भर्खरै :

प्रतिक्रियावादी शासकहरूको नेमकिपाविरुद्धको षड्यन्त्र हो–भक्तपुर काण्ड

प्रतिक्रियावादी शासकहरूको नेमकिपाविरुद्धको षड्यन्त्र हो–भक्तपुर काण्ड

भक्तपुर, १३ भदौ । नेपाल मजदुर किसान पार्टी कीर्तिपुर नगर समितिको आयोजनामा राज्यस्तरबाट रचिएको ‘भक्तपुर काण्ड’ (भदौ ९) को विरोधमा बुधबार कीर्तिपुरमा कार्यकर्ता भेला भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले नेमकिपाले राजनीतिलाई देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने नीति बनाएकोले असह्य भई प्रतिक्रियावादीहरूले नेमकिपाविरुद्ध भक्तपुर काण्डको षड्यन्त्र रचेको बताउनुभयो ।
सचिव सुवालले भन्नुभयो, “पञ्चायतले भक्तपुर काण्डमा नेमकिपाका नेता–कार्यकर्ताहरूलाई क्रूर दमन गरेको हुँदा नयाँ पुस्तालाई सही जानकारी गराउने उद्देश्यले नेमकिपाले भक्तपुर काण्डको विरोध एव्म भत्र्सना गर्दै आएको हो ।”
कम्युनिस्ट आन्दोलन दबाउन सोभियत रुस र जर्मनीमा पनि कम्युनिस्ट पार्टीविरुद्ध प्रतिक्रियावादीहरूले गरेको षड्यन्त्रबारे चर्चा गर्दैै उहाँले भन्नुभयो, “साम्राज्यवादीहरूले सोभियत सङ्घ स्थापनालगत्तै त्यहाँको समाजवादलाई कोक्रोमै निमोठ्ने दुष्प्रयास गरेका थिए लेनिनको बुद्धिमत्तापूर्ण नेतृत्वले त्यसलाई असफल पारेको थियो । प्रतिक्रियावादीहरूले लेनिनपछि नेतृत्वमा आउने नेता किरोभको हत्या ग¥यो भने स्तालिनलाई पनि मन्द विष खुवाई हत्या ग¥यो । त्यस्तै जर्मनीको संसद् भवन राइखस्टागमा प्रतिक्रियावादीहरूले नै आगजनी गरेका थिए । तर, त्यहाँका कम्युनिस्टहरूलाई आरोप लगाई दमन गरियो ।”
नक्कली भुटानी शरणार्थी, ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता, सुन तस्करीको जरासम्म अनुसन्धान गर्नुपर्नेमा जोड दिँदै सचिव सुवालले भन्नुभयो, “पूर्वप्रधानमन्त्रीहरू दोषी देखिए कारबाही हुनुपर्दछ । मन्त्रिपरिषद्को सबै निर्णय नीतिगत हुने दाबी गरी पूर्वप्रधानमन्त्रीहरूलाई उन्मुक्ति दिनु हुँदैन ।”
“पुँजीवादी सरकारको भागबन्डा खानेहरूले पार्टीको नाम फरक भए पनि सारमा तिनीहरू एउटै हुन् । सिद्धान्त एउटै भएका नयाँ र पुराना पार्टीमा मौलिक भिन्नता छैन । नेमकिपा पुँजीवादी सरकारको लुछाचुँडी गर्न सरकारमा जाँदैन ।”, सचिव सुवालले प्रस्ट पार्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य श्रीकृष्ण महर्जनले भक्तपुर काण्डको बेला कीर्तिपुर पाँगामा पनि पार्टीका कार्यकर्ताहरूलाई पक्राउ गरेको स्मरण गर्दै भक्तपुर काण्ड रचेर षड्यन्त्रमार्फत पञ्चायतले नेमकिपालाई समूल नष्ट गर्ने खोजेको बताउनुभयो ।
कामदार जनताको पक्षमा देश र जनताको इमानदारीपूर्वक सेवा गर्नेहरू प्रतिक्रियावादीहरूको नजरमै सधँै शत्रु हुनेतर्फ उहाँले सचेत गराउनुभयो ।
नेमकिपा काठमाडौँ जिल्ला समितिका अध्यक्ष नारायण महर्जनको सभापतित्वमा भएको उक्त कार्यक्रममा गुणदास महर्जन, जितबहादुर महर्जन, वाशुमान महर्जन, सर्जु महर्जनले भक्तपुर काण्डबारे बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *