भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
भक्तपुर, १४ भदौ । मृतकको आत्मशान्तिको कामना गर्दै हाँस्यव्यङ्ग्य र ख्याल ठट्टासहित बिहीबार भक्तपुरका नेवार समुदायले धुमधामका साथ सापारु (गाईजात्रा) पर्व मनाएको छ ।
धार्मिक र सांस्कृतिक महत्वको गाईजात्रा भक्तपुर नगरमा मुलुकका अन्य भागमा मनाउनेभन्दा विशेष र मौलिक शैलीमा मनाउने गरिन्छ । भक्तपुरमा गाईजात्रालाई आँसु र हाँसोको सङ्गम पर्वकारुपमा लिइन्छ । शोकलाई हाँसोमा परिवर्तन गर्ने प्रतिकात्मक अर्थ र सन्देश बोकेको पर्वका रुपमा भक्तपुर नगरको गाईजात्रालाई लिइन्छ ।
मृतकका घरबाट गाई निकाल्दा आफन्त मृतकको सम्झनामा रुनुपर्ने परम्परा एकातिर छ भने अर्कोतर्फ विभिन्न खालका हाँस्यव्यङ्ग्य र ख्यालठट्टासहितका झाँकी नगरपरिक्रमा गरी भक्तपुरमा गाईजात्रा मनाइन्छ । भक्तपुरको गाईजात्रा हेर्न उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती र विदेशीसमेत हजारौँको सङ्ख्यामा हेर्न आउने गर्दछ । त्यसैले भक्तपुरको गाईजात्रा विदेशमा समेत प्रख्यात छ ।
भक्तपुरमा गाईजात्राको औपचारिक सुरुबाट जनैपूर्णिमाको साँझ नै गरिन्छ । जनैपूर्णिमाको साँझ गुठी संस्थानले सुकुलढोकास्थित नाट्येश्वरीको पूजा गरी निकालेको घिन्ताङघिसी नाचले नगरपरिक्रमा गरेसँगै भक्तपुरमा गाईजात्रा सुरु हुन्छ ।
जनैपूर्णिमाको साँझ सुरु भए पनि सर्वसाधारणले मुख्यरुपमा भाद्रशुक्ल प्रतिपदाको दिन सापारु मनाइन्छ । भक्तपुरमा सर्वसाधारणले मृतकको सम्झनामा गाईजात्रा निकाल्नुअघि प्रतिपदाको दिन सबेरै दरबार स्क्वायरस्थित तलेजु भवानीको र अन्त्यमा साँझ तमारीस्थित भैरवनाथको गाईजात्रा निकाल्ने परम्परा छ ।
भक्तपुरको गाईजात्राको मुख्य आकर्षण घिन्ताङघिसी नाच हो । अर्को आकर्षण मृतकको सम्झनामा नगरपरिक्रमा गरिने ताहासाँ (तहामचा) हो । घिन्ताङघिसी नाचसँगै ताहासाँलाई परिक्रमा गराउने परम्परा छ ।
घिन्ताङघिसी धिमे, भुस्या, खीं, ताय् बाजाको संयुक्त ताल र लयमा गोलाकार काठको लठ्ठी एकआपसमा जुधाएर नाचिने नाच हो । यो नाच समूहमा नाचिने भएकाले जति बढी सहभागीको सङ्ख्या हुन्छ त्यति नै मनमोहक देखिन्छ । घिन्ताङघिसीमा बच्चादेखि वृद्धसमेत सहभागी हुन्छन् ।
Leave a Reply