जीवित सङ्ग्रहालयमा विद्यार्थीहरूलाई घुमाउँदा
- श्रावण १७, २०८३
भक्तपुर, १७ भदौ । भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाको आयोजनामा सांस्कृतिक विधाहरूको संरक्षण र संवद्र्धनको लागि भइरहेको सांस्कृतिक विधाहरूको मूल्याङ्कन स्थल भक्तपुर नपा वडा नं ४ स्थित नासमनामा शनिबार अवलोकन गर्नुभयो ।
शनिबार प्रस्तुत सांस्कृतिक विधाहरूमा जेठा गणेश भैल प्याखं, भनपा–४ को ख्या प्याखं, भैल प्याखं, कवांचा प्याखं र खिचा प्याखं, आदर्श आजाद माविको फाकंदली प्याखं र गलसी पुखुको देवी प्याखं, भनपा–५ को माक प्याखं, कवांचा प्याखं, जङ्गली प्याखं, ख्या प्याखं, देवी प्याखं र म्हेखा प्याखं देखाइएको थियो ।
त्यस्तै वडा नं ९ को दत्तात्रयमा आस्था सांस्कृतिक परिवारको फाकंदली र गाईँचा, पासा पुचः सूर्यमढीको लाखे, कलांलीचा, हुला प्याखं, झ्याउरे प्याखं, गीति नाटक, ध्याचु प्याखं, लाहुरे प्याखं, मथु प्याखं, फाकंदली, झ्याउरे र ख्याल देखाइएको थियो ।

यसअघि भनपा वडा नं ९ कै मक्वं लुसि प्याखं समूहको लुसि प्याखं, जङ्गली प्याखं, कलांलीचा, खिचा प्याखं र फाकंदली देखाइएको थियो ।
त्यस्तै नगांचा बाँसुरी बाजा समूहको खिचा प्याखं, लुसिचा प्याखं, भालु प्याखं, झ्याउरे, फाकंदली, कलांलीचा र झ्याझ्या प्याखं आदि देखाइएको थियो ।
यसरी नै अर्को मूल्याङ्कन स्थल भोलाछेँमा पनि विभिन्न सांस्कृतिक तथा आधुनिक विधा देखाइएको थियो ।
भक्तपुर नगरपालिकाले, गुन्हीपुन्ही सापारु २०८० मा प्रदर्शन गरिने परम्परागत एवम् आधुनिक सांस्कृतिक विधाहरूको मूल्याङ्कन शनिबारदखि थालनी गरेको हो । यो भदौ २० गतेसम्म चल्ने आयोजकले जनाएको छ ।
Leave a Reply