भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
प्रसङ्ग
पोहर साल आमा बित्दा सापारु अथवा गाईजात्राको दिन सातौँ दिनको तिथि (न्हेनुमा) परेर ‘ताहासाँ’ (ताहामचा) परिक्रमा गराइएको थिएन । यसपालि पुरुषोतम मासले गर्दा केही दिनअघि मात्र आमाको वार्षिक पुण्यतिथि सम्पन्न भयो । उसो त मान्छे घाटमा लाँदै गर्दा पनि टोल, छरछिमेक र नाता कुटुम्बको सहयोगमा ‘सापारु’ को दिनमा बितेको मान्छेको ‘ताहासाँ’ नगर परिक्रमा गराइन्छ । तर, जब मान्छेले आफ्नो स्वार्थ, लोभ र समाजप्रति मै हँु भन्ने भावना देखाउँछ, तब समाजले उनीहरूप्रति सहज सहयोग गर्दैनन् भन्ने कुरा प्रस्ट्याइदियो । मदन दाइ र श्याम दाइको परिवारिक कथाबाट एक जनामात्र असल भएर पनि सबैको मेल नहुँदा गा¥हो हुने रहेछ ।
दुई दातइबिचको पारिवारिक कलहले गर्दा मदन दाइ सिपाडोल दार्जलिङ हाइट नयाँ बस्तीमा भिन्नै घर बनाएर बसेको झन्डै १६÷१७ वर्ष नै लागेछ । उनलाई त्यहाँको हावापानी, रहनसहन नै प्यारो लाग्नु स्वाभाविक हो । आफ्नो संस्कृति, परम्परा बिर्सँदै नयाँ बस्तीसँगको उठबससँगै उनले आफ्नो सोच र व्यवहारमा पनि परिवर्तन गर्न थालेका छन् ।
आमाको अन्तिम संस्कारको लागि बल्ल घर आएका जेठो छोरा मदन दाइ अहिले पनि भाइसँग रिसमै बसेका छन् । आमाको सेतो बर्खी कपडा फेरिसकेर पनि पुनः सापारुको दिन लगाउनुपर्छ भन्ने सामाजिक रीतिरिवाजलाई अँगाल्नु पर्दाको दोष भाइलाई नै जान्छ । जुठो पर्दा समयमा मदन दाइ र उनका परिवारको थोरै आर्थिक तथा परिवारिक सहयोग भएको भए टोल छरछिमेक र इष्टमित्रको सहयोगबाट सामान्यरूपमा भए पनि आमाको ‘ताहासाँ’ उसबेलै लान सकिन्थ्यो कि । मदन दाइले आफ्नो आमाप्रतिको दायित्व बहन नगर्दा र पुराना कुराहरूलाई कोट्याइकोट्याइ भाइ बुहारीसँग वैमनस्यताका बिच तिमीभन्दा म के कमको मानसिकताले समस्या झन् बल्झिन थाल्यो ।
भाइ श्याम जो भक्तपुरकै आफ्नो पुख्र्याेली सानो घरमा आमासहित आफ्नो श्रीमती, छोराछोरीका साथ बस्दै आएका छन् । उनले स्थानीय एक प्राथमिक विद्यालयमा राहत शिक्षकको सानो जागिरबाट जसोतसो पारिवारिक गुजारा गर्दै आएका थिए । उनी आफ्नो सही मार्गबाट आफ्ना बालबच्चा तथा भावी पुस्तालाई सक्दो ज्ञान गुण बाँड्दै सच्चा र कर्तव्यनिष्ठ पुस्ता विकासमा लागिपरेका छन् । बिरामी आमाको स्याहारसँगै उनले आफ्नो सम्पूर्ण सामाजिक, व्यवहारिक दायित्व वहन गर्दै आइरहेका छन् । उसो त जसले व्यवहार गर्छ उसैलाई अपजस दिने र खेदो खन्ने हाम्रो सामाजिक रीतिरिवाज परिवेशलाई ‘फल लागेको वृक्षले सय झट्का खानुपर्ने’ उखानको वास्तविकतासँगै अघि बढिरहेको देखिन्छ ।
विभिन्न समस्या र परिस्थितिमा पनि श्याम दाइ नजिकिँदो सापारु पर्वमा आफ्नो आमाको ‘ताहासां’ मौलिक तरिकाबाट स्थानीय पालिकाले घोषणा गरेअनुसार परिक्रमा गराउन चाहन्छन् ।
उता दाजु मदन पनि आफ्नो बस्तीतिरका साथीभाइलाई ‘सापारु’ पर्वमा सामेल गराउन तम्सिरहेका छन् । उनी भन्दै हिँडेका छन् कि हाम्रो संस्कृतिमा उनीहरू पनि रम्न पाउनु पर्छ ।
छुट्टै संस्कृति रहनसहनका मान्छेलाई हाम्रो पर्वमा रम्न नदिने श्याम दाइको पनि मनसाय होइन । उनीहरू पनि हाम्रो संस्कृतिको नियम पालना गरी, अनावश्यक हो हल्ला नगरी सभ्य तरिकाबाट सामेल होऊन् र आफ्नो ठाउँमा हाम्रो संस्कृतिबारे राम्रो जानकारी दिन सक्षम हुने गरी पर्वको गरिमा, विशेषताको अर्थलाई अनर्थतिर नलगिकन सापारु पर्वलाई व्यवस्थित गर्नुपर्छ भन्ने पक्षमा हुनुहुन्छ ।
समाज तथा देश विदेशका हरेक समसामयिक विकृति विसङ्गतिलाई व्यङ्ग्यात्मक शैलीबाट सभ्य भाषामा आ–आफ्नो प्रतिभा प्रस्फुटन गर्न पाउने एउटा सामाजिक अवसरको रूपमा लिई समाजलाई सचेत पारी सु–संस्कृत समाज निर्माण गर्नु हाम्रो दायित्व हो भन्ने कुरा जागृत गर्न सक्नुपर्छ भन्ने सोचका साथ श्याम दाइ लागिपरेका छन् ।
श्याम दाइ नजिकिँदै गरेको सापारु पर्वलाई आफ्नो आमालाई भावपूर्ण श्रद्धाका साथ ‘ताहासाँ’ घुमाउने र आफ्नो मौलिक संस्कृतिलाई विश्वभर चिनाउने असल नागरिकको जिम्मेवारी पालन गर्न सम्पूर्ण नगरभित्र तथा नगर बाहिरका आफन्त इष्टमित्र तथा दाजुभाइहरूमा हार्दिक अपिल गर्दै छन् ।
उता दाजु मदन आफ्नो पनि भागअनुसारको पैसा राख्नुपर्ने भएकोले आफू इतरका नयाँ बस्तीका साथीभाइलाई सापारु पर्वमा धेरैभन्दा धेरै उपस्थित गराई सबैलाई जात्रामा सामेल गराउन भरमग्दुर प्रयासरत छन् ।
श्याम दाइ र मदन दाइ दुवैको यो व्यस्तता र सामाजिक उत्तरदायित्वप्रतिको परीक्षाको नतिजा सकारात्मक अनि परम्परागत जात्रा पर्व सभ्यरूपमा सफल बनाउनमा हामी समाजका सम्पूर्ण दाजुभाइ दिदी बहिनीकै हात हुनुपर्दछ ।
Leave a Reply