भर्खरै :

विश्वव्यापी अनिश्चितताको बिचमा शान्तिको बाटो

विश्वव्यापी अनिश्चितताको बिचमा शान्तिको बाटो

पछिल्ला वर्षहरूमा चीनले धेरै विचार र पहलकदमीहरू विश्वसामु अगाडि ल्याएको छ, जुन विश्वको लागि ‘सार्वजनिक वस्तु’ को रूपमा हेर्न सकिन्छ र तिनीहरूको पूर्तिको लागि प्रयास गरिरहेको छ । यो सन् १९५५ मा बाङडुङ सम्मेलनमा चीनले खेलेको भूमिकासँग धेरै मिल्दोजुल्दो छ, जब त्यस देशले असंलग्नताको नीति पछ्याउने नयाँ स्वतन्त्र देशहरूबिचको सहयोगलाई बढावा दियो, जसले गर्दा युद्धपछिको नयाँ विश्वव्यापी परिदृश्य निर्माण गर्न मद्दत ग¥यो ।
बाङडुङ सम्मेलन वा एसियाली–अफ्रिकी सम्मेलन, १९५५ अप्रिल १८ देखि २४ सम्म इन्डोनेसियाको बाङडुङमा २९ देशका नेताहरूको सहभागितामा भएको थियो । सो सम्मेलन शताब्दीयौँको औपनिवेशिक शासनबाट भर्खरै स्वतन्त्र भएका एसियाली र अफ्रिकी देशहरूको पहिलो भेला थियो र पश्चिमी शक्तिहरूको प्रतिनिधित्वबिनाको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन पनि थियो । २१ औँ शताब्दीमा द्रुतगतिमा अगाडि बढ्दै गएपछि चीन आफैँले प्रगति गरिरहेको छ । त्यसले दीर्घकालीन शान्ति र विकास हासिल गर्नको लागि विश्वव्यापी प्रयासहरूलाई पनि अगाडि बढाउने अपेक्षा गर्न सकिन्छ ।
पहिले पछिल्ला घटनाक्रमको समीक्षा गरौँ । चीनले फेब्रुअरी २४, २०२२ का दिन युक्रेन सङ्कटको राजनीतिक समाधानमा चीनको भूमिका शीर्षकको दस्तावेज जारी ग¥यो, जसले युक्रेन सङ्कटको शान्तिपूर्ण समाधानको मार्ग सङ्केत गरेको छ । यसका अतिरिक्त, चिनियाँ राष्ट्रपति सी जिनपिङले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँगको फोनवार्तामा युक्रेन–रसिया युद्धविराम र शान्तिका लागि संयुक्त प्रयासमा जोड दिनुभएको थियो ।
चीनको मध्यस्थतामा साउदी अरेबिया र इरानले सात वर्षको तनावपछि मार्च १० मा ऐतिहासिक मेलमिलाप भयो । यसले विश्वव्यापी मिडिया र अन्तर्राष्ट्रिय मामिलाका विज्ञहरूलाई चकित पारेको छ । यसले शान्ति प्रक्रियालाई पुनर्जीवित गर्न इजरायल र प्यालेस्टाइनबिच वार्ताको आशा पनि जगायो, जुन अरब संसारमा चीनको बढ्दो लोकप्रियताको सङ्केत हो ।
अप्रिल ६–७ मा आफ्नो चीन भ्रमणको क्रममा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले राष्ट्रपति सीसँग भेट गरी ‘एक चीन नीति’ र विश्व शान्ति र स्थायित्व हासिल गर्नको लागि फ्रान्सले गरेको प्रयासलाई जोड दिनुभएको छ । त्यसपछि नेदरल्यान्ड्सको दुईदिने भ्रमणको क्रममा पत्रकार सम्मेलनमा म्याक्रोँले भने, “अमेरिकीे सहयोगी हुनुको अर्थ वासल (पिछलग्गू) हुनु होइन‘ यसको अर्थ यो होइन कि हामीसँग आफ्नो लागि सोच्ने अधिकार छैन ।” बीबीसीले अप्रिल १२ मा रिपोर्ट गरेको थियो ।
पेइचिङमा राष्ट्रपति सीले अप्रिल १४ मा चीनको भ्रमणमा रहनुभएका ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भासँग वार्ता गर्नुभएको थियो । त्यस क्रममा लुलाले चीनसँगको रणनीतिक साझेदारीलाई अझ गहिरो बनाउन र बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मा सहभागी हुने ब्राजिलको इच्छा व्यक्त गर्नुभयो । चीनले प्रस्ताव गरेको बीआरआईले पुरातन सिल्क रोड मार्गहरूसँगै र बाहिरको कनेक्टिभिटी बढाउने लक्ष्य राखेको छ ।
यो स्पष्ट छ कि विश्व संरा अमेरिका र यसका सहयोगीहरूको प्रभुत्वमा रहेको ढाँचामा मात्र चलिरहेको छैन । चीनको बढ्दो उपस्थितिले ‘टेक्टोनिक परिवर्तन’ (महादेशीय परिवर्तन) लाई प्रेरित गरिरहेको छ । नयाँ विश्वव्यापी परिदृश्य आकार लिँदै गर्दा चीनले अन्तर्राष्ट्रिय समुदायलाई सार्वजनिक वस्तुहरूको बढीभन्दा बढी सङ्ख्या प्रदान गरिरहेको छ ।

विस्तार हुँदै बीआरआई
तीमध्ये एक हो बीआरआई । अफसोचको कुरा यस वर्ष यसको १० औंँ वार्षिकोत्सवमा पनि बीआरआई र यसको दशकका उपलब्धिहरूलाई जापानी सञ्चारमाध्यमहरूले पूर्ण रूपमा बुझेका छैनन् र यसबारे उनीहरूको रिपोर्टिङ नकारात्मक हुने प्रवृत्ति छ । बीआरआईको गहिरो बुझाइ प्राप्त गर्न मैले राष्ट्रिय आर्थिक र सामाजिक विकासको लागि सन् २०२२ योजनाको कार्यान्वयन तथा राष्ट्रिय आर्थिक एवं सामाजिक विकासको लागि सन् २०२३ को मस्यौदा योजनाको बारेमा सिन्ह्वा समाचार एजेन्सीले जारी गरेको प्रतिवेदन अध्ययन गरेँ । जून मार्च १३ मा चीनको शीर्ष विधायिकाको १४ औँ राष्ट्रिय जन काङ्ग्रेसको पहिलो सत्रमा अनुमोदन गरिएको थियो ।
प्रतिवेदनले देखाउँछ कि सन् २०२२ को अन्त्यसम्म चीनले बीआरआई ढाँचाअन्तर्गत १५० देश र ३२ अन्तर्राष्ट्रिय संस्थाहरूसँग २०० भन्दा बढी सहयोग दस्तावेजमा हस्ताक्षर गरेको छ । चीन–युरोप मालवाहक रेल सेवा, एक बीआरआई फ्ल्यागसिप परियोजना, ६५,००० भन्दा बढी यात्राहरू पूरा गरेको छ, २५ युरोपेली देशहरूमा २०० भन्दा बढी सहरहरूमा ६० लाख कन्टेनर एकाइहरू (TEUs) सामानहरू ढुवानी गरेको छ । यसबाहेक यस वर्षको योजनाले सिल्क रोड इ–कमर्स सहयोगको लागि नमुना क्षेत्रहरू सुरु गर्ने, फुजियान प्रान्त र सिन्चियाङ उइगुर स्वायत्त क्षेत्रको उच्च गुणस्तरीय विकासलाई बीआरआईको मुख्य क्षेत्रको रूपमा अगाडि बढाउने र विकासका लागि प्रमुख प्रयोगात्मक क्षेत्रहरूको विकासलाई प्रवद्र्धन गर्ने प्रस्ताव राखेको छ ।
साझेदार, सहयोगी होइन
चीनले प्रस्ताव गरेको अर्को सार्वजनिक हित भनेको उसले वकालत गर्ने साझेदारीको अवधारणा हो, जुन यसलाई पश्चिमी धारणामा परिभाषित गरिएको भन्दा धेरै फरक छ । चीनको विश्वास छ कि साझेदारीहरू गठबन्धनमा भर पर्नुहुँदैन, बरु आपसी विश्वासमा निर्माण हुनुपर्छ र आपसी आवश्यकताहरूको आधारमा समायोजन गर्न लचिलोपन हुनुपर्छ ।
भविष्यको विश्वव्यापी परिदृश्यको परिकल्पना गर्दा हामीले पदानुक्रमितभन्दा समानताको रूपमा सम्बन्धहरू स्थापित गर्न आवश्यक छ । साझेदारी गठनले यो विचारलाई मूर्त रूप दिन्छ । पश्चिमी देशहरूसँग प्रायः गठबन्धनहरूको मित्रवत र कहिलेकाहीं शत्रुतापूर्ण प्रकृतिको विपरीत साझेदारीमा समकालीन बहुपक्षीयतालाई अँगाल्ने र अभ्यास गर्ने क्षमता हुन्छ ।

फरक बाटो अगाडि बढ्छ
चीनले प्रस्ताव गरेको मानवताको साझा भविष्य भएको समुदायको दृष्टिकोण देशका धेरै पहलकदमी र विश्वव्यापी शासन सुधारका प्रस्तावहरूको लागि प्रेरणाको स्रोत हो ।
जलवायु परिवर्तन, वातावरणीय ¥हास, स्रोतसाधन र खाद्य असुरक्षाजस्ता चुनौतीहरूको सामना गर्दा पृथ्वीमा कोही पनि अछुतो रहने छैनन् । सबै देशको सामूहिक प्रयासले मात्र फरक पार्न सक्छ । मानवताको साझा भविष्य भएको समुदायको दृष्टिले शान्तिमय संसार सिर्जना गर्ने र सबैका लागि समान र समृद्ध जीवन सुनिश्चित गर्ने समाधानहरूलाई मूर्त रूप दिन्छ ।
चिनियाँ आधुनिकीकरणजस्ता विचार चीनमा मात्र सीमित छैन । तिनीहरू विश्वभरका व्यक्तिहरूको सामूहिक हितसँग जटिल रूपमा जोडिएका छन् । यो दृष्टिकोणले विश्वव्यापी समावेशी दृष्टिकोण कायम राख्नुको महत्वलाई जोड दिन्छ र हामीलाई हामीले देखेको बाटोतर्फ डो¥याउँछ ।
यसबाहेक हामीले यो पनि ध्यान दिनुपर्छ कि सन् २०२१ मा प्रस्तावित ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ, २०२२ मा प्रस्तावित ग्लोबल सेक्युरिटी इनिसिएटिभ र यस वर्षको ग्लोबल सिभिलाइजेसन इनिसिएटिभ, विभिन्न क्षेत्र र आयामहरूसँग सम्बन्धित भए पनि एक अर्कासँग जोडिएका छन् । तिनीहरूले अगाडि रहेको नयाँ विश्व परिदृश्यको लागि चीनको दृष्टिकोण राख्छन् ।
चीनले निरन्तररूपमा विचार र नीतिहरू प्रस्तुत गर्दछ जसले व्यक्तिहरूलाई छनोट गर्न र अगाडि बढ्नको लागि राम्रोसँग तयार हुन दिन्छ । यस परिप्रेक्ष्यमा म विश्वास गर्छु कि हामीले चीनको गहिरो बुझाइ हासिल गर्नुपर्छ ।
(लेखक जापानको सार्वजनिक टेलिभिजन च्यानल एनएचकेका पूर्व कार्यक्रम प्रस्तोता हुन् ।)
– Bejing Review, 2023-8-7
अनुवाद : आरोही

Leave a Reply

Your email address will not be published. Required fields are marked *