जीवित सङ्ग्रहालयमा विद्यार्थीहरूलाई घुमाउँदा
- श्रावण १७, २०८३
भक्तपुर, १८ भदौ । कला र संस्कृतिको नगरीको रूपमा परिचित भक्तपुरमा भदौ १६ गतेदेखि गुन्हीपुन्ही सापारु २०८० मा प्रदर्शन गरिने परम्परागत एवम् आधुनिक सांस्कृतिक विधाहरूको मूल्याङ्कन जारी छ । भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुरको दत्तात्रय, नासमना र भोलाछेँमा उक्त विधाहरूको मूल्याङ्कन हुँदै आइरहेको छ । भक्तपुर नगरपालिकाले हरेक वर्ष परम्परागत तथा आधुनिक विधाहरूको मूल्याङ्कन गरिँदै आएको छ । भदौ १६ गतेदेखि २० गतेसम्म हुने प्रदर्शनीमा फाकँदली, गाइँचा, लुसी, देवी, भैल, हुला, लाहुरे, दैत्य, भालु, नगांचा, हनुमान, साँयसमिचा, गिती नाटक, ध्याचु, मधु, कवांचा, जंगली, झ्याउरी, ख्या, लाखे, माक, कलाली, खिचा, मे प्याखँ, म्हेखा, ख्याल, नगाचा प्याखँ (नाच) आदि प्रदर्शनी हुनेछ ।
Leave a Reply