भर्खरै :

भक्तपुर बहुमुखी क्याम्पसको पुस्तकालय व्यवस्थित होस्

भक्तपुर बहुमुखी क्याम्पसको पुस्तकालय व्यवस्थित होस्

कक्षा १२ को परीक्षाफल प्रकाशित भएसँगै विद्यार्थीहरू स्नातक पढ्नको निम्ति विभिन्न क्याम्पस धाइरहेका छन् । कोही चिकित्सक, इन्जिनियरिङ त कोही व्यवस्थापन, आई. टी. कम्प्युटर पढ्न क्याम्पस चहारिरहेका छन् । भक्तपुर धेरै क्याम्पस भएको जिल्ला हो । ख्वप कलेज, वागीश्वरी कलेज, ख्वप कलेज अफ ल, आदर्श कलेज, सानो ठिमी क्याम्पस, ख्वप इन्जिनियरिङ कलेज आदि यहाँका कलेज हुन् ।
उत्तर पूर्वी क्षेत्रमा अवस्थित भक्तपुर बहुमुखी क्याम्पस पनि १२ कक्षा सकाएर स्नातक पढन इच्छाएका विद्यार्थीको पर्खाइमा छ । क्याम्पसमा बी.एस.सी., बी.ए. देखि एम.ए. समाजशास्त्र, विजनेस स्टडिज, ग्रामीण विकास, नेपाली र एम आई.टी.को पढाइ हुन्छ । तर, यहाँको पुस्तकालयको हविगत दयनीय छ । विद्यार्थीहरूको मुख्य गुनासो भनेको पुस्तकालयमा पुस्तक नहुनु हो । तर, भक्तपुर बहुमुखी क्याम्पसको प्रशासनिक भवन (गोल भवन) मा भने पुस्तकहरू छरपस्त बोरामा राखिएका छन् । विगत लामो समयदेखिको तालाबन्दीले गर्दा बन्द भएको क्याम्पस प्रमुख र प्रशासनको कक्षलाई यत्रतत्र छरिएको पुस्तकले गिज्याइरहेको छ । व्यवस्थापन अध्यापन हुने क्याम्पसमै भएको यस्तो भद्रगोलले क्याम्पसलाई के भन्ने हो ?
उत्कृष्ट पुस्तकालय आजको हरेक क्याम्पसको माग हो । त्यसमा पनि पुस्तक लिने बुझाउनेसँगै छुट्टै पढ्ने कक्ष (रिफ्रेन्स रुम) को व्यवस्था पूर्वाधारभित्र पर्दछ । हाम्रो देशको डिग्री विकसित देशमा जाने विद्यार्थीको लागि सस्तो ज्यामी यस्तै भौतिक पूर्वाधार नभएको कारणले गर्दा भएको हो ।
उच्च गुणस्तरीय शिक्षाको लागि काठमाडौँ जान नपरोस् भनेर स्थापना भएको यस भक्तपुर क्याम्पस आज यस अवस्थामा पुग्दाको दोषी को ? क्याम्पस प्रमुखको ध्यान खोइ ? यस विषयमा तत्काल गम्भीर ध्यानाकर्षण हुनुपर्छ । नत्र यस क्याम्पसमा रहेको विद्यार्थी सङ्ख्या घट्न बेर लाग्ने छैन । क्याम्पसको गुरुयोजना नभएको कारण क्याम्पसको पुस्तकालय मात्र होइन अन्य विषयमा पनि समस्या छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *