शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयको भूमिकाबारे अन्तरक्रिया
- असार ७, २०८३
नेपाली जनता देशभक्त छन् तर शासकहरू इमानदार छैनन्; डरछेरुवा छन् । उनीहरू विदेशी पुँजीबाट प्रभावित छन् । ती नै शासकहरू देशमा जनताको प्रजातन्त्र भएको खोक्छन् र अब कुनै पनि राजनीतिक सङ्घर्ष आवश्यक नभएको बखान गर्छन् । जनताको प्रजातन्त्रमा सबै कार्यमा जनताको चेतनास्तर उकास्ने, जनतालाई केन्द्रमा राखेर योजना, नीति तथा कार्यक्रम बनाउने र विभिन्न जनसमूहलाई सक्रियरूपमा सहभागी बनाउने नीति अँगालेको हुन्छ । नेमकिपाका जनप्रतिनिधिहरू, सांसदहरू देश र जनतालाई केन्द्रबिन्दु बनाएर बोल्छन्, योजना बनाउँछन् र कार्यान्वयन गर्छन् । तर, पुँजीवादी व्यवस्थाको पक्षपोषण गर्ने कम्युनिस्ट शासकहरू योजना बनाउँदैनन्, कम्युनिस्टको सिद्धान्त र विचारबारे प्रचार गर्दैनन् । बरु उनीहरू कम्युनिस्टको सिद्धान्तदेखि डराउँछन् । यसैले, उनीहरू कम्युनिस्टको सिद्धान्त र विचार आत्मसात गर्दैनन् । साम्राज्यवादी र पुँजीवादी देशका शासकहरू ‘कम्युनिस्ट’ प्रति जनताको विश्वास नहोस् भनी नक्कली कम्युनिस्ट दलहरू तयार गर्छन् । अतः को कम्युनिस्ट हो होइन त्यो कुराले होइन व्यवहारले थाहा हुने हो ।
सञ्चारमाध्यममा एक राजनीतिक विश्लेषकले भने, अधिकांश नेताहरू नेपालमा राजनीति गर्छन् तर नेपालीको निम्ति राजनीति गर्दैनन् । आफूलाई कम्युनिस्ट भनी दाबी गर्छन् तर वर्गमा होइनमा जातमा विश्वास गर्छन् । उनीहरू जातीय राजनीति गरेर जनताको मत खिच्छन् र साम्प्रदायिक भावनाको विकास गरी जातीय द्वन्द्व निम्त्याउने राजनीति गर्छन् । आफूले लामो दशक राजनीति गरेको दाबी गर्छन् तर गाउँपालिका या नपा भ्रष्टाचारबाट मुक्त भएको देखिँदैन । आफूलाई कसैले प्रजातन्त्रवादी र कसैले कम्युनिस्ट भन्छन् तर कम्युनिस्ट नेकाको पछि र नेका कम्युनिस्टको पछि पछि दगुर्छन् । आफूलाई नेता दाबी गर्नेहरू नीति र पद्धतिको पक्षमा होइन, आफ्नो समूह या पक्षमा कुद्छन् र देश र जनता भुल्छन् । राजनीतिक विश्लेषकको यो भनाइ गणतन्त्रपछिका सरकारलाई के लागु भएन र !
शासक दल र अन्य पुँजीवादी दल र दलका उम्मेदवारहरू पद र व्यक्तिगत स्वार्थको निम्ति पैसा खर्च गर्छन्, चुनावमा पैसाको खोलो बगाउँछन् । निर्वाचित भएपछि जसरी भए पनि खर्च भएको पैसा जुटाउन आपराधिक कार्य गर्छन्, सामाजिक अपराध गर्छन्, भ्रष्टाचार र अनियमित गर्ने बाटो खोज्छन् । तर, नेमकिपा र नेमकिपाका उम्मेदवारहरू, निर्वाचित जनप्रतिनिधिहरू राजनीतिक र मौलिक अधिकारबारे जनतालाई सुसूचित पार्छन्, कम्युनिस्टको सिद्धान्त र विचारबारे बताउँछन् । देशको प्रगतिमा बाधा पु¥याउने, देशलाई दूरगामी असर पु¥याउने र जनघाती कदमको विरोध गर्छन्; भ्रष्टाचार र भागबन्डाको विरोध गर्छन् । अर्थतन्त्र ध्वस्त पार्ने, जनताको विचार भड्काउने तथा अपराधीहरूको संरक्षण गर्ने कार्यको उनीहरू विरोध गर्छन् । शासक दलका उम्मेदवार र निर्वाचित जनप्रतिनिधिहरू ठेकेदारको मिलेमतोमा काम गर्छन् । उनीहरू ठेकेदारको इच्छाअनुसार चल्छन् । उनीहरू विकास निर्माणको गुणस्तर हेर्दैनन् ।
स्थानीय तहले गाउँ र नगरको विकास गर्छ† शिक्षा र स्वास्थ्य सेवामा प्राथमिकता दिन्छ । ज्येष्ठ नागरिकहरूको निम्ति आदर निकेतन, घर परिवारको काममा सजिलो बनाउन शिशुशाला, बालोद्यान खोलिएको हुन्छ । युवादेखि वृद्धहरूको शरीर स्वस्थ राख्न या सन्तुलन बनाउन व्यायामशाला खोलिएको हुन्छ । आफ्नै गाउँ, सहर र देशमा रोजगारीको बन्दोबस्त गर्न सीपमूलक या रोजगारमूलक तालिम दिइएको हुन्छ । विभिन्न भाषाको तालिम दिइएको हुन्छ । गाउँ र सहरलाई सफा राखिएको हुन्छ । कला, सम्पदा र संस्कृतिको संरक्षण गरिएको हुन्छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको खेलाडी तयार गर्न वडास्तरीय, विद्यालयस्तरीय र नगरव्यापी खेलकुद प्रतियोगिता गरिएको हुन्छ । विभिन्न कला, सीप र अनुभव भएका अग्रज गुरुहरूको सम्मान गरिएको हुन्छ । विकास निर्माणमा जनसहभागिता जुटाइएको हुन्छ । ठेक्काभन्दा स्थानीय सामाजिक अगुवा, समाजसेवी, सामाजिक कार्यकर्ताहरूको संलग्नतामा उपभोक्ता समिति गठन गरी विकास निर्माण कार्य गरिएको हुन्छ । यस्तै काम नेमकिपाबाट निर्वाचित जनप्रतिनिधिहरूले आ–आफ्नो गाउँ र नगरमा गरिरहेका छन् । भक्तपुर नगरपालिकाले यस्तै काम गरिरहेको छ । यसकारण, भनपाको कार्यप्रति अन्य स्थानीय तहको ध्यान गएको हो । यो नेमकिपाले इमानदारी र निःस्वार्थपूर्वक काम गर्दाको फल हो ।
Leave a Reply