रास्वपाको राष्ट्र सङ्घमा सम्बोधन अध्ययन – २
- कार्तिक १०, २०८३
राजधानी दैनिकको २०८० भदौ १७ गतेको अङ्कमा ‘प्रचण्डको अनौठो पारा’ शीर्षकमा सरोज मिश्रले लेखे –‘ह्योजू पनि भूकम्प राहत वितरण वा व्यवस्थापनमा सक्रिय रहने नै भए । तर, यसैबिच कमरेड रोहितको सङ्गठनभित्रैबाट ह्योजूलाई राहत वितरणमा भ्रष्टाचार गरेको आवाज उठ्यो ।’
२०४५ भदौ ५ गतेको विनाशकारी भूकम्पपछि पञ्चायती सरकारले निर्वाचित जनप्रतिनिधिहरूलाई सुइको नै नदिई कुनै सार्वजनिक पदमा नभएका नवपञ्च ह्योजूलाई भदौ ९ गते भूकम्प पीडितलाई राहत वितरण गरायो । पञ्चायत सरकारले ह्योजूलाई बलिको बोका बनाउन अर्थात् नेपाल मजदुर किसान पार्टीविरुद्ध झूठा ज्यान मुद्दा लगाउन नै ह्योजूलाई भूकम्प पीडित राहत कुपन बाँड्न लगाएको थियो ।
पञ्चायत सरकारकै निर्देशनमा ह्योजूले भूकम्पबाट घर नभत्केका धेरैलाई कुपन बाँडेर आफ्नो समर्थक बढाउने मौका देख्यो । त्यतिबेला कामरेड रोहितको सङ्गठन भित्रैबाट ह्योजूलाई राहत वितरणमा भ्रष्टाचार गरेको आवाज उठाएको थिएन । किनभने ह्योजूलाई कुपन वितरण गराइएको बारे नेमकिपालाई थाहा थिएन । पञ्चायत सरकारले ह्योजूलाई बलिदान गराई नेमकिपाविरुद्ध झूठा ज्यान मुद्दा लगाएको थियो ।
‘जो आगोसँग खेल्छ, आगोमै मर्छ’ भन्ने नेपाली उखानजस्तै नेमकिपाविरुद्ध ल्याइएका झूठा मुद्दाकै कारण पञ्चायती व्यवस्था समाप्त भयो । अन्ततः सरकारले नेमकिपाविरूद्ध लगाएको मुद्दा फिर्ता लियो ।
ह्योजूलाई बलिको बोका बनाउन पञ्चायत सरकारले नै केही मण्डलेहरूलाई भीडमा पठाई कुटपिट गराएको खुलिसकेको छ ।
सो लेखमा मिश्रले उल्लेख गरेझैँ तत्कालीन प्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठ, राष्ट्रिय पञ्चायतका अध्यक्ष नवराज सुवेदी र अन्य मन्त्रीहरू कानुन हातमा लिएर ह्योजूको शव यात्रामा ‘रोहितलाई फाँसी दे !’ नारा लगाएका थिए । मिश्रको लेखमा पञ्चायती सरकारले ह्योजूलाई बलिको बोका बनाएको स्पष्टसँग उल्लेख नगरी प्रम पुष्पकमल दाहालको ‘भ्रष्टाचारीविरुद्ध लाखौँ जनता ओराल्छु’ भनाइसँग जोडिएको समीचीन भएन ।
Leave a Reply