के शासक दलहरूको ‘कोर्ट’ मा नेपालको सार्वभौमिकता सुरक्षित होला ?
- असार ९, २०८३
म तपाईंको जिल्लामा ‘पेइङ गेस्ट’ (पैसा तिरेर बस्ने पाहुना) भएर एक महिना बसेँ । तपाईंसँग भेटै नगरी पत्रमार्फत जानकारी दिएर फर्कँदै छु ।
तपाईंको पार्टीबारे मैले एक महिना
(बिनासूचना) अध्ययन गर्दा दुई–चार वटा अनुभव दिन पाएकोमा खुसी छु । यो मेरो कर्तव्यभित्र परेको सम्झन्छु । विषय निम्न छन् –
१) तपाईंहरूको पार्टी कार्यालयहरू बिहान ८ बजे नै खुल्छन् भनेको सुनेर म ठीक ८ बजे नै पुग्थेँ । तर, त्यसलाई सच्याएर ८ बजे खुल्ने तरखरमा हुने सम्झेँ । साँच्चै खुल्ने समय ८ः१५ र ८ः३० मा रहेछ ।
२) अफिस सेक्रेटरीले कार्यालय सफा गरेको मैले देखिन, बरु झ्याल–ढोका खोलेर मेचमा बस्नासाथै पत्रिका हेरेको देखेँ । सफा गर्ने चलन छैन । सम्भवतः बानी नपरेर हो वा अरु कसैको जिम्मा वा सफाइको काम ८–१० बजे पछि मात्रै हुने होला । पत्रिका पढ्ने बानी मलाई राम्रो लाग्यो ।
३) एक–दुई जनाले भनेको सुनेँ – कार्यालय सचिव किसान साथी हुने हुँदा सायद सफाइमा ध्यान नदिने होला ¤ प्रश्न उठ्यो – त्यसो भए के सबै किसान फोहरी हुन्छन् ? मलाई त्यसो लागेन – किनभने तपाईंको पार्टीमा किसानकै छोरो ‘जेन्टलमेन’ भएर हिँडेको पनि देखेको छु । पार्टीमा काम गर्नेहरू मात्रै किसान फोहरबारे ध्यान नदिने होलान् र ¤ सहरले त सफाइमा नाम कमाएकै हो र जुन चालु पनि छ ।
४) मुख्यमुख्य कार्यकर्ताहरूले पार्टीलाई प्राथमिकताभन्दा आफ्नै घरको चाँजोपाँजोमा ध्यान दिने गरेको पार्टी कार्यालयमै गुनासो सुनियो । केही भन्दै थिए, “जसले पार्टी हेर्छ उसले घर हेर्न सक्दैन र जसले घर हेर्छ उसले पार्टी हेर्न सक्दैन ।” यसकारण, घरलाई प्राथमिकता दिनेहरू पार्टीको महत्वपूर्ण पदहरूमा रहने गर्दैनन् । तर कोही कोही आफू पार्टी कार्यकर्ता नभई आफ्ना नातागोतालाई पार्टीमा पु¥याएर खबरमात्रै सङ्कलन गर्नेहरू पनि हुन्छन् ।
५) तपाईंका धेरै साथीहरू स्कूल, कलेज, सहकारी संस्था र अस्पताल एवं संस्थाहरूमा पनि छन् । कार्यकर्ताहरू ठिक्कै होलान् – के कार्यकर्ताहरू मात्रै अनुशासन र कर्तव्य पालनमा योग्य भएर अत्यन्त बहुमत जनतालाई ‘प्रजातन्त्र’ र ‘समाजवाद’ को सिद्धान्त र व्यवहारप्रति जानकारी नदिई एक आदर्श समाजको निर्माण होला ?
६) ‘कामअनुसारको ज्याला’ को सिद्धान्त र व्यवहार नबुझ्ने, अनेक बहानामा ३० दिन काम गर्नुपर्नेमा महिनाको १५ दिन काम गर्ने बानी परेमा के ‘समाजवादी’ उत्पादन वृद्धि र सेवाले पूर्णता प्राप्त गर्ला ? ‘योग्यताअनुसारको काम र कामअनुसारको ज्याला’ के देखाउने दाँत हो ?
७) केही सहकारी संस्थाहरूले आफ्ना सदस्य र ग्राहकहरूलाई ‘सस्तो’ र ‘उचित’ मूल्यमा असल खाद्य वस्तु र सामान दिने पसलहरू खोलेको सुनियो । यो सहकारी संस्थाको उद्देश्यअनुरुप हो ।
तर, केही वर्षपछि ‘सहकारी’ पसल बन्द हुने र ती नै सदस्यहरूको निजी पसल सुरु गरेको देखियो – किन होला ?
क) सम्भवतः ‘सहकारी’ पसल खोल्ने व्यक्तिहरूमा सहकारी पसलको उद्देश्यबारे पूर्ण जानकारीको अभाव होला । नेपालमा सहकारी संस्था समाजवादको बाटो भन्ने कुरालाई असफल पार्न प्रतिक्रियावादी र पुँजीवादी तत्वहरूले ‘सहकारी’ को नाममा निजी पसल बनाई सदस्य र ग्राहकहरूलाई विश्वास गरे ।
ख) ‘सहकारी पसलमा काम गर्नेहरू केही निजी पसल चलाइसकेका ‘साहु’ होलान् वा व्यक्तिगत हितलाई प्राथमिकता दिने व्यक्तिहरू होलान् ।
ग) त्यस्ता सहकारी पसलहरूमा काम गर्नेहरूलाई भाँड्ने, हिसाब–किताब गोलमाल गरेर सहकारीलाई असफल पार्ने तत्वहरू सक्रिय होलान् । समाजमा खराब तत्व हुने कारणले राम्रो उद्देश्यले नै बनेका संस्थालाई बिगार्न खोज्ने नै भए । ‘समाजवादी’ र ‘कम्युनिस्ट’ भनिने प्रधानमन्त्रीहरूले अनेक काण्डहरू गरेको देख्नुभएन ? त्यसकारण, समयमै सैद्धान्तिक सङ्घर्ष आवश्यक छ ।
Leave a Reply