इरानद्वारा अमेरिका–इजरायललाई चेतावनी
- भाद्र १२, २०८३
चीनको सद्भाव, शान्ति र विकासले अमेरिकी साम्राज्यवाद पछि पर्दै छ । यो विश्वको पछिल्लो विकसित घटनाक्रम र परिणामले देखाउँदै छ । यो अगष्ट २५ मा दक्षिण अफ्रिकाको जोहानेसवर्गमा सम्पन्न विश्वमा उदीयमान अर्थतन्त्र भएका देशहरूको सङ्गठन ब्रिक्सको १५ औँ शिखर सम्मेलनले प्रमाणित गरेको छ । यसलाई अमेरिकी साम्राज्यवादको नेतृत्वमा गठित क्यानाडा, फ्रान्स, बेलायत, इटाली, जर्मनी, जापानको आर्थिक सङ्गठन जी – ७ को प्रतिस्पर्धी सङ्गठनको रूपमा लिइन्छ । यी देशहरू विश्वका गरिब, अशिक्षित, सानो, कमजोर देशहरूमाथि सहयोग, मानवअधिकार, प्रजातन्त्र, विकास आदिका नाममा हस्तक्षेप र आक्रमण गर्ने साम्राज्यवादी र उपनिवेशवादी देशहरू हुन् ।
उनीहरूले अफ्रिका, एसिया, ल्याटिन अमेरिकालगायतका देशका गरिब, अशिक्षित, पिछडिएका जनतालाई पशुलाई झैँ फलामको सिक्रीले बाँधेर लगेका थिए । ती साम्राज्यवादीहरूले तेस्रो विश्वका जनतालाई जात, क्षेत्र, भाषा, धर्म, लिङ्ग, प्रजातन्त्र, मानवअधिकार, विकास, सहयोग आदिको नाममा भिडाउँदै आएका छन्, । उनीहरूले भिडाउने, आम नरसहार गर्न लगाउने, महँगोमा हतियार दिएर सस्तोमा त्यहाँको महत्वपूर्ण प्राकृतिक सम्पदा लुटिरहेका छन् । यसरी अमेरिकी साम्राज्यवाद विश्वमा युद्ध, लडाइँ नरसंहार नगराइकन बाँच्ने अवस्थामा छैन ।
यता चीन विकासमा विश्वको नेतृत्व गर्दै छ । आपसी समान, सद्भाव, सहयोग, विकास गर्ने वीन वीनको सिद्धान्तको आधारमा चीन बीआरआईमार्फत अघि बढ्दै छ । यसमा विश्वका १५० भन्दा बढी देशहरू सहभागी भइसकेका छन् । चीनले अमेरिका जी – ७ र नाटोले जस्तै विश्वका देश र जनतालाई एक आपसमा लडाउने, भिडाउने, हस्तक्षेप गर्ने, प्राकृतिक सम्पदा लुट्ने, दुःख, पीडा दिने काम गरेको छैन । चीनले विश्वका जनतासँग समान सहअस्तित्व, सदभाव, मित्रता, विकास र सहयोगको न्यानो हात अगाडि बढाउँदै आएको छ । विश्वका सबैजसो देश, जनता न्यानो र कसिलो हात जोडेर चीनको साथ र समर्थनमा रहेको घटनाक्रमले देखाइरहेको छ ।
सन् १८२३ मा मुनरो डाक्ट्रिनले अमेरिकी साम्राज्यवादको आँगनमा क्यारेवियाली देश र ल्याटिन अमेरिकामा जान गरिएको निषेधलाई बीआरआईमार्फत चीनले तोडिदिएको छ । २४ वटा ल्याटिन अमेरिकी देशहरूमध्ये २१ वटा देशहरू बीआरआईमा सामेल भइसकेका छन् । हालै मात्र अर्को ल्याटिन अमेरिकी देश ग्वाटेमालाको राष्ट्रपतिको निर्वाचनमा अमेरिकीविरोध ग्वाटेमाला नागरिकतले जितेका छन् । यसले अमेरिकी साम्राज्यवादलाई फेरि एक धक्का दिएको छ ।
चीनले विश्वमा शान्ति कायम गर्न, आपसी समान, हित र विकास गर्न महत्वपूर्ण भूमिका निभाउँदै आएको विश्वका जनताले हेरिरहेका छन् । हिजो अमेरिकी साम्राज्यवादले विश्वमा धर्म, जात, मानवअधिकार, प्रजातन्त्र विकास र सहयोगको नाममा भिडाइरहेका, एकआपसमा शत्रु सम्झी लडिरहेका मित्र देशहरूलाई शत्रुता, वैमस्यता त्यागेर शान्ति, आपसी सद्भाव, सहयोग, विकास, मित्रताका हातहरू बढाउने, कसिलो हुने गरी जोड्न चीन सफल भएको छ । अमेरिकी साम्राज्यवादले भिडाइरहेका शत्रु देशहरू इरान, साउदी अरब, संयुक्त अरब इमिरेटले मित्रता, शान्ति र विकासको कसिलो हात जोडेर संरा अमेरिकालाई सबक सिकाएको छ । त्यस्तै सिरिया, संयुक्त अरब इमिरेटस साउदी अरबसँग हात मिलाउन पनि चीन सफल भएको छ ।
हाल संरा अमेरिकाले सुदूर पश्चिम एसियाली देश सिरियालाई नाकाबन्दी लगाएर दुःख दिइरहेको छ । राष्ट्रपति बसर अल असदका विरोधी जनतालाई अमेरिकाले हतियार र पैसा दिएर लडाइरहेको छ । सिरियाली राष्ट्रपति बसर अल असदले देश र जनताको रक्षाको लागि वीरतापूर्वक लडिरहेका छन् । देशभक्त सिरियाली राष्ट्रपति र जनताको पक्षमा विश्वका जनताले साथ र समर्थन दिइरहेका छन् । अमेरिकाले पचासौँ वर्षदेखि अरब देशहरू, मध्य पूर्व युरोपेली देशहरूलाई एक आपसमा जुधाएर, हतियार दिएर तेल लुट्दै छ । यही स्वार्थमा उसले इराक लिवियालाई सिध्याएको हो । अत्याचारी अमेरिकी साम्राज्यवाद जसरी हिजो भियतनाम उत्तर कोरिया, अफगानिस्तानबाट ज्यान जोगाएर भागेका थिए अब अरब देशहरूबाट पनि त्यसरी ज्यान बचाएर भाग्नुपर्ने स्थिति आउँदै छ । अरबी जनताले आफूहरूलाई अमेरिकी साम्राज्यवादले एक आपसमा भिडाएर स्वार्थ पूर्ति गरिरहेको, अरबी जनताको नरसंहार गरिरहेको कुरा बुझिसकेका छन् ।
विश्वमा अर्थतन्त्र, विज्ञान प्रविधिमा उदयमान राष्ट्र चीन, रुस, भारत, ब्राजिल, दक्षिण अफ्रिका सम्मिलित सङ्गठन ब्रिक्सको सम्मेलन अगस्ट २५ मा दक्षिण अफ्रिकी सहर जोहानेस वर्गमा सम्पन्न भएको छ । यसले विश्वमा अमेरिकी डलरको साम्राज्यको अन्त्य गर्दै छ । उनीहरू आ–आफ्नो देशमा साझा मुद्रा चलाउनेबारे छलफल गर्दै छन् । उनीहरूले त्यस साझा मुद्राबाट ब्रिक्स देश र अन्य आफ्नो सम्बन्ध भएका देशहरूमा पनि त्यस मुद्राबाट आर्थिक कारोबार गर्दै छन् । यसले एकातिर अमेरिकाले अरब देशहरूबाट तेल लुट्न नपाउने भयो भने अर्काेतिर विश्वमा डलरलाई विस्थापित गरेर आफ्नो साझा मुद्राबाट आर्थिक कारोबार गर्दै छन् । विश्वमा अमेरिकाको व्यापार व्यवसाय कारोबार खँस्कदै छ । हालैको ब्रिक्सको सम्मेलनले रणनीतिक र आर्थिकरूपले महत्वपूर्ण इरान, साउदी अरब र संयुक्त अरब इमिरेट्स गरी तीनवटा एसियाली देशहरू, इजिप्ट र इथोपिया अफ्रिकी देशहरू र दक्षिण अमेरिकी देश अर्जेन्टिना गरी ६ वटा देशलाई समाहित गर्ने निर्णय गरेको छ । यी देशहरू आगामी २०२४ जनवरी १ मा विधिवत ब्रिक्सको सदस्य बन्दै छन् ।
अमेरिकी साम्राज्यवादको चिहान अब विश्वका धेरै देशमा खनिसकेको छ तर पनि अब विश्वमा उनीबाट पीडित देशहरुलाई नाकाबन्दी गरेर वा धपाएर दण्ड दिँदै छन् । अमेरिकाले रुस, उत्तर कोरिया, क्युवा, भेनेजुयला, सिरियालगायतका देशहरूलाई पचासौँ वर्षदेखि अमानवीय नाकाबन्दी लगाइरहेको छ । त्यसको न्याय र स्वतन्त्रताप्रेमी विश्वका देश र जनताले विरोध गरिरहेका छन् ।
उसको हस्तक्षेप र आक्रमणकारी सोच र नरसंहारकारी विचारले दुई कोरियाका दाजुभाइलाई भिडाउने, जापानलाई चीनसित लडाउने, विश्वका अर्थतन्त्र, विज्ञान प्रविधिमा उदीयमान छिमेकी देश चीन र भारतलाई उक्साउने, भिडाउने दुष्प्रयास गर्दै छन् । यी छिमेकी देशहरू उनको षड्यन्त्रपूर्ण चालबाजीबाट सचेतै होला । अमेरिका तेस्रो विश्वयुद्ध एसियामा गराउने सोचमा छ । यता एक दुई दशकको बिचमा कुनै बाधा व्यवधान, अवरोध नआएमा आर्थिक, सामाजिक, सांस्कृतिक, विज्ञान र प्रविधि र रणनीतिक क्षेत्रमा चीन विश्वको एक नम्बरमा, भारत दुई नम्बरमा आउने, साउदी अरब, इन्डोनेसियाजस्ता एसियाली मुलुकहरू पछाडि आउने खबर सञ्चारमाध्यममा यस अगाडि नै आएका थिए । हालसम्म चन्द्रमामा यान सफलतापूर्वक पठाउने विश्वका ४ मुलुक अमेरिका, रुस, चीन र भारतमध्ये तीन देशहरू त एसियाली देशहरू नै हुन् । हालै मात्र भारतले सफलतापूर्वक चन्द्रमाको दक्षिण ध्रुवमा चन्द्रमान –३ अवतरण गराएको छ । त्यसैले, अमेरिकी साम्राज्यवादको ढिलो चाँडो अन्त्य अवश्यम्भावी छ ।
Leave a Reply