प्रशिक्षण तालिमले नयाँ नयाँ खेलाडीहरू उत्पादन हुने विश्वास प्रकट गर्दै उहाँले प्रशिक्षणबाट प्राप्त ज्ञान र सीपलाई उपलब्धिपूर्ण ढङ्गले आफ्नो कार्यक्षेत्रमा प्रयोग गर्न जोड दिनुभयो ।
भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष एवम् युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले २०५१ सालदेखि भक्तपुर नपाले ६ वटा खेलकुदको नियमित प्रशिक्षण सञ्चालन गर्दै आएको र २०७६ बाट भक्तपुर नपाले जिम्नास्टिक खेलको प्रशिक्षण सञ्चालनमा ल्याएको बताउनुभयो । खेलाडी उत्पादन गर्ने प्रारम्भिक थलो विद्यालय भएको हुँदा भक्तपुर नपाले विद्यालयस्तरीय खेलकुद गतिविधिमा विशेष जोड दिँदै आएको उहाँले बताउनुभयो ।
कार्यक्रममा भक्तपुर जिल्ला जिम्नास्टिक सङ्घका अध्यक्ष दीपककृष्ण प्रजापति र उपाध्यक्ष बाबुराम थापाले जिम्नास्टिक खेलको महत्वबारे प्रकाश पार्नुभयो ।
कार्यक्रमका अतिथिहरूले तालिमका प्रशिक्षक, प्रशिक्षार्थी र प्रायोजकहरूलाई प्रशंसापत्र वितरण गर्नुभएको थियो । कार्यक्रमका विशेष अतिथि सांसद धुव्रबहादुर प्रधानले खेल जगतमा लामो समय योगदान पु¥याउनुभएका शिवजी श्रेष्ठलाई सम्मान गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *