जुम्लामा भक्तपुर काण्डको विरोधमा जुलुस र कोणसभा
- भाद्र ९, २०८३
हो चि मिन्ह माक्र्स र लेनिनका सच्चा मित्र थिए । समाजवादका सफल नेता उनी असल कम्युनिस्ट थिए । सर्वहारा अन्तर्राष्ट्रवादमा विश्वास राख्ने कुशल क्रान्तिकारी हो चि मिन्हको विश्व कम्युनिस्ट आन्दोलनमा महत्वपूर्ण योगदान देखिन्छ । भियतनामको स्वाधीनता र सार्वभौमिकतामा उनको महत्वपूर्ण योगदान थियो । समाजमा सामन्त, जमिनदार, पुँजीपति र साम्राज्यवादीहरूले विशेषगरी मजदुर र किसानहरूमाथि थिचोमिचो, दमन र शोषण गर्थे । यस्तो थिचोमिचो, शोषण र दमनको विरोधमा हो चि मिन्ह लागे; मजदुर, किसान तथा श्रमजीवी जनता जागे । हो, क्रान्ति सफल पार्न मजदुर, किसान अघि बढ्नुपर्छ । पार्टी सबभन्दा अघि बढेको, सचेत, दृढ, अनुशासित र सुसङ्गठित हुनुपर्छ । समाज वर्गमा विभाजित हुँदा शोषकवर्ग र शोसितवर्गमा विभाजित हुन्छ । कोही पनि वर्ग त्यसभन्दा बाहिर जान सक्ने छैन ।
पुरानो समाजलाई नयाँ समाजमा फेर्न कठिन सङ्घर्ष गर्नुपर्छ । कुनै नेताले बोलेर, आह्वान गरेर परिवर्तन हुने होइन । कसैले क्रान्तिकारी अभिभारा पूरा गर्नु छ भने उसमा क्रान्तिकारी नैतिकता आवश्यक हुन्छ । उसको हरेक कार्यक्रम परिवर्तनसित सम्बन्धित हुनुपर्छ । पुरानो समाजको खराब र खतरनाक पक्ष व्यक्तिवाद पनि हो । व्यक्तिवाद क्रान्तिकारी नैतिकताविपरीत छ । पुरानो समाजका खराब या गलत प्रवृत्ति हटाउन क्रान्तिकारी गुणको विकास गर्नु आवश्यक छ । क्रान्तिकारी गुण भएका मानिसहरू न कठिनाइदेखि डराउँछन् न त दुःख कष्टबाट पछि हट्छन् । तिनीहरू ढुलमुले हुँदैनन्, बरु राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा आफ्नो स्पष्ट धारणा अघि राख्छन्; अडान छोड्दैनन्; कुनै लोभपापमा फस्दैनन् र सधैँ देश र जनताको पक्षमा, हितमा निरन्तर खटिरहन्छन् । भियतनामी क्रान्तिकारी नेता र जनताबाट अरू देशका जनताले सिक्ने यही हो ।
हो चि मिन्ह आफ्ना नेता, कार्यकर्ता तथा जनतालाई पार्टीको अनुशासनमा बस्न, जनताको समस्या बुझ्न जनतालाई सचेत पार्न र कार्यदिशा र नीतिहरू कार्यान्वयन गर्न दीक्षित गर्थे । देश, जनता र पार्टीको लागि निःस्वार्थरूपले काम गर्न उनी उत्साहित गर्थे । जनताको सैद्धान्तिक स्तर उठाउन, आफ्ना कमी कमजोरी हटाउन, आत्मालोचना, आलोचना गर्न र अध्ययन गर्न हो चि मिन्ह जोड दिन्थे । क्रान्तिकारी नेता हो चि मिन्ह भन्छन्, हाम्रो पार्टी मजदुरवर्गको सबभन्दा अघि बढेको सुसङ्गठित सङ्गठन हो । भियतनामका जनताले औपनिवेशिक र सामन्ती आधिपत्य फाल्न वीरतापूर्वक लडेका थिए । स्वाधीन, प्रजातान्त्रिक र समृद्ध भियतनामको निर्माण गर्न, शोषण उन्मूलन गर्न र नयाँ समाज निर्माण गर्न जनता जुटेका थिए । यसका लागि नेता तथा कार्यकर्ताहरू मेहनती, मितव्ययी, इमानदार, निष्कपट र अध्ययनशील हुनुपर्छ ।
मजदुरवर्ग र श्रमजीवी जनताको इमानदारीपूर्वक सेवा गर्नु नै क्रान्तिकारी नैतिकता हो । समाजवादतर्फ अघि बढ्न अझै लामो र कठिन सङ्घर्ष गर्नुपर्ने उनी बताउँथे । क्रान्तिको विरोध गर्ने पुँजीवादी, साम्राज्यवादी, सामन्तवादी तत्वहरूको विरोध नगरी हुँदैन । जस्तोसुकै परिस्थितिमा वर्गशत्रुको दृढतापूर्वक सङ्घर्ष गर्नुपर्छ; शत्रुलाई हटाउनै पर्छ । भियतनामको कम्युनिस्ट पार्टीले मजदुर र श्रमजीवी जनताको साझा हितको प्रतिनिधित्व गरिरहेको छ । पार्टीका नेता तथा कार्यकर्ताहरू जनताको नजिक रहनुपर्छ । पार्टीले जनताको विश्वास र माया पाउनुपर्छ । जनतालाई सङ्गठित, सचेत, राजनीतिक, वैचारिक र सांस्कृतिकरूपले सुसूचित पार्नुपर्छ । भियतनामको कम्युनिस्ट पार्टी र जनताबाट सिक्नुपर्ने पाठ यही हो ।
Leave a Reply